अस्ट्रेलियाको अफसोर भिसा सम्बन्धी नियमका कारण कतिपय जोडीहरू महामारीको समयमा पनि अस्ट्रेलियाबाट आफ्नो मुलुक फर्कन बाध्य भएको भन्दै यसमा पुनरावलोकन गर्नका लागि अनुरोध गरिरहेका छन् ।
उनीहरूको यो मागलाई लेबरका संसद् जुलीयन हिलको समेत समर्थन मिलेको छ ।
एमेलीया इलियोट र बायु डुमीन्गोको पार्टनर भिसा निकै ठुलो प्रयास पछि सफल भएको छ ।
भिसाका लागि आवेदन दिएको करिब २५ महिना लामो समय पछि उनीहरूको भिसा लागेको हो र यो २५ महिनाको समयमा उनीहरू अधिकास समय अलगै बस्न बाध्य भएका छन् ।
महामारीको समयमा केवल भिसा प्राप्त गर्नका लागि कसैलाई मुलुक बाहिर पठाउनु निकै हास्यास्पद छ, यो इमानदार रहनुको परिणाम जस्तै लाग्छ ।
फिलिपीनी नागरिक डुमीन्गोलाई भिसाका लागि योग्य हुन मेलबर्नबाट सिंगापुर पुग्नु पर्यो र हाल उनी पुन अस्ट्रेलिया फर्केर पर्थमा १४ दिने आइसोलेसन सक्काएर घर फर्कँदै छन् ।
उनी भन्छन् “महामारीको समयमा केवल भिसा प्राप्त गर्नका लागि कसैलाई मुलुक बाहिर पठाउनु निकै हास्यास्पद छ, यो इमानदार रहनुको परिणाम जस्तै लाग्छ ।”

मेलबर्नमा रहेकी डुमीन्गोकी पार्टनर एमेलिया एलियोटे सिगांपुरबाट जाने र आउने क्रममै करिब ६ हजार डलर भन्दा बढी खर्च भएको बताउँछिन् ।
आप्रवासन सम्बन्धी नयाँ कानुन अनुसार पार्टनर भिसाका लागि “अफसोर” अर्थात् अस्ट्रेलिया बाहिर रहेका पार्टनरका लागि गरिने अबेदनमा भिसा प्राप्त गर्ने समयमा आवेदनकर्ता अस्ट्रेलिया बाहिर रहेको हुनु पर्ने नियम छ ।
तर महामारीको समयमा स्वास्थ्य सुरक्षा र जान आउनको विमान भाडा र क्वारीनटीनका लागि हुने खर्च लगायतका कारण यो झन्झटिलो र महँगो हुन पुगेको छ ।
लेबरका संसद् जुलीयन हिल अध्यागमन सम्बन्धी यो कानुनमा परिवर्तन हुनु पर्ने माग राख्छन् ।
उनी भन्छन् “महामारीको यो समयमा अस्ट्रेलियामा रहेका जोडी मध्ये एकलाई तपाई बाहिर जान भन्नु हुन्छ अनि अन्य मुलुकमा कोरोनाको जोखिम उठाउन र त्यसमाथि त्यत्रो खर्च गर्न लगाउनुहुन्छ, जुन हास्यास्पद छ ।”

उनी अर्को हप्ता संसद् बैठक सुरु भए पछि यसको विरोधमा विधेयक दर्ता गर्ने तैयारीमा छन् जसले हालका लागि अस्थायी रूपमा अस्ट्रेलियामै भएको बखत भिसा दिनका लागि माग गर्नेछ ।
र यसमा अध्यागमन सम्बन्धी काम गरिरहेका वकिलहरूको पनि साथ रहेको छ ।
जर्ज लाम्बार्ड यो कानुन पुरातन सोचको रहेको बताउँछन् ।
उनी भन्छन् “ सरकार बषौ देखि अस्तित्वमा रहेका र सामाजिक न्यायमा कुनै पनि अर्थ नभएका नियमहरूमा बाँधिइरहनु आवश्यक छैन ।”

गृह विभागले एक वक्तव्य मार्फत यस विषयमा जानकार रहेको र महामारीका कारण असरमा परेका प्रस्पेटीक म्यारिज भिसा अर्थात् सम्भावित विवाह भिसा र पार्टनर भिसाका केही विकल्पहरूका बारेमा सोचिरहेको बताएको छ ।
हाल करिब एक लाख पार्टनर भिसाका लागि विभागमा आवेदन परेका तथ्याङले देखाउँछ ।
