सिड्नी: क्वारेन्टिन होटेल गार्ड सङ्क्रमित

सिड्नीको मारिअट हार्बर होटेलमा क्वारेन्टिन गार्ड भएर काम गर्ने एक व्यक्ती कोभिड-१९ सङ्क्रमित भएका छन्।

gettyimages-1265254104.jpg

दक्षिणी छिमेकी राज्य भिक्टोरियामा कोरोनाभाइरसको दोस्रो लहर सुरु हुनुमा प्रमुख भूमिका क्वारेन्टिन होटेल र त्यहाँ कार्यरत सुरक्षा गार्डहरू रहेको बताइँदै गर्दा सक्युलर किइ स्थित मारिअट हार्बर होटेलका एक गार्डमा पनि सङ्क्रमण पुष्टि भएको हो।

ती सुरक्षा गार्डलाई कथित रूपमा उक्त होटेलमा सम्युक्तराज्य अमेरिकाबाट आएका एक यात्रु मार्फत सङ्क्रमण भएको बताइएको छ।

होटेलसँगै ती सुरक्षा गार्डले पार्रामाट्टा स्थानीय अदालत, फ्लेमिङटन बजार तथा ब्याङ्क्सटाउन सेन्ट्रलमा समेत काम गरेको न्यु साउथ वेल्स राज्यका अधिकारीहरूले बताएका छन्।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टका अनुसार सङ्क्रमण पुष्टि भएका ती सुरक्षा गार्डले विभिन्न शिफ्टमा काम गर्दा होटेल क्वारेन्टिनमा ती सङ्क्रमित पाहुना बसेका थिए।

NSW Chief Health Officer Dr Kerry Chant at a press conference in Sydney, Monday, August 17, 2020. (AAP Image/Mick Tsikas) NO ARCHIVING
NSW Chief Health Officer Dr Kerry Chant at a press conference in Sydney. Source: AAP

तर ती गार्डलाई ठ्याक्कै कसरी कोरोनाभाइरस सर्‍यो भनेर अधिकारीहरूले भनेका छैनन्।

"हामीले ती गार्डसँग सोधपुछ गरिसकेका छौँ र उनले नियम तोडेको भन्न सकिने अवस्था छैन," डा च्यान्टले भनिन्।

उनले ती गार्ड कसरी सङ्क्रमित भए भन्ने बारे थप अनुसन्धान भइरहेको पनि बताइन्।

" यस घटनाबाट अन्य मानिसहरूमा रोग सरेको प्रमाण हामीले पाएका त छैनौ तर निश्चिन्त रहनुहोस् कि हामी अनुसन्धानको क्रममा कुनै पनि ढुङ्गा पल्ट्याउन छाड्ने छैनौ।"

हाल ती गार्डको सम्पर्कमा आएका भनिएका सबै मानिसहरूको पहिचान गरिसकिएको र ती सबै मानिसहरू आइसोलेसनमा बसेको पनि बताइएको छ।

उता, न्यु साउथ वेल्स प्रहरीका एक जना अधिकारी - सहायक महानिरीक्षक लियान मक्कस्करले भने होटेलको सिसिटिभी फुटेज माथि पनि आफ्नो ध्यान जाने बताएकी छिन्।

"यस्ता अनुसन्धानमा हामीले कसैप्रति पूर्वाग्रही भावना नराख्नु निकै आवश्यक हुन्छ," उनले भनिन्।

मङ्गलवार न्यु साउथ वेल्समा थप तीन जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको छ जुन पछिल्लो चार हप्ता यताकै कुनै पनि २४ घन्टे मापन अवधिमा सबैभन्दा कम सङ्ख्या हो।

Nepali Infographics MASKs
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

 

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

 

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share

2 min read

Published

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now