SKIP TO MAIN CONTENT

भिक्टोरिया: थप १७ जनाको मृत्यु, २२२ अरू सङ्क्रमित

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भिक्टोरियामा १७ जनाले ज्यान गुमाएका छन्।

Victorian Premier Daniel Andrews
Victorian Premier Daniel Andrews Source: AAP

2 min read

Published

Updated

Source: SBS News and AAP



Skip to article content

मङ्गलवार बिहान जारी भिक्टोरियाली आँकडा सहित हालसम्म अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमणबाट ४३८ जनाको मृत्यु भइसकेको छ।

एक महामारी विज्ञले भिक्टोरियाद्वारा केही दिन यता सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा राम्रो सफलता प्राप्त पाउनुमा सबैभन्दा पीडित समुदायको बलिदान रहेको बताउँदै गर्दा मङ्गलवारको आधिकारिक तथ्याङ्क जारी भएको हो।

डिकिन विश्वविद्यालयमा एपिडिमियोलोजी भनिने महामारी विज्ञानकी प्रोफेसर रहेकी क्याथेरिन बेनेटका अनुसार गत अगस्ट ५ मा ७२५ नयाँ सङ्क्रमित थपिएदेखि हाल भिक्टोरियामा द्रुत रूपमा कोरोनाभाइरसद्वारा बिरामी हुनेको सङ्ख्या ओरालो लागिरहेको छ।

उनले मेलबर्नका निम्न सामाजिक-आर्थिक क्षेत्रमा केही हप्ता पहिले निकै नै उच्च सङ्क्रमण दर रहनुमा राज्यको होटेल क्वारेन्टिन व्यवस्थाले ठुलै भूमिका खेलेको बताएकी छिन्।

"जब कामदारहरूले भाइरस घरमा ल्याए, त्यसले समुदायमा अत्यन्तै प्रभाव पार्‍यो र यो महामारीको बेला सबैभन्दा चुनौती पनि तिनै व्यक्तिहरूले भोग्नु परेको छ," बेनेटले भनिन्।

"यी कामदारहरू ठुलो सङ्ख्यामा क्याजुअल कामदार भर्ना गर्ने कार्यस्थलमा काम गर्छन् र उनीहरूको काम घरैबाट गर्न मिल्ने किसिमको पनि छैन र धेरैले काम छाड्न सक्ने स्थिति पनि छैन।"

प्रोफेसर बेनेट अगाडि थप्छिन् कि यदि यस्ता मानिसहरूले ठुलो त्याग नदेखाएको भए यती चाँडो भिक्टोरियामा सङ्क्रमण घट्ने थिएन।

गएको बुधवार यता अस्ट्रेलियामा एकै दिन वा कुनै पनि २४ घन्टे मापन अवधि भर ४०० भन्दा माथि कोरोनाभाइरस सङ्क्रमित थपिएका छैनन्।

यसअघि, सोमवार २५ मृत्युका साथ महामारी सुरु भएयता अस्ट्रेलियाको लागि सबैभन्दा घातक दिन सिद्ध भएको थियो।

ती ज्यान गुमाउने २५ जना मध्ये २२ जना वृद्ध स्याहार केन्द्रसँग सम्बन्धित रहेका थिए।

fc2d7def-0aed-4f99-86a9-b01c3c0d2ec6

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

 

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

 

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now