आमाबाबुलाई अस्ट्रेलिया आउन दिन भनि गरिएको आप्रवासी अपीललाई आज संघीय संसदमा पेश गरिदै

स्वतन्त्र सांसद ज़ाली स्टेगाल र ग्रीन्स पार्टी सभासद निक मककिमले यो हप्ता संघीय संसदमा एक अपील प्रस्तुत गर्ने छन् जसमा आप्रवासी समुदायका सदस्यहरुलाई आफ्ना आमाबाबुलाई अस्ट्रेलिया ल्याउन दिन सरकार समक्ष आग्रह गरिएको छ।

International travel resumes from November 2021

Photo used for representation purposes only. Source: AAP Image/Lukas Coch

७० हजार भन्दा बढी आप्रवासी पृष्ठभूमिका अस्ट्रेलियाली नागरिक र स्थायी निवासीहरुले आफ्ना आमाबाबुलाई अस्ट्रेलिया आउन दिन भनि सरकार समक्ष गरिएको अपीललाई आज संघीय संसदमा पेश गरिने भएको छ।

कोरोनाभाइरसको महामारीलाई अस्ट्रेलियामा फैलन बाट रोक्न भन्दै सन् २०२० को मार्च महिना देखि मोरिसन सरकार द्वारा देशको अन्तर्राष्ट्रिय सीमा बन्द गरिएको छ। सरकारको उक्त निर्णयको मतलब सिमित कारणले मात्र विदेशी नागरिकहरु हाल अस्ट्रेलिया प्रवेश गर्न पाउँदछन्।

अस्ट्रेलियाली नागरिक र स्थायी निवासीहरुका विदेशमा रहेका श्रीमान, श्रीमतीका साथै डि-फ़्याक्टो पार्टनर, नाबालिक सन्तान र कानूनी अभिभावकहरुको प्रवेशमा रोक नलगाइए पनि, आमाबाबुहरुलाई चाहिं भिसाका लागि चाहिने "नजिकको परिवार" दर्जामा समावेश गरिएको छैन।

Independent MP Zali Steggall will table the petition in the House of Representatives.
Independent MP Zali Steggall will table the petition in the House of Representatives. Source: Getty Images/Mayur Kakade

तर आप्रवासीहरुका आमाबाबुहरुलाई पनि अस्ट्रेलिया प्रवेश गर्न दिनु धेरै जरुरी रहेको भन्दै संघीय प्रतिनिधि सभामा स्वतन्त्र सांसद रहेकी ज़ाली स्टेगालले ७०,५४० हस्ताक्षर सहितको अपील आज संसदमा प्रस्तुत गर्ने छन्। साथै, ग्रीन्स पार्टीका सभासद निक मककिमले भोलि उक्त अपीललाई भोलि संघीय संसदको माथिल्लो सदनमा छलफलको लागि पेश गर्ने छन्।

सुश्री स्टेगाल भन्छिन वर्तमान सीमा नीति अस्थायी रहेकोले लामो समयसम्म यसलाई कायम राख्नु उपयुक्त हुँदैन।

"धेरै मानिसहरुले आफ्ना उपलब्ध विकल्पबारे सोच्न थालिसकेको र उनीहरुले सदाको लागि अस्ट्रेलिया पनि छाड्न सक्दछन्। यदि यो नीति माथि पुनर्विचार नगरिए देशमा दक्ष मानिसहरुको कमि बढ्ने छ," एक विज्ञप्ति मार्फत उत्तरी सिड्नी सांसदले बताइन।

"एक तिहाइ अस्ट्रेलियालीहरुको जन्म विदेशमा भएको छ र हाल विदेशमा रहेका आफ्ना परिवार वा पार्टनरहरुसंग भेट्न नपाएका कारण उनीहरुले धेरै कठिनाईको सामना गर्नु परिरहेको छ। सरकारले पनि पारिवारिक सदस्य र भिसा वाहकहरुलाई यात्राको अनुमति दिने सुचीमा समावेश गरिएको छैन।"

