अस्ट्रेलिया र जापानका बिच ऐतिहासिक रक्षा सन्धि हुदै,चीन चिन्तित हुनु नपर्ने प्रधानमन्त्रीको भनाइ

अस्ट्रेलिया र जापान बिचको सैन्य सम्झौता एशिया प्रशान्त क्षेत्रमा चिन्ताको विषय बन्न नहुने प्रधानमन्त्री मोरीसनले बताएका छन् ।

Australian Prime Minister Scott Morrison and Japan's Prime Minister Yoshihide Suga observe an honor guard  in Tokyo, Japan, 17 November 2020.

Australian Prime Minister Scott Morrison and Japan's Prime Minister Yoshihide Suga observe an honor guard in Tokyo, Japan, 17 November 2020. Source: AAP

प्रधानमन्त्री मोरीसनले अस्ट्रेलिया र जापानका बिचमा भएको सैन्य सम्झौताले चीनले चिन्ता व्यक्त गर्नु नपर्ने स्पष्ट पारेका छन् ।

टोकियोमा मङलबार अस्ट्रेलियाली प्रधानमन्त्री मोरीसनले जापानि समकक्षी योसीहिडे सुगा सँग शिष्टाचार भेट गरेका हुन् । सिन्जो आबेको राजीनामा पछि सत्ता सम्हालेका नयाँ प्रधानमन्त्रीले पहिलो पटक अन्तर्राष्ट्रिय समकक्षी सँग आफ्नै मुलुकमा भेट गरेका छन् ।

भेटका क्रममा मोरीसन र सुगाले पारस्परिक पहुँचको सम्झौतामा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत जापान र अस्ट्रेलियाले एक अर्काको सैन्य शिविरको उपयोग गर्न सक्नेछन् ।

तर यो सम्झौता लागु हुन जापानी सांसदबाट  पारित हुनु पर्नेछ ।

Japan's Prime Minister Yoshihide Suga and Australian Prime Minister Scott John Morrison receive honor guard in Tokyo on 17 November, 2020.
Japan's Prime Minister Yoshihide Suga and Australian Prime Minister Scott John Morrison receive honor guard in Tokyo on 17 November, 2020. Source: AAP

सहमतिले पूर्णता पाएमा जापानले १९६० को अमेरिकी सरकार सँग गरेको सम्झौता पछि पहीलोपटक आफ्नो भूमिमा विदेशी सैनिक उपस्थितिका स्वीकार गर्नेछ ।

प्रधानमन्त्री मोरीसनले यो सम्बन्धको महत्त्वपूर्ण विकास भएको र यो सम्झौता चिन्ताको विषय हुनु पर्ने कारण नभएको स्पष्ट पारे ।

“मलाई लाग्छ, यसले यो क्षेत्रमा स्थिरता थपेको छ,जुन राम्रो चीज  हो ।” मोरीसनले भने ।

भेटमा जापानमा हत्या वा अन्य गम्भीर अपराधको अभियोग मुद्दा साबित भएमा अस्ट्रेलियाली कर्मचारी वा महिलाहरूलाई मृत्युदण्ड दिइने विषयले किन महत्त्व पाएन भन्ने विषयमा प्रधानमन्त्री मोरीसनलाई गरिएको प्रश्नमा उनले यो विषय अन्तर्राष्ट्रिय मान्यता अन्तर्गत रहने जवाफ दिएका छन् ।

जापानी प्रधानमन्त्री सुगाले जापान र अस्ट्रेलिया विशेष “रणनीतिक साझेदार” रहेको बताउँदै स्वतन्त्रता,प्रजातन्त्र,मानव अधिकार र कानुनको शासन जस्ता  मूल्य मान्यता प्रति प्रतिबद्ध रहेको र यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि सँगै मिलेर काम गरिरहेको बताए ।

संयुक्त वक्तव्य मार्फत दुवै नेताले दक्षिण र पूर्वी चिनिया सागरको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विवादित टापुलाई शैन्यकरण गर्ने र चीनलाई पहिचान नगरी यथास्थितिको परिवर्तन गर्ने एकतर्फी प्रयासको विरोध पनि गरेका छन् ।

यसैबिच चीन र अस्ट्रेलियाको सम्बन्ध जटिल अवस्थामा पुग्दा ट्रेजरर जोस फाईडनबर्गले चीन सँगको व्यापार सुधारका लागि आफ्नो प्रयासलाई जारी राखेका छन् ।

उनको यो प्रयासलाई व्यापार मन्त्री सिमोन बर्मिङघमले सहयोग गरीरहेका छन् । तर चिनिया समकक्षीबाट निरन्तर रूपमा बेवास्ता हुँदै आइरहेको छ ।

सिनेटर बमिङघमले अस्ट्रेलियाले चीन सँग सम्पर्क गर्ने अधिकतम प्रयास गरेको बताएका छन् ।

उनले भने “अस्ट्रेलियाले आफ्नो ढोका खुल्ला राखेको छ तर चीन टेबुलमा आउन चाहिरहेको छैन।”


Share

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now