SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा सबैभन्दा बढी नेपालीहरू कहाँ बस्छन् र उनीहरूको आर्थिक हैसियत कस्तो छ?

अस्ट्रेलियामा कति नेपाली बोल्नेहरू मानिसहरू छन्, उनीहरू यहाँ कहिले आइपुगे, हाल कहाँ बस्छन्, कति कमाउँछन् भन्ने लगायतका जिज्ञासा छ?

Fastest-growing language in Australia explained

2 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाभर बस्ने मानिसहरूका बारे आकर्षक तथा रोचक जानकारीहरु हेर्न मिल्ने एक नयाँ अन्तरक्रियात्मक सामाग्री एसबीएसले आज सार्वजनिक गरेको छ।

पछिल्लो जनगणनाको परिणामहरूमा आधारित रहँदै एसबीएसले उक्त सामाग्री बनाएको हो।

एसबीएस सेन्सस एक्सप्लोरर नाम दिइएको सो प्रस्तुतिले रमाइलो र सहज ढङ्गमा अस्ट्रेलियाको बद्लिँदो तस्बिर प्रस्तुत गर्छ।

यसमा सन् २०११ र २०१६ मा भएका जनगणनाका नतिजाहरू पनि समावेश छन्।

नेडक सप्ताह २०२२ को अवसरमा अनावरण गरिएको यो सामाग्रीले सबै अस्ट्रेलियालीहरूलाई आदिवासी तथा टोेरेस स्ट्रेट द्विप समूहका मानिसहरूको भाषा, संस्कृतिमा रहेको विविधतालाई गहिरिएर बुझ्न समेत मौका दिएको छ।

साथै, विविधताले भरिएको अस्ट्रेलियाका बारे थाहा पाउन विभिन्न सङ्घ तथा सङ्गठनहरूलाई समेत एक उपयोगी तथा व्यवहारिक सहयोग हुनेछ भन्ने अपेक्षा एसबीएसको छ।

बसोबासका लागि मद्दत गर्ने र सामुदायिक समूहहरूले आप्रवासीहरूको सङ्ख्या एवं विविधतालाई अझ राम्रोसँग बुझ्न यो प्लेटफर्म प्रयोग गर्न सक्छन् भने शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई उनीहरू बस्ने इलाकाका बारेमा नयाँ दृष्टिकोण दिन सक्षम हुनेछन्।

यसै गरी व्यापारिक र सरकारी समूहहरूले एसबीएस सेन्सस एक्सप्लोरर प्रयोगमा ल्याएर प्रभावकारी अभ्यास सुरु गर्न सक्नेछन्।

Infographics showing a snapshot of Nepali speakers in Australia
A snapshot of Nepali speakers in Australia Source: SBS Census Explorer

एसबीएस न्युजकी निर्देशक म्यान्डी विक्सले अस्ट्रेलियावासीहरूलाई उक्त अन्तर्क्रियात्मक सामाग्रीको प्रयोग गर्न आमन्त्रण गरेकी छिन्।

उनी भन्छिन्,“एसबीएस सेन्सस एक्सप्लोरर प्रयोग गरेर आफ्नो टोल, छर-छिमेक, सहरको जनसङ्ख्या कसरी परिवर्तन भइरहेको छ भनेर जान्नुहोस् र आफ्नो मनमा लागेको खुल्दुली मेट्नुहोस्।”

यसै गरी एसबीएस ध्वनि तथा भाषिक सामाग्रीका निर्देशक डेभिड हुवाका अनुसार एसबीएस सेन्सस एक्सप्लोररले अस्ट्रेलिया आउने आप्रवासीहरूलाई आफू बस्ने नयाँ ठाउँका बारे थप जानकारी लिन मद्दत गर्ने विचार व्यक्त गरे।

“नयाँ बासिन्दाहरूलाई आफू बसेको ठाउँ वरिपरि कत्तिको विविधतापूर्ण समुदाय छ भनेर जान्न एसबीएस सेन्सस एक्सप्लोररले सहयोग गर्नेछ,” उनी भन्छन्।

एसबीएस सेन्सस एक्सप्लोररको माध्यमबाट तपाईँले पछिल्लो जनगणनाका सबै प्रमुख निष्कर्षहरू अन्तर्क्रियात्मक रूपमा हेर्न सक्नुहुनेछ जस्तै झन्डै ५५ लाखको हाराहारीमा रहेका एकभन्दा धेरै भाषाहरू बोल्ने अस्ट्रेलियामा कसरी छरिएर रहेका छन् वा सबैभन्दा बढी नेपालीहरू अस्ट्रेलियामा कहाँ बस्छन् र उनीहरूको आर्थिक हैसियत कस्तो छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now