सरकारले यसबारे दिर्घकालिन योजना सार्वजनिक गर्न पनि सार्वजनिक गर्न जरुरी रहेको सांसद स्टेगाल ले जोड दिईन।

Independent Member for Warringah Zali Steggall.
Independent MP Zali Steggall. Source: AAP

त्यस्तै आग्रह गत महिना बन्द भएको हस्ताक्षर संकलन अभियान मार्फत पनि गरिएको छ।

"अस्ट्रेलियामा रहेका आप्रवासी पृष्ठभूमिका मानिसहरुका लागि आफ्नो आमाबाबुसंग भेट गर्न पाउनु धरै महत्वपूर्ण रहेको छ। कुनै "बाध्यकारी कारण" नभएसम्म यात्रा अनुमति नपाउने हालको अवस्थाका कारण नागरिक र स्थायी निवासीहरुले लामो समय देखि आफ्ना आमाबाबुलाई भेट्न पाएका छैनन्," अपीलमा भनिएको छ।

मानिसहरुले कहिले आफ्ना आमबाबुलाई भेट्न पाउनेबारे रहेका अन्यौलका कारण धेरै माथि गम्भीर मानसिक र आर्थिक प्रभाव परेको पनि गत महिना बन्द भएको उक्त हस्तक्षर संकलन अभियान मार्फत बताइएको छ।

ग्रीन्स पार्टी सभासद निक मककिमले चाहिं मोरिसन सरकारको वर्तमान सीमा नीतिमा "दया र मनावताको भावना नरहेको" आरोप लगाएका छन्।

"सीमा सम्बन्धि आफ्नो नीतिका कारण मानिसहरुले हाल सामना गर्नु परिरहेको दुखबारे घीय सरकारले बुझ्नुपर्ने समय भएको छ," उनले एसबीएस समाचारलाई बताए।

गए १५ महिना देखि अस्ट्रेलियाली नागरिक, स्थायी र अस्थायी भिसा रहेका मानिसहरु आफ्ना परिवार बाट छुट्टिन बाध्य भएका छन् र उक्त अवस्था कहिले अन्त्य हुने कुनै जानकारी नरहेको ग्रीन्स सभासद ले बताए

Greens Senator Nick McKim.
Greens Senator Nick McKim. Source: AAP

सरकारको भनाइ के?

एसबीएस द्वारा यसबारे राखिएको प्रश्नको जवाफ दिंदै अस्ट्रेलियाली सीमा बलका एक प्रबक्ताले आमाबाबुहरुका लागि हाल करिब १ लाख स्थायी र अस्थायी भिसाका आवेदनहरु अस्ट्रेलिया बाहिर बाट बुझाइएको बताए।

"यसले पनि अस्ट्रेलिया आउन चाहनेहरु बारे संकेत दिन्छ," उक्त प्रबक्ताले बताए।

"सिमित संख्यामा मात्र मानिसहरुलाई क्वारेन्टिनमा राख्न मिल्ने हालको नियमका कारण यतिका धेरै मानिसहरुलाई प्रवेश दिन मिल्ने अवस्था छैन।"

हाल प्रत्येक हप्ता करिब ६ हजार जनाले मात्र अस्ट्रेलिया प्रवेश गर्न पाईरहेका छन्।

अप्रवासी परिवारहरु द्वारा हाल सामना गर्नुपरेका चुनौतीहरुलाई अस्ट्रेलियाली सीमा बल द्वारा स्वीकार गरिएता पनि यात्रा अनुमति सम्बन्धि "नजिकको परिवार" को सुचिमा आमाबाबुहरुलाई पनि समावेश गर्ने हाल कुनै योजना नरेको पनि उक्त सरकारी निकायको भनाइ छ।

प्रत्येक व्यक्तिको परिस्थिति अनुसार यात्रा अनुमति प्रदान गरिने एबीएफ प्रबक्ताले बताए।


Share

3 min read

Published

Updated

By SBS Nepali, Caroline Riches

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now