SKIP TO MAIN CONTENT
pexels-bhavitya-indora-3126593.jpg

This article is more than 3 years old

सन् २०२३ मा बिना भिसा अस्ट्रेलियनहरूले कुन-कुन देश भ्रमण गर्न सक्छन्?

हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार अस्ट्रेलियन पासपोर्ट हुने मानिसहरूले १८५ वटा देशमा यात्रा गर्दा भिसाका लागि पहिल्यै आवेदन दिनु पर्ने छैन।

मुख्य बुँदा

  • हेन्ली पार्सर्पोस इन्डेक्सका अनुसार सबैभन्दा बलियो पासपोर्ट हुने मुलुकहरूमा जापानले सबैलाई उछिनेको, जापानी पासपोर्ट वाहकले बिना भिसा १९३ देशको भ्रमण गर्न सक्छन्।
  • अस्ट्रेलिया आठौँ शक्तिशाली पासपोर्ट भएको मुलुकमा परेको छ, यहाँका नागरिकले बिना भिसा १८५ देशको भ्रमण गर्न सक्छन्।
  • संसारका ४२ देशमा जाँदा भने अस्ट्रेलियनहरूले भ्रमण अघि नै भिसा आवेदन दिनु पर्ने हुन्छ।

विश्वका देशहरू मध्ये सबैभन्दा शक्तिशाली पासपोर्ट कसको होला भनेर सबैलाई उत्सुकता हुन सक्छ।

हेन्ली एन्ड पार्टनर भन्ने लन्डनमा रहेको संस्थाले अन्तर्राष्ट्रिय वायु सेवा सङ्घ (आइएटिए) सँगको सहकार्यमा बर्सेनि जारी गर्ने विश्वका शक्तिशाली पासर्पोटहरुको सुचीको पहिलो नम्बरमा लगातार छैठौ पटक जापानले बाजी मारेको छ।

जारी सूचीका अनुसार जापानका नागरिकले विश्वका १९३ देशमा भ्रमणका लागि निस्कँदा पहिल्यै भिसाका लागि आवेदन दिनु पर्दैन।

यता यो सुचीमा आठौँ नम्बरमा रहेको अस्ट्रेलियाका पासपोर्ट वाहकहरूले भने १८५ देशमा भिसा बिनै भ्रमण गर्न सक्छन्।

A list of countries with the most powerful passports
Japan topped the latest Henley Passport Index. Source: SBS

यता, नेपाल चाहिँ कम शक्तिशाली पासपोर्ट सूचीमा १०३ नम्बरमा परेको छ।

हेन्ली एन्ड पाटर्नसले १९९ देशको पासपोर्टको अध्ययन गरी २२७ देशमा यसको आधिकारिकता र प्रवेश नियम के छ भनेर रिपोर्ट सार्वजनिक गर्ने गर्दछ।

सन् २०२३ का लागि सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट पनि शक्तिशाली सूचीको दोस्रो नम्बरमा परेको छ।

जर्मनी र स्पेन भने तेस्रो शक्तिशाली पासपोर्ट भएका मुलुकमा परेका छन्।

यो सूचीको पुछारमा भने अफगानिस्तान, इराक र सिरिया जस्ता मुलुक परेका छन्।

A list of the least powerful passports
The Henley Passport Index ranks the Afghan passport as the least powerful. Source: SBS

अस्ट्रेलियनहरूले बिना भिसा यात्रा गर्न सक्ने मुलुकहरू

हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार अस्ट्रेलियनहरूले संसारका १८५ देशमा भिसा नै नभइसकन वा त्यहाँ पुगे पश्चात् आवश्यकता अनुसारको पर्मिट, भिसा वा विद्युतीय यात्रा अनुमति प्राप्त गर्न सक्छन्।

यसको मतलब उनीहरू भिसाको झन्झट बिनै सिधै टिकट काटेर १८५ मुलुकमा पुग्न सक्छन्।

पोर्चुगल देखि पोल्यान्डसम्म, बेलायत देखि युक्रेनसम्म युरोपका ४९ देश बिना भिसा अस्ट्रेलियनहरूले भ्रमण गर्न सक्छन्।

यस बाहेक ओसेनियाका १० भन्दा बढी मुलुक जस्तै न्युजील्यान्ड, फिजी, फ्रेन्च पोलिनेसिया र क्यारेबियन मुलुकका बार्बाडोस, द केम्यान आइल्यान्ड र जमाइका जस्ता मुलुकमा पनि भिसाको झन्झट लिइराख्नु पर्दैन।

यता अमेरिकाका १९ स्थानमा पनि अस्ट्रेलियनहरूले भिसा आवेदन दिनु पर्दैन, जस्तै कि अर्जेन्टिना, ब्राजिल, मेक्सिको।

यता अफ्रिकाका बोट्वाना,मोरोक्को, ट्युनिसिया जस्ता देशमा पनि भिसाको आवश्यकता पर्दैन।

यता एसियाका हंङ्गकङ्ग, मलेसिया, द फिलिपिन्स जस्ता १० मुलुक र मध्यपूर्वका इजरायल, कतार जस्ता ६ वटा मुलुकमा पनि सजिलै भ्रमण गर्न सक्छन्।

यस बाहेक, कम्बोडिया, इजिप्ट, लेबनन्, पाराग्वे, सामोआ, जस्ता ४० देशमा भने उनीहरू त्यहाँ पुगेर भिसाका लागि आवेदन दिन सक्दछन्।

अमेरिका, क्यानडा, पाकिस्तान र श्रींलका जस्ता देशमा भने त्यहाँ पुगे पछि विद्युतीय अनुमति लिन सकिन्छ।

अस्ट्रेलियनहरूका लागि भिसा चाहिने मुलुक

संसारका ४२ देशमा भने अस्ट्रेलियनहरूले त्यहाँ पुग्नु अघि नै भिसा लिएको हुनु पर्छ, या त त्यहाँको सरकारसँग पुगेपछि भिसा लिने बारेमा पूर्व स्वीकृति लिएको हुनु पर्छ।

र भिसा लिनु पर्ने मुलुकमा आधा जति चाहिँ अफ्रिकी देशहरू छन्, जसमा घाना, केन्या र दक्षिणी सुडान जस्ता मुलुकहरू छन्।

यता क्यारेबियन मुलुकहरूमा क्युबा र ओसेनियामा नअरु प्नि-भिसा आवेदन दिनु पर्ने मुलुकमा पर्दछन्।

एसियामा भने अफगानिस्तान, चीन र उत्तर कोरिया जस्ता १० मुलुकमा भ्रमण गर्नु अघि भिसा आवेदन दिनु पर्छ।

यस बाहेक, अजरवैजान, रसिया, टर्की, सिरिया, यमन, चिले र अमेरिकाको सुरीनेमको भ्रमण गर्दा पनि भिसा आवेदन दिनु पर्छ।

अस्ट्रेलियनहरू जाने प्रमुख गतव्य

अस्ट्रेलियन तथ्याङ्क विभागका अनुसार इन्डोनेसिया अस्ट्रेलियनहरूको सबैभन्दा आकर्षक गतव्य हो।

यस बाहेक न्युजील्यान्ड र अमेरिका दोस्रो आकर्षक गतव्यका रूपमा लिइन्छ।

बेलायत, सिंगापुर, भारत, फिजी, थाइल्यान्ड, इटली, भियतनाम जस्ता मुलुकहरू अस्ट्रेलियनहरूका लागि प्रमुख गतव्यका रूपमा पर्दछन् र जस मध्ये भारत वा भियतनाम जाँदा भने अस्ट्रेलियनहरूले भिसा लिनु पर्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now