Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

तपाईंको शरीर, तपाईंको चाहना: अन्तर्राष्ट्रिय विद्यार्थीलाई यौन दुर्व्यवहारको उजुरी दिन आग्रह

International students are being encouraged to study at regional universities rather than in major cities under a federal government plan to ease population growth in our capital cities.

International students are being encouraged to study at regional universities under a federal government plan to ease population growth Source: SBS News

न्यू साउथ वेल्समा अध्यनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई यौन दुर्व्यवहारबारे ऊजुरी गर्न आग्रह गरिएको छ। "तपाईंको शरीर, तपाईंको चाहना" नामक अभियानकासाथ नेपाली लगायत ११ फरक भाषाहरुमा आफु माथि भएका घटना बारे कुनै डर बिना रिपोर्ट गर्न प्रोत्साहित गरिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


न्यू साउथ वेल्समा अध्यनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई यौन दुर्व्यवहारबारे ऊजुरी गर्न आग्रह गरिएको छ। "तपाईंको शरीर, तपाईंको चाहना" नामक अभियानकासाथ नेपाली लगायत ११ फरक भाषाहरुमा आफु माथि भएका घटना बारे कुनै डर बिना रिपोर्ट गर्न प्रोत्साहित गरिएको छ।


रिपोर्ट गर्दा विद्यार्थीहरुको भिसामा असर नपर्ने र पिडितहरुलाई नि:शुल्क स्वास्थ्य उपचार र कानूनी सहयोग पनि उपलब्ध रहेको भन्ने जानकारीहरु राज्यका अन्तराष्ट्रिय विद्यार्थीहरु समक्ष पुराउने प्रयास गरिएको संयोजन समूहद्वारा बताइएको छ।

यौन सम्पर्कको लागि सहमति भनेको के हो भन्ने जस्ता विषयहरु बारे हाल "संस्कृतिक संवेदनशील" रूपमा जानकारीहरु नरहेको आफुहरुले महासूस गरेपछि, नेपाली लगायत कुल एघार भिन्न भाषाहरुमा उक्त जानकारी सार्वजनिक गरिएको बताउँछन् रेडफर्न लिगल सेन्टरका अन्तराष्ट्रिय विद्यार्थी सेवा संचालक - शन स्टेमसन्।

अन्तराष्ट्रिय विद्यार्थीहरुले अस्ट्रेलियामा उनीहरुलाई सुरक्षित् राख्न कानूनहरु रहेको बुझ्न जरूरी

उनको अनुसार गए केही वर्ष देखि आफ्नो कार्यालयमा कानूनी सहायता लिन आउने अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या र पृष्ठभूमिको आधारमा कुन भाषामा यौन दुर्व्याव्हार बारे जानकारी हुनुपर्नेबारे निर्णय गरिएको हो।

स्टेमसन्का अनुसार यौन हिँसा वा दुर्व्याव्हार जस्ता घटनाहरुबाट पिडीत भएका कहिले आफ्नो भिसा माथि असर पर्न सक्ने डरले पनि आफ्नो माथि के भएको बारे प्रहरी समक्ष् ऊजुरी नगरेको जस्ता उदाहरणहरु पनि भेटिएका छन्।

तर अन्तराष्ट्रिय विद्यार्थीहरुले अस्ट्रेलियामा उनीहरुलाई सुरक्षित् राख्न कानूनहरु रहेको बुझ्न जरूरी रहेको उनी जोड दिंदछन्।

 Depression remains a taboo for most Filipinos and is a widely stigmatised illness.
Depression remains a taboo for most Filipinos and is a widely stigmatised illness. Source: Blend Images

नि:शुल्क उपचार

साथै यौन हमला बाट पिडीत भएकाहरुका लागि न्यू साउथ वेल्सका अस्पतालहरुमा पनि नि:शुल्क उपचार प्रदान गरिन्छ।

उपचारको लागि मेडिकेयर कार्ड वा अन्य बीमा नचाहिने उनी जोड दिंदछन्। साथै आफ्नो लगायत विभिन्न अन्य संस्थाहरुले पनि पिडीतहरुलाई नि:शुल्क सहायता प्रदान गर्न सक्द छन्।

यौन हिँसा वा दुर्व्याव्हार जस्ता घटनाहरुबाट पिडीत भएका कहिले आफ्नो भिसा माथि असर पर्न सक्ने डरले पनि आफ्नो माथि के भएको बारे प्रहरी समक्ष् ऊजुरी नगरेको जस्ता उदाहरणहरु पनि भेटिएका छन्।

स्टेमसन भन्छन, उनी कार्यरत रेडफर्न लिगल सेन्टरले चाहिं अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि यौन जन्य अपराधहरु बारे मात्र नभई, शिक्षण संस्थासंगको समयस, रोजगारदातासंगको समस्या, आवास समस्या जस्ता मामिलाहरुमा पनि सहयोग प्रदान गर्नसक्छ।

न्यू साउथ वेल्स राज्यमा कहीं पनि अध्यनरत रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुले रेडफर्न लिगल सेन्टर बाट सहयोग लिन सक्नेछन्।

विशेष गरि यदि विद्यार्थीहरुले आफु माथि भएका घटना बारे प्रहरी समक्ष् ऊजुरी गर्न हिच्किचाउछन् भने उनिहरुले आफु समक्ष् वा आफु जस्ता अन्य कानूनी सहायता केन्द्रहरुलाई पनि सम्पर्क गर्न सक्ने स्टेमसन् बताउन्छन्।

नेपाली भाषामा उपलब्ध रहेको फ्याक्टशिट यहाँबाट डाउनलोड गर्नुहोस्: https://rlc.org.au/publication/your-body-your-choice-sexual-assault-factsheet


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now