SKIP TO MAIN CONTENT

संसारकै पहिलो : अस्ट्रेलियाले हाइड्रोजन निर्यातको परीक्षण गर्ने

अस्ट्रेलियामा कोइला खानीबाट उत्पादन गरिएको हाइड्रोजन विश्वकै पहिलो परीक्षणका रूपमा जापान निर्यात गर्ने कार्य अघि बढेको छ।

TChile acuerda con Australia, Reino Unido y UE acelerar producción de hidrógeno verde como combustible del futuro
Chile acuerda con Australia, Reino Unido y UE acelerar producción de hidrógeno verde como combustible del futuro Source: AAP

2 min read

Published

Updated



Skip to article content

भविष्यमा इन्धनका रूपमा विकसित गरिने हाइड्रोजनको तरल रूप कोइलाबाट प्रशोधन गरेर जापान निर्यातको तयारी गरिन कदम चालिएको हो।

भिक्टोरियाको लाट्रोब उपत्यकामा रहेको कोइला खानिबाट जापानको कोबे सहरमा उक्त तरल हाइड्रोजन जलमार्गबाट लगिने बताइएको छ।

५० करोड लागतको हाइड्रोजन एनर्जी सप्लाई चेन नामक उक्त आयोजनाका लागि सङ्घीय तथा भिक्टोरियाली राज्य सरकार दुवैले पाँच-पाँच करोड डलर लगानी गरिसकेका छन्।

तर, केही वातावरणविद्हरुले चाहेको जस्तो यो हाइड्रोजन “हरित” भने हुनेछैन बरु यसको उत्पादनका क्रममा निस्कने कार्बन उत्सर्जनलाई वातावरणमा सिधै मिल्न नदिइने बताइएको छ।

Bass Strait
Source: The Huffingtonpost

यस आयोजनामा संलग्न कम्पनीहरूका अनुसार, हाइड्रोजन उत्पादनका क्रममा निस्कने कार्बन उत्सर्जनलाई भिक्टोरिया र तास्मानिया बिचको बास स्ट्रेट नामक समुन्द्र मुनि १.५ मिटर गहिर्‍याइमा रहेको चट्टान भन्दा तल भण्डारण गरिनेछ।

सङ्घीय ऊर्जा मन्त्री एन्गस् टेलर भन्छन् कि यस आयोजनाबाट रिजनल अस्ट्रेलियाले कसरी देशको हाइड्रोजन इन्धन भविष्यमा विश्वस्तमै एक प्रमुख भूमिका खेल्छ भनेर ठुलो उदाहरण मिलेको छ।

अस्ट्रेलियाली तथा जापानी कम्पनीहरूको एक समूहले संयुक्त रूपमा यस आयोजनाको काम अगाडी बढाउने छन्।

The Loy Yang Power Station in the Latrobe Valley
The Loy Yang Power Station in the Latrobe Valley Source: AAP

यसै सिलसिलामा, शुक्रवार अस्ट्रेलियाका लागि जापानी राजदूत शिन्गो यामागामी र मन्त्री टेलरले अन्य अधिकारीहरूसँगै पूर्वी भिक्टोरिया अवस्थित सो स्थानको भ्रमण गरेका छन्।

यदि हाइड्रोजन इन्धनको उद्योग सोचे अनुसार विस्तार भएमा, अस्ट्रेलियामा मात्र सन् २०५० सम्ममा यसले ८,००० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउनुका साथै बर्सेनि ११ अर्ब डलर कुल गृहस्थ उत्पादनमा प्रदान गर्नेछ।

कोइला खानीमा कार्यरत कामदारहरूले आफ्नो सिप तथा दक्षता हाइड्रोजन उत्पादनका लागि प्रयोग गर्ने आस लिइएको छ।

travel to a famous regional city for a Wine in the state of New South Wales : Hunter valley
Hunter Valley Source: SBS Sinhala radio

उता, न्यु साउथ वेल्स ऊर्जा मन्त्री म्याट कीनले पनि शुक्रवार नै सो राज्यको हन्टर क्षेत्रलाई त्याँहाको पहिलो हाइड्रोजन हब हुने घोषणा गरेका छन्।

कीन भन्छन् कि ऊर्जा पूर्वाधार, जलस्रोत, बन्दरगाह तथा अन्य सेवा तथा सुविधाका द्रष्टिकोणबाट हन्टर इलाका यस कार्यका लागि उचित छ।

“हाइड्रोजन हबमा लगानी गरेर हामी न्यु साउथ वेल्समा कार्बन उत्सर्जन सन् २०५० सम्ममा शून्यमा झार्ने लक्ष्यसम्म मात्र पुग्दैनौ, आवश्यक पूर्वाधारको विकास समेत गर्नेछौँ।

हन्टरको अलावा न्यु साउथ वेल्समा इलावारा पनि अर्को हाइड्रोजन हब हुने बताइएको छ जसका लागि राज्य सरकारका तर्फबाट ७ करोड डलर खर्च हुनेछ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now