SKIP TO MAIN CONTENT

सिड्नीको दक्षिणमा एक नेपालीको पानीमा डुबेर मृत्यु

सिड्नीको दक्षिणमा रहेको रोयल नेशनल पार्कमा पौडिने क्रममा एक नेपाली नागरिकको डुबेर निधन भएको न्यु साउथ वेल्सको प्रहरीले जनाएको छ।

Wattamolla beach
Source: traveller

1 min read

Published

By SBS Nepali

Source: SBS


Skip to article content

अस्ति सोमवार भएको उक्त घटनामा अर्की एक महिलाको पनि उध्दार गरिएको प्रहरीले बताएको छ।

मृतकको उमेर २३ वर्ष रहेको थियो।

स्थानिय अधिकारीहरुले उध्दार गरिएकी महिलाको हाल सकुशल रहेको बताएका छन्।

उध्दारकर्मीहरुले सोमबार बेलुकी ६ बजे पछि त्यहाँ शव फेला पारेको पनि जानकारी दिएका छन्।

प्रहरिले यस सम्बन्धमा थप जानकारी दिएको छैन।

दुई बर्ष अघि यसै पार्कभित्र रहेको फिगर एट पुलमा डुबी एक २२ बर्षीय नेपालीको ज्यान गएको थियो।

विधार्थीहरुको रुपमा अस्ट्रेलियामा आई बस्ने धेरैको बर्षेनी ज्यान गएको समाचारहरु आउँदा, यहाँको नेपाली समुदायका केहीले भने अस्ट्रेलिया आउनु अघि उनीहरूले पौडीको अनिवार्य तालिम लिनु पर्ने पनि बताउँदै आएका छन्।

सन् २०१३ देखि सन् २०१९ सम्म १४ नेपालीहरुको अस्ट्रेलियामा पानीमा डुबी निधन भएका यहाँको रोयल लाईफ सेभिङ्ग सोसाइटीको तथ्यांकले उल्लेख गरेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now