विगत ३ वर्षदेखि नेपाललाई आफ्नो कर्मथलो बनाउँदै आएका ६३ वर्षीय थोमस अल्फ्रेड बेर्रीम्यान पोखरामा एक स्थानीय पाराग्लाइडिङ्ग कम्पनीमा पाइलटको रूपमा काम गर्दै गरेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका एक प्रवक्ता दीपक रेग्मीका अनुसार प्रहरीले बेर्रीम्यानले भाडामा लिएको फ्ल्याटमा मङ्गलवार बिहान छापा मार्दा दुई बालकहरू फेला पारेको थियो।
ती दुई बालकहरूको उमेर १२ र १४ रहेको पनि उनको भनाई रहेको छ।
यस अघि संयुक्त रास्ट्रसंघमा कार्यरत एक क्यानेडली नागरिकलाई पनि बाल यौन दुर्व्यवहारको आरोपमा ९ वर्ष जेल साथै १०,००० डलर जरिवानाको सजायका सुनाइएको थियो।
नेपाल सरकारको तथ्याङ्क अनुसार सन् २०१६ देखि २०१८सम्ममा १० विदेशी नागरिकलाई बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिसकिएको पनि बताइएको छ।
