SKIP TO MAIN CONTENT

उग्र-दक्षिणपन्थी अतिवादीको डर अस्ट्रेलियामा आकासिँदै, इस्लामिक स्टेटसँग तुलना

उग्र-दक्षिणपन्थी अतिवादीहरूले गर्दा अस्ट्रेलियाको सुरक्षा एवं गुप्तचरी निकायको करिब ३० देखि ४० प्रतिशत स्रोत साधन खर्च भइरहेको बताइएको छ।

Police watch on as anti-fascist demonstrators gather near a far-right rally on St Kilda foreshore
Police watch on as anti-fascist demonstrators gather near a far-right rally on St Kilda foreshore Source: AAP

2 min read

Published

Updated



Skip to article content

अस्ट्रेलियाको राष्ट्रिय गुप्तचर निकाय (एजियो) का उप-महानिर्देशक हिथर कुकले उग्र-दक्षिणपन्थी अतिवादीहरूका कारण आफ्नो स्रोत साधन सन् २०१६ यता निकै खर्च हुन थालेको बताएकी हुन्।

कुकका अनुसार सन् २०१६ सम्म दक्षिण पन्थी उग्र वादलाई नियन्त्रण गर्न एजियोले आफ्नो स्रोत तथा संसाधन करिब १० देखि १५ प्रतिशत खर्च गरे पुग्थ्यो। 

अस्ट्रेलियाली उग्र-दक्षिणपन्थी अतिवादीहरूको मानिसहरू भर्ना गर्ने काम इस्लामिक स्टेट (आइएस्) कै जस्तो रहको बताउँदै उनले कोरोनाभाइरस महामारीका दौरान आतङ्कवादी घटना हुनसक्ने डर बढेको बताएकी छिन्।

"आइसिल वा आइएसले सामाजिक सञ्जालमा प्रवाहित हुने सन्देशहरूलाई हेरफेर गरे जस्तै उग्र-दक्षिणपन्थी धार बोकेका केही व्यक्तिहरूले सोही प्रकारको तरिका प्रयोग गरिरहेको हामीले देखिरहेका छौँ," उप-महानिर्देशक हिथर कुकले प्रतिआतंकवाद कानुन बारे संसदीय सुनुवाइका क्रममा भनिन्।

"कोभिडका कारण उब्जेको परिस्थितिले गर्दा मानिसहरूलाई कट्टरपन्थी बनाउन सहयोग मिलेको छ, विशेष गरी, मानिसहरू आइसोलेसनमा बस्ने, वा घरबाट काम गर्ने, वा स्कुल नजाने ... अनि उनीहरूले अनलाइनमा बिताउने समयावधिका कारण।"

Deputy Director-General of the Australian Security Intelligence Organisation (ASIO) Heather Cook.
Deputy Director-General of the Australian Security Intelligence Organisation (ASIO) Heather Cook. Source: AAP

एजियोले अस्ट्रेलियाली सङ्घीय प्रहरी, गृह, परराष्ट्र तथा व्यापार मन्त्रालयहरू र महान्यायाधिवक्तासँग संयुक्त रूपमा सो सुनवाइ समितिलाई बुझाएको एक स्पष्टीकरणमा अति उग्रवाद सञ्जालहरू नयाँ नभएता पनि पहिलेको तुलनामा उनीहरू थप व्यवस्थित तथा बढी परिष्कृत रहेको तथ्य खुलाइएको छ।

उक्त प्रस्तुतीकरणमा अस्ट्रेलियाको एक चरम दक्षिणपन्थी कार्यकर्ताको घटना पनि उल्लेख थियो।

यस वर्षको सुरु तिर लड्न भनी विदेश हिँड्ने क्रममा ती व्यक्तीलाई रोकिएको थियो।

तुलनात्मक हिसाबले करिब २३० जना अस्ट्रेलियाली वा पूर्व नागरिकहरू सन् २०१२ देखि सिरिया र इराकमा लडाई लड्न गएको रिपोर्ट छ र ती मध्ये १२० जनाको मृत्यु भएको विश्वास गरिन्छ।

Attack on pipeline blamed for Syria electricity outage
An 'attack' on a gas pipeline has been blamed for Syria electricity outage Source: SANA

अस्ट्रेलियामा सब भन्दा महत्त्वपूर्ण आतङ्कवादी खतरा सुन्नी इस्लामी कट्टरपन्थीहरूबाट रहेको र ती विदेशी समूहहरूद्वारा प्रेरित एवं निर्देशित रहेको सरकारी भनाई छ।

एजीयोका महानिर्देशक माइक बर्गेसले सन् २०२० का सुरुवारी दिनहरूमा नव-नाजीहरू अस्ट्रेलियाको सुरक्षाको लागि सबभन्दा  खतरा बनेका छन् भनेर चेतावनी दिएका थिए।

तर त्यति बेला, उनले छानबिनका लागि प्रयोग भएको स्रोतसाधनको अनुपात बारे केही पनि बताएका थिएनन्।

Australian Security Intelligence Organisation ASIO Director General Mike Burgess appears before a Senate Estimates hearing at Parliament House in Canberra, Monday, 21 October, 2019. (AAP Image/Mick Tsikas) NO ARCHIVING
ASIO director-general Mike Burgess has warned about the increasing threat of far-right extremists. Source: AAP

यद्यपि उनले १९ वर्ष भन्दा साना बच्चाहरूलाई कट्टरपन्थी भर्तीकर्ताहरूले लक्षित गरेको र गत वर्ष यता आतङ्कवादको अनुसन्धान सङ्ख्या दोब्बर भएको भने बताएका थिए।

मङ्गलवारको खुलासाले महामारीलाई चरम दक्षिणपन्थी एजेन्डाको लागि प्रयोग गर्न सकिन्छ भनेर शिक्षाविद्हरूले उठाएको चिन्तालाई पछ्याएको देखिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now