विज्ञ भन्छन्, बेलायत र क्यानडा जान खोजिरहेका दक्ष कामदारलाई अस्ट्रेलियाले रोक्नुपर्छ

बेलायत र क्यानडा जस्ता लोकप्रिय गतव्यमा जानबाट दक्ष कामदारलाई रोक्नु पर्ने एक अर्थशास्त्रीले बताएका छन्।

People living in the Australian capitals decreased and Regional Australia grew

Source: AAP

थोरै आप्रवासी भित्रँदा अस्ट्रेलियाको बढ्दै गरेको घरको मूल्यलाई त कायम राख्ला तर लाखौँ अप्रवासी भित्रिदा देशको सम्पूर्ण अर्थव्यवस्थामा नै सहयोग गर्ने एक अर्थशास्त्री बताउँछन्।

“प्रतिस्पर्धी विश्वबजारमा, महामारी पछि कुशल आप्रवासी भित्राउने निर्णय गर्नु एउटा कुरा हुनेछ तर यसलाई प्राप्त गर्नु अर्को कुरा,” केपिएमजीका प्रमुख अर्थशास्त्री ब्रेन्डन राईनले भने।

"अस्ट्रेलियाले, बेलायत र क्यानडामा बसाइसराइका लागि जाने मुलुकका मानिसहरूलाई लक्षित गर्नुपर्दछ। "

यसको मतलब पोल्यान्ड, आयरल्यान्ड, जर्मनी र अमेरिका जस्ता मुलुकका मानिसलाई नयाँ अस्ट्रेलियाली बनाउनु हो।

“महामारीको समयमा, अस्ट्रेलियामा बसोबासका लागि आउने विदेशी आप्रवासीको सङ्ख्यामा उल्लेखनीय गिरावट भोगेका छौ, जसले गर्दा हाम्रो शुद्ध बसाइसराइको सङ्ख्या नकारात्मक भएको छ– दोस्रो विश्वयुद्ध पछि पहीलोपटक,” डाक्टर राईनले भने।

भर्खरको आधिकारिक जनसङ्ख्या तथ्याङ्कले यो वर्ष नकारात्मक नै रहने बसाइसराइको अवस्था सन् २०२४/२५ बाट भने वार्षिक २३५,००० का दरले सकारात्मक बन्दै जाने देखाएको छ।

यसले महामारी अघि सन् २०२५ सम्म अपेक्षा गरिएको जनसङ्ख्या भन्दा करिब ७ लाख कम छाड्नेछ।

सन् २०१९ सम्मको १० बर्से अवधिमा अस्ट्रेलियाली जनसङ्ख्यामा बसाइसराइले करिब १० प्रतिशतको योगदान दिएको छ।

त्यो १० प्रतिशत हासिल गर्ने लक्ष्य राख्ने हो भने आधिकारिक पूर्वानुमानमा १० लाख मानिसहरू जोड्नु पर्ने हुन्छ।

यसका लागि सन् २०२२–२३ देखि २०२८–२९ सम्म हरेक वर्ष ३ लाख ५० हजार भन्दा बढी मानिसको आवश्यकता पर्दछ।

यदि यो पुरा भएको खण्डमा अस्ट्रेलियाको कुल गृहस्थ उत्पादन २०२८–२९ सम्म १२० अर्बले बढ्नेछ भने अर्थतन्त्र ४ दशमलव ४ प्रतिशतले बढ्नेछ।

तर आप्रवासीले देशमा पुराउने आर्थिक समाजीक र सांस्कृतिक फाइदाहरूका बारेमा पहिचान राख्ने एक मात्र मुलुक अस्ट्रेलिया होइन।

केपीएमजीद्धारा विश्लेषण गरिएको संयुक्त राष्ट्रसङ्घको एक तथ्याङ्क अनुसार सन् २०१९ सम्मको ५ बर्से अवधिमा अस्ट्रेलियाले अन्तर्राष्ट्रिय आप्रवासी आगमनको ठुलो हिस्सा ओगटेको छ। विश्वमै सात नम्बरमा पदै करिब ८ लाख २० हजार मानिस यहाँ बसाइसरेका छन्।

औसतमा चीनबाट १,३२०००, भारतबाट १,२००००, बेलायतबाट ५६,०००, फिलिपिन्सबाट ४०,००० र मलेसियाबाट ३१,००० मानिस यहाँ आएका छन्।

बेलायत र क्यानडा भने आप्रवासी आगमनका हिसाबले अस्ट्रेलियाको प्रतिस्पर्धी मुलुक बनेका छन् । जहाँ सन् २०१५ देखि १९ सम्म क्रमशः १० लाख १४ हजार र ५३२,००० आप्रवासीहरू पुगेका छन्।

गृह मामिला मन्त्रालयले ४४ वटा यस्ता पेसाहरूलाई पहिचान गरेको छ, जसले कोभिड-१९ महामारी र यसपछिको आर्थिक पुन: प्राप्तिमा अस्ट्रेलियालाई सहयोग गर्ने अपेक्षा राखेको छ।

अध्यागमन मन्त्री एलेक्स अहकले अन्तिम पटक गत जुलाईमा सुचीलाई अद्यावधिक गरेका छन्।

जसमा फार्मेसीको क्षेत्रमा काम गर्नेहरूलाई सुचीको सुरुमा राखिएको छ।

"अस्ट्रेलिया महामारीबाट मुक्त भएपछि यी पेसाहरूको प्राथमिकतामा परिवर्तन हुनेछ,” गृह मामिलाका एक अधिकारीले भने।

उक्त सुची अस्थायी दक्ष कामदारका विभिन्न भिसा जस्तै कि टेम्पररी स्टिक सर्टेट, स्कील्ड इप्लोयर स्पोन्सर्ड रिजनल, इप्लोयर नोमिनेसन स्किम र रिजनल स्पोन्सर्ड माइग्रेसन स्किम भिसाहरूका लागि लागु हुन्छ।

केपिएमजीको मोडलिङले प्रत्येक अप्रवासीले कुल गृहस्थ उत्पादनमा वार्षिक १३०,००० डलर बराबरको योगदान दिने पनि देखाएको छ ।


Share

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now