Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

समुन्द्री सतह बढ्दा हुने खतरा बारे जनचेतना बढाउने अन्तरक्रियात्मक नक्सा

More than $200 billion of Australia's coastal infrastructure is at risk of rising sea levels. (AAP)

More than $200 billion of Australia's coastal infrastructure is at risk of rising sea levels. (AAP) Source: AAP

इन्टरगर्भमेन्टल प्यानल अन क्लाईमेट चेन्ज (आई पी सी सी) नामक जलवायु परिवर्तन सम्बन्धी एक संस्थाले सार्वजनिक गरेको मोडलिङ्गको नतिजाले आगामी दशकहरूमा समुन्द्री सतह उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने बारे एक रिपोर्ट सार्वजनिक गरेको छ ।


Published

Updated

By Julia Carr-Catzel

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


इन्टरगर्भमेन्टल प्यानल अन क्लाईमेट चेन्ज (आई पी सी सी) नामक जलवायु परिवर्तन सम्बन्धी एक संस्थाले सार्वजनिक गरेको मोडलिङ्गको नतिजाले आगामी दशकहरूमा समुन्द्री सतह उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने बारे एक रिपोर्ट सार्वजनिक गरेको छ ।


समुन्द्रको छेउ नजिक रहेका ढिस्काहरू आदिवासी समूहका पवित्र स्थलहरू हुन जहाँ एबोरजिनल समुदायका मानिसहरूका खाने कुराका अवशेषहरू पाइन्छन् ।

यस्ता ढिस्काहरूले आदिवासी समुदायमा तटीय क्षेत्रको महत्त्व र बसोबासका क्रममा १२ हजार वर्ष पुरानो व्यवहार, क्रियाकलाप र उनीहरूका खाना जस्ता कुरालाई व्याख्या गर्न मद्दत पुर्‍याउँछ ।

तर बढ्दो क्रममा रहेको समुन्द्री सतहले खतरामा पादै गरेको यो केवल एउटा उदाहरण मात्र हो ।

शेन मक्ग्रेगर मोनाश विश्वविद्यालय अन्तर्गतको विश्व,वातावरण र वायुमण्डल सम्बन्धी विषयका सह प्राध्यापक हुन् ।

उनी भन्छन् जलवायु परिवर्तन सम्बन्धी आईपिसिसिको नवीनतम रिर्पोटले भविष्यमा आउने धेरै क्षतिलाई रोक्न नसकिने देखाउँछ ।

रिर्पोटले सन् २०५० सम्ममा १५ देखि २५ सेन्टिमिटरसम्म समुन्द्री सतहमा वृद्धि हुन सक्ने अनुमान गरेको छ । 

रिपोर्ट सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

प्रोफेसर शेन मक्ग्रेगरका अनुसार समुन्द्री ज्वारभाटाको आवृत्ति, स्थान र त्यसको उँचाइले यसका आधार तय गर्ने गर्दछ ।

आईपीसीसीको मोडेलिङ्गले उच्च हरित गृह ग्यास उत्सर्जनको अवस्थामा सन् २१०० सम्ममा विश्वव्यापी औसत समुन्द्री सतह ८४ सेन्टिमिटरसम्म बढ्न सक्ने देखाउँछ ।

एकदमै उच्च उत्सर्जन भएको अवस्थामा भने समुन्द्री सतह दुई मिटर सम्म बढ्न सक्ने बताइएको छ ।

A Surf Life Saving patrol vehicle at Scarborough Beach in Perth (AAP)
A Surf Life Saving patrol vehicle at Scarborough Beach in Perth Source: AAP

सह प्राध्यापक मक्ग्रेगर यस्ता परिदृश्यका सम्भावना कम रहेता पनि मानिसहरूलाई यसका बारेमा सचेत गराइनु पर्ने बताउँछन् ।

नेथन इटन एन जी आई एस नामक भुस्थानिक कन्सल्टेन्सीका प्रबन्धक हुन् ।

उनी मक्ग्रेगरका कुरामा सहमति जनाउँछन् ।

उनको भनाइमा पनि मानिसहरूलाई यसका बारेमा सचेत गराउनु जरुरी छ ।

उनको संस्था एनजीआई एसलै फ्रन्टीयर-एसआई नाम अर्को एक संस्थासँग मिली अन्तरक्रियात्मक नक्सा बनाउनका लागि साझेदारी गरेको छ ।

उनीहरूले उक्त नक्साको नाम कोष्टल रिस्क अस्ट्रेलिया राखेका छन् ।

Interactive Coastal Risk Australia map showing projected inundation around Cape Byron, NSW (NGIS)
Interactive Coastal Risk Australia map showing projected inundation around Cape Byron, NSW. Source: NGIS

नक्साले मानिसहरूलाई सन् २१०० मा सबै भन्दा खराब परिस्थिति आएको खण्डमा अस्ट्रेलिया तटको अवस्था कस्तो देखिन्छ भन्ने कुरा हेर्न अनुमति दिन्छ ।

यस नक्सामा बाईरेन बे जस्ता पर्यटकीय तटीय क्षेत्र पनि कसरी पानीको बहावमा परेर डुब्न सक्दछन् भनेर हेर्न सकिन्छ ।

प्राध्यापक मक्ग्रेगर रणनीतिहरू समुदाय पिच्छे फरक हुन सक्ने बताउँछन् ।

उनी भन्छन् कि समुन्द्री सतह माथि उठ्नु भनेको बाथ टब भरिए जस्तो पक्कै होइन ।

अस्ट्रेलिया तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूले आ आफ्नै किसिमका जलवायु परिवर्तन सम्बन्धी रणनीतिहरू बनाएका छन् ।

कतिपयलाई बाईरेन बे मा रहेको अराकुल जस्ता स्थानीय आदिवासी समूहहरूले सचेत गराएका छन्।

यस रणनीति अन्तर्गत समुन्द्री पर्खालहरू निर्माण गर्नु बाढीका योजना बनाउनु र पानी प्रदूषण हुन बाट बचाउने जस्ता योजना रहन्छन् । 

इटन आशा गर्छन् कि अनलाइन नक्साले समुदायमा जलवायु परिवर्तनको प्रभावलाई कम गर्न प्रोत्साहित गर्नेछ ।

जब मानिसहरू आगामी ३० वर्ष समुन्द्री सतह बढ्दा के गर्ने भनेर तैयारी गदै गर्दा सन् २०५० पछिको अवस्थाको निक्यौल भने ग्यास उत्सर्जन कम गर्न विश्व समुदायले खेल्ने भूमिका निर्भर गर्ने प्राध्यापक म्याकग्रेगर बताउँछन् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now