प्रमुख बिषय
- करीव एक दशक पछि अस्ट्रेलिया संयुत्त सैन्य अभ्यासमा
- चीन संगको सम्बन्ध झनै बिग्रने आशका
सन् २००८ मा केभिन रूढ सरकारले ”क्वाड” नाम दिइएको चार देशीय नौ सैनिक अभ्यासबाट हात झिके पनि अभ्यासमा पुन सहभागी हुन बारम्बार आग्रह आइरहेको थियो ।
सैनिक अभ्यासबाट पछि हटेको करिब एक दशक पछि अस्ट्रेलिया पुन सैन्य अभ्यासमा सामेल भएको छ । यस महिनाको सुरुमा टोकियोमा बसेको चार राष्ट्रहरूको बैठकले बङ्गालको खाडीमा हुने मालाबार सैन्य अभ्यासमा सहभागी हुन राजी भएको छ ।
रक्षा मन्त्री लिन्डा रेनोल्ड्सले एक विज्ञप्ति जारी गदै मालबार सैन्य अभ्यासबाट अस्ट्रेलियाली समुन्द्री क्षमता वृद्धि हुने र इन्डो प्यासिफिक क्षेत्रको स्वतन्त्रता र समृद्धिका लागि अस्ट्रेलियाली सङ्कल्पलाई प्रदर्शन गर्ने बताइन् ।

बिदेशमन्त्री मरिस पाईनले "क्वाड" अन्तर्गतका राष्ट्रहरू सँग मिलेर काम गर्ने र यस क्षेत्रमा शान्ति र स्थिरताको समर्थन गर्ने बताईन ।
तर सरकारको यो सहभागिताले अस्ट्रेलिया र चीन बिचको सम्बन्धमा भने झनै दरार पर्ने देखिएको छ ।
लोई इन्स्टिीच्यूटका स्याम रोगगेवीन भने यो कदमलाई चीन विरुद्धको गठबन्धनका रूपमा लिन नहुने बताउँछन् ।
उनी भन्छन् “ चीनको महत्वकाक्षा निश्चित रूपमा तीव्र भएको छ र यसले अस्ट्रेलिया लगायत चारै राष्ट्रहरुलाई चिन्तामा पारेको छ । तर मलाई लाग्दैन कि चीन सँगको आर्थिक सम्बन्धलाई जोखिममा पार्न उनीहरू चाहान्छन् । ”

कुनै बेला आफैले सरकारको नेतृत्व गरेका बेला अभ्यासबाट बाहिरिएका पूर्व प्रधानमन्त्री केभिन रुडले पनि यो समाचारको स्वागत गरेका छन् ।
सन् २००८ मा बाहिरिए पछि पुन सहभागी हुन प्रयास नभएको होइन २०१७ मा अस्ट्रेलियाले सहभागीताका लागि प्रयास गरेपनि भारतद्वारा आपत्ति जनाएपछि पछि हटेको थियो ।
पछिल्लो समय भारत अस्ट्रेलियाको सम्बन्ध मजबुत भएको छ । सीमा क्षेत्रको विषयलाई लिएर चीन र भारतका बिचमा बैमनश्यता देखिएपछि यो कदम आएको बताइन्छ ।

भारतका रक्षा विशेषज्ञ जगन्नाथ पन्डा अस्ट्रेलियाले यो परिस्थितिबाट फाइदा लिएको बताउँछन् ।
उनी भन्छन् “भारत र अस्ट्रेलियाको बिचमा सधैँ दूरी रहेको थियो तर त्यो दुरी त्यो अन्तर वास्तवमा चीनको आक्रामक व्यवहार र इण्डो-प्रशान्त क्षेत्रमा वर्तमान वातावरणको अवस्थाको उनीहरूको पुनर्मूल्यांकनका कारण बढ्दो छ अस्ट्रेलिया र भारत दुवैले देखेका छन् कि त्यहाँ एक अर्काको राष्ट्रिय हितको रक्षा गर्ने योग्यता छ "
लोवीका स्याम रोगगेवीन भने यो कदमको नतिजा अझै देख्न बाकि रहेको बताउँछन् ।
उनी “भन्छन् चीनले यस्ता कुराहरूमा कडा शब्दमा जवाफ दिन्छ,चीनले बयान बाजीभन्दा बाहिर उठेर प्रतिक्रिया दिन्छ वा दिँदैन यो हेर्न वाकी छ उसले यो क्षेत्रमा बढी गहन वा बढी आक्रमण परियोजना छनौट गर्छ कि भन्ने हेर्नै वाकी छ”
चीनले भने यो घटनाक्रम प्रति अझै कुनै प्रतिक्रिया जनाएको छैन ।
