SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको पासपोर्ट नम्बर ६, नेपालको ९९ औँ

विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको सूचीमा अस्ट्रेलिया दुई खुड्किला माथि उक्लिएको छ। नम्बर एकमा कुन देश छ, र नेपालीहरूले चाहिँ कति वटा देशमा बिना भिसा गई 'भिसा अन अराइभल', 'भिजिटर्स पर्मिट' या 'एलेक्ट्रोनिक ट्राभल अथोरिटी (इटीए)' पाउन सक्छन्?

A person holding an Australian passport.
Australian passport holders can travel to 186 countries without a visa. Source: Getty, AFP / Patrick T Fallon

2 min read

Published

By Jessica Bahr

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सबैभन्दा शक्तिशाली पासपोर्टहरूको सूचीमा सिंगापुर नम्बर एकमा पुगेको छ।

सिंगापुरका नागरिकहरूलाई विश्वका २२७ ठाउँहरू मध्य १९२ वटामा जान भिसा नचाहिने पछिल्लो हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको हो।

भिसा नचाहिने भन्नाले, यात्रुले ती देशहरूमा पुगे पछि 'भिसा अन अराइभल', 'भिजिटर्स पर्मिट' या 'एलेक्ट्रोनिक ट्राभल अथोरिटी (इटीए)' पाउँछन्।

जर्मनी, इटली र स्पेन दोस्रो स्थानमा उक्लिएका छन् र ती देशका नागरिकलाई १९० वटा देशमा जानु अघि भिसा चाहिँदैन।

most powerful passport (1).png
विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल नम्बर ९९ मा परेको छ। Credit: SBS Nepali

गत पाँच वर्ष देखि सूचीको नम्बर एकमा रहेको जापान यसपालि तेस्रो स्थानमा झरेको छ।

जापानसँगै अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, लक्जमबर्ग, साउथ कोरिया र स्विडेन पनि तेस्रो स्थानमा छन्।

अस्ट्रेलिया भने आठौँ स्थानबाट छैटौँ स्थानमा उक्लिएको छ र तपाईँसँग अस्ट्रेलियाको पासपोर्ट छ भने १८६ वटा देशमा जान तपाईँलाई पहिले नै भिसा चाहिँदैन।

नेपाल भने ९९ औँ स्थानमा छ र नेपालका नागरिकहरूले ३८ वटा देशमा पुगे पछि भिसा अन अराइभल, भिजिटर्स पर्मिट या इटीए पाउँछन्।

एक दशकदेखि सूचीमा ओरालो लागिरहेको अमेरिका यसपालि आठौँ स्थानमा पुगे सँगै अमेरिकनहरू १८४ वटा देशमा पहिले नै भिसा नलिइकन जान पाउँछन्।

सन् २०१४ मा अमेरिकासँगै नम्बर एकमा रहेको युके यसपालि चौथो स्थानमा छ।

सूचीको तलबाट हेर्दा भने सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तान, इराक र सिरियाका छन्।

लन्डनमा रहेको माइग्रेसन कन्सल्टेन्सी फर्म हेन्ली एन्ड पार्टनर्सले इन्टरनेसनल एयर ट्रान्सपोर्ट अथोरिटी (आइएटीए)को तथ्याङ्कमा आधारित रही गत १८ वर्षदेखि यो रिपोर्ट प्रकाशित गर्दै आएको छ।

Nepali_Passport
Passport of Nepal Credit: The Rising Nepal

हेन्ली ओपननेस इन्डेक्सले भने कुन-कुन देशहरूले यात्रुलाई पहिले नै भिसा नलिइकन प्रवेश गर्न दिन्छन् भन्ने जानकारी दिन्छ।

सबैभन्दा धेरै देशका मानिसहरूलाई भिसा बिना प्रवेश गर्न दिने ठाउँहरूमा क्याम्बोडिया बाहेक सबै साना टापु राष्ट्र र अफ्रिकी देशहरू पर्छन्।

बाह्र वटा यस्ता देशहरू पनि छन् जहाँ जान १९८ वटा देशकै मानिसहरूलाई भिसा चाहिँदैन।

ती देशहरू बुरुन्डी, कोमोरो आइल्यान्ड, जिबुती, गिनी-बिसाउ, मालदिभ्स, माइक्रोनेसिया, मोजाम्बिक, रुवान्डा, सामोवा, सेशेल, टिमोर-लेस्टे र टुभालु हुन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now