SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको पार्टनर र पारिवारिक भिसा पाउन आवेदकहरु देश बाहिर जान नपर्ने अस्थायी नियमको घोषणा

कोरोनाभाइरस अन्तर्गत देशको सीमा बन्द रहेको अवस्थामा भिसाका लागि मानिसहरुलाई अस्ट्रेलिया बाहिर जानुपर्ने बाध्यतालाई केहि समयको लागि रोकिने सरकारको भनाइ छ।

Melbourne woman Amelia Elliott and her husband Bowie Domingo.
Amelia Elliott e o marido Bowie Domingo, que teve que voar para a Cingapura para obter o visto partner Source: Supplied

2 min read

Published

Updated

By SBS Nepali, Jarni Blakkarly

Source: SBS



Skip to article content

हाल अस्ट्रेलियामै रहेका पार्टनर र पारिवारिक भिसाका आवेदकहरुले उक्त भिसा पाउन विदेशमा रहनुपर्ने नियमलाई केहि सिमित समयका लागि रोकिने मोरिसन सरकार द्वारा घोषणा गरिएको छ

कोभिड-१९ को महामारी पछि देशको सीमा बन्द रहेका कारण समस्यामा परेका भिसा आवेदकहरुको सहायताका लागि उक्त अस्थायी नियम लागु गरिएको सरकारको भनाइ छ।

कार्यबाहक अध्यागमन मन्त्री एलन टजका अनुसार "सन् २०२१ को सुरु देखि" लागु हुने उक्त नियम अस्ट्रेलियाको अन्तर्राष्ट्रिय यात्रा अन्तर्गतका प्रतिबन्धहरु माथि निर्भर रहने छ।

"भिसा सम्बन्धि यस निर्णयले अस्ट्रेलियाली नागरिकका पार्टनर रहेका विदेशी नागरिकहरुले आफ्नो भिसा पाउन अस्ट्रेलिया बाहिर जानुपर्ने छैन," एक विज्ञप्ति मार्फत टजले भने।

"यात्रा प्रतिबन्धहरुका कारण हाम्रो अध्यागमन कार्यक्रममा परेका असरलाई कम गर्न यी परिवर्तन गर्न लागिएको हो।"

Acting Immigration Minister Alan Tudge
Alan Tudge at Parliament House in Canberra Source: AAP

सरकारको उक्त घोषणाका साथ् पार्टनर (सब क्लास ३०९) भिसा देखि सम्भावित विवाह (सबक्लास ३००) भिसा र हेरचाह गर्नुपर्ने बालबालिका सम्बन्धि भिसा (सब क्लास ४४५) पनि रहेका छन्।

साथै बालबालिका (सब क्लास १०१) र गोद लिने सम्बन्धि (सब क्लास १०२) भिसा पनि उक्त अस्थायी परिवर्तनमा पर्ने सरकारको भनाइ छ।

उक्त घोषणाका साथ् हाल अस्ट्रेलियामै रहेका करिब ४ हजार भिसा आवेदकहरुलाई फाइदा हुने अनुमान सरकारको रहेको छ। ती आवेदक मध्ये प्रायः पार्टनर भिसा आवेदकहरु रहेको पनि बताइएको छ।

यो पछिल्लो कदम, सन् २०२१ मा पार्टनर भिसाका लागि तोकिएका स्थानको संख्या झन्डै दोब्बर गर्ने सरकारी निर्णयमा थप गरिएको हो।

भिसा आवेदकहरुको प्रतिक्रिया

केहि समय देखि पार्टनर भिसा आवेदक र अभियन्ताहरुले भिसा सम्बन्धी नियमका कारण कतिपय जोडीहरू महामारीको समयमा पनि अस्ट्रेलियाबाट आफ्नो मुलुक फर्कन बाध्य भएको भन्दै यसमा पुनरावलोकन गर्नका लागि अनुरोध गरिरहेका थिए

पार्टनर भिसा आवेदकहरु जी सीमा बन्द भएका कारण विदेशमै फसेका छन्, उनीहरुको एक फेसबुक समूह संचालन गर्दै आएकी अमिलिया एलियटले सरकारको पछिल्लो घोषणाको स्वागत गरेकी छन्।

तर उक्त नियम जतिसक्दो छिटो लागु हुन जरुरी रहेको पनि उनले बताइन।

"प्रभावित रहेका धेरै दम्पतीहरुको भिसा आगमी डिसेम्बर, ज्यानुवरी, फेब्रुवरीमा सकिदै छ, त्यसैले सरकारको पछिल्लो निर्णयले धेरैलाई खुशी बनाएता पनि, यो निर्णय आगामी वर्ष हैन हिजै आइसक्नुपर्ने थियो," एलियटले एसबीएस समाचारलाई बताइन।

लेबर कि छायाँ गृह मामिला मन्त्री क्रिस्टिना कनेली ले चाहिं पार्टनर भिसा सम्बन्धि नियमलाई तुरुन्तै लागु गराउन संघीय संसदमा प्रस्ताव पेश गर्ने बताएकी छन्।

"हामीले विदेशमा अलपत्र परेका अस्ट्रेलियालीहरुका लागि क्वारेन्टिन स्थान खोल्न चाहेको बेला पार्टनर भिसा आवेदकहरुलाई देश छोड्न बाध्य बनाउनु हास्यास्पद रहेको छ, " उनले सामाजिक संजाल मार्फत प्रतिक्रिया दिईन।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now