SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा इतिहास रच्ने यी अद्भुत नेपाली महिलाहरू

अस्ट्रेलियामा आयोजित आइएफसीपीएफ एसिया-ओसियनिया च्याम्पियनशिपका सहभागीहरू मध्ये नेपाली महिला टोली पनि एक रहेको छ। मुख्यतः सेरिब्रल पल्सी (सीपी)को बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिने यस प्रतियोगितामा भाग लिएको नेपाली टोलीको लागि यो आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल थियो।

Rewati Karki (L) and Ranjana Dhami (R) after Nepal secured a goal against Japan.
Rewati Karki (L) and Ranjana Dhami (R) after Nepal secured a goal against Japan during the 2023 IFCPF Asia-Oceania Championships in Australia. Source: Facebook / SBS Sport

1 min read

Published

Updated

By Dinita Rishal

Source: SBS



Skip to article content

टोलीले अस्ट्रेलिया र जापान गरी दुई देशसँग खेलेका खेलमा जित्न सफल नभए तापनि, यस मौकाबाट धेरै कुराहरू सिकेको र नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस गरेको एसबीएस नेपालीलाई बताएको छ।

जापानसँगको खेलमा नेपालका लागि पहिलो र एक मात्र गोल गर्दै रञ्जना धामीले इतिहास रचेकी हुन्।

नेपालमा विभिन्न किसिमका विशेष अवस्थाका साथ बाँचिरहेका मानिसहरूका लागि थप सहयोगको आवश्यकताको माग गर्दै, यस प्रतियोगिताबाट सिकेका नयाँ कुराहरूलाई स्वदेशमा लागु गर्ने उद्देश्य रहेको टोलीको भनाइ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now