राज्यको होटेल क्वारेन्टिन कार्यक्रममा यो भन्दा पहिले दुई पटक सुधारका कदमहरू भन्दै परिमार्जनहरू गरिएता पनि कोरोनाभाइरस सङ्क्रमण समुदायसम्म पुग्दा, यो उक्त कार्यक्रमको तेस्रो संस्करण हो।
भिक्टोरियाली यातायात पूर्वाधार मन्त्री जसिन्टा एलानका अनुसार, राज्यको होटल क्वारेन्टिन कार्यक्रम बिहीबारदेखि पुनः सुरु हुँदा, कोरोनाभाइरस विरुद्धको खोप लगाएका अग्रपङ्क्तिका कर्मचारीहरूलाई मात्र काममा खटाइनेछ।
एलान भन्छिन् कि अप्रिल ८ देखि होटेल क्वारेन्टिन कार्यक्रम पुनः सञ्चालनमा आउँदा, अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने सबै कर्मचारीहरूले खोप लगाइसक्ने बुझाइ उनको छ।
"होटेल क्वारेन्टिनमा काम गर्ने अधिकांश कामदारहरूले खोप लगाइसकेकाछन्, र अग्रपङ्क्तिमा कार्यरत कर्मचारीहरूले खोप लगाएर मात्र अप्रिल ८ देखि काम गर्नेछन्," उनले भनिन्।
गत फेब्रुअरी महिनामा होलिडे ईन होटेलमा कार्यरत केही क्वारेन्टिन कर्मचारीहरू कोभिड-१९ बाट सङ्क्रमित भएपछि भिक्टोरियाली सरकारले होटेल क्वारेन्टिन कार्यक्रम स्थगन गरेको थियो।
अति सङ्क्रमणकारी मानिएको कोरोनाभाइरसको युके प्रजातिबाट ती कर्मचारीहरू प्रभावित भएदेखि भिक्टोरियाली होटेल क्वारेन्टिन कार्यक्रम तथा यहाँ अवतरण हुने अन्तर्राष्ट्रिय हवाई सेवा हालसम्म अवरुद्ध छन्।
२४ जना मानिसहरूमा उक्त युके स्ट्रेन भनिने कोरोनाभाइरसको एक प्रजाति देखिएपछि राज्य सरकारले मेलबर्न सहित पुरा भिक्टोरिया, ५ दिनका लागि लकडाउनमा राखेको थियो।
होटेल क्वारेनटिनबाट नै चुहावट भएको कोरोनाभाइरसद्वारा सुरु भएको सङ्क्रमणको दोस्रो लहरका कारण अघिल्लो वर्ष भिक्टोरियामा १८,००० भन्दा बढी सङ्क्रमितहरू, ८०० को हाराहारीमा मृत्यु र ११२ दिनसम्मको लगातार लकडाउन मेलबर्नवासीले भोगेका थिए।
एलेन चेङ्गद्वारा नेतृत्व गरिएको एक समीक्षा टोलीले क्वारेन्टिन कर्मचारीहरूलाई कोभिड-१९ खोप दिएर मात्र काममा लगाउँदा, भाइरस फैलिने जोखिम न्यूनीकरणको सर्वोत्तम उपाय रहेको बताए छ।

बिहिबारदेखि सुरु हुने कार्यक्रममा प्रति सप्ताह १,१२० जनासम्म यात्रुहरूलाई स्थान रहने बताइएता पनि कार्यवाहक प्रिमियर जेम्स मेलिनोका अनुसार भिक्टोरियाली सरकारले "आर्थिक समूह"लाई भनेर छुट्ट्याएको १२० स्थान सङ्घीय सरकारले नमाने पछि राज्यमा प्रति हप्ता अधिकतम १,००० यात्रुहरू मात्र आउने सक्ने छन्।
छानबिन समितिका सुझावहरू
