Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियाली राहदानी: शक्तिशालीहरु मध्यको एक

Australian Passport

अस्ट्रेलियाको राहदानी संसारकै सातौं बलियो राहदानीको रुपमा रहेको एक रिपोर्टले उल्लेख गरेको छ।


Published

Updated

By SBS Nepali, Evan Young

Presented by SBS Nepali

Source: SBS, SBS




Share this with family and friends


अस्ट्रेलियाको राहदानी संसारकै सातौं बलियो राहदानीको रुपमा रहेको एक रिपोर्टले उल्लेख गरेको छ।


हेन्ली पासपोर्ट ईन्डेक्सले जनाए अनुसार अस्ट्रेलियाको पासपोर्ट संसारमै सबैभन्दा उपयोगीमध्ये एक रहेको छ।

शक्तिशाली राहदानीको आंकलन, कुनै देशको राहदानीकै भरमा कति मुलुकहरुले प्रवेश दिन सक्छन् भन्ने कुराको यकीन गरेपछि- त्यसपछि गरिने तुलनाको आधारमा गरिएको बुझिएको छ।

यो पछिल्लो आङ्कलन, अस्ट्रेलियाको राहदानीको बढ्दो मागका बीचमा आएको छ। सरकारले जनाए अनुसार, अगस्त महिनासम्ममा करिब दुई लाख मानिसहरु अस्ट्रेलियाको नागरिताको आवेदन दिई, त्यसको निर्णय कुरेर बसिरहेका छन्।

Flags fly above diplomatic vehicles on the first day of high-level meeting at United Nations headquarters in New York on 24 September 2018.
Flags fly above diplomatic vehicles on the first day of high-level meeting at United Nations headquarters in New York on 24 September 2018. Source: EPA

सहकर्मी एभन योङ्गले तयार पारेको यस रिपोर्ट अनुसार, अस्ट्रेलियाको राहदानीले १८३ देशहरुमा सहज रुपमा प्रवेश दिन्छ। यी देशहरुमा भिषा शुल्क लाग्दैन वा त्यहीँ देशमा गएर प्रवेशाज्ञा लिन मिल्छ।

अस्ट्रेलियाले आफ्नो देशको राहदानी नक्कली रुपमा प्रयोग नहोस् भन्ने हेतूले विभिन्न सुरक्षाका प्रविधिहरुको प्रयोग गरेको बताईन्छ। यसले गर्दा यो राहदानीप्रति विश्वास झनै बढेर गएको छ।

सिड्नीमा रहेको टेक्नोलोजी विश्वविधालयमा पर्यटन बिषयको प्राध्यापन गर्ने डेभिड बियरम्यानले अस्ट्रेलियन राहदानीको विश्वसनियताले गर्दानै संसारका धेरै मुलुकहरु यो सजिलै स्विकृत गर्न सकेको बताउँछन्।

The most powerful passports based on visa-free access or visa-on-arrival access.
Source: SBS

हेन्ली पासपोर्ट ईन्डेक्सले जापानी पासपोर्टलाई संसारकै सबैभन्दा शक्तिशाली राहदानी रहेको उल्लेख गरेको छ। कुनै भिषा बिनानै जापानी राहदानीको आधारमा १८९ देशमा यात्रा गर्न सकिने उक्त संस्थाले बताएको छ। यसअघि सिंगापुरको राहदानीले एक नम्बरको स्थान ओगटेको थियो।

“पछिल्ला बर्षहरुमा चिनियाँ पासपोर्ट पनि निकै बलियो हुँदै गएको छ र अहिले ७१औं स्थानमा रहेको छ। चीन र मध्यपुर्वी देशहरु बीच बढ्दो व्यापार सम्झौताका कारण अहिले चिनियाँ नागरिकहरुलाई त्यहाँ भ्रमण गर्न भिषाको आवश्यक्ता रहेको छैन, र यस कारणले पनि त्यहाँको राहदानी सशक्त हुँदै गएको छ”, हेन्लि पार्टनर्सका टोनी नेभेज बताउँछन्।

अफगानिस्तान, ईराक, रसिया, भारत, पाकिस्तान, सुडान र साउदी अरेबियाका नागरिकहरुलाई अस्ट्रेलिया प्रवेशको अनुमति सहजै नमिल्ने हेन्ली पासपोर्ट ईन्डक्सले जनाएको छ।

उक्त संस्थाका अनुसार अफगानिस्तान र ईराकका राहदानीहरुको विश्वसनियतामा निकै कमी रहेको छ र यी देशका नागरिकहरुले मात्र ३० देशहरुमा भिषा-रहित वा सहजै भ्रमण गर्न सक्छन्।

नेपाली राहदानी यसपल्टको क्रमांकमा झरेको छ र अहिले १०१ औं स्थानमा रहेको छ। अघिल्लो बर्ष, हेन्ली पासपोर्ट ईन्डेक्समा नेपाली राहदानी ९७औं स्थानमा रहेको थियो। 

अनि नेपाली राहदानी छ भने नि?

यदि तपाईंसङ्ग नेपाली राहदानी छ भने चाहीं निम्न देशहरु भ्रमण गर्न प्रवेसाज्ञा लिनुपर्दैन:

  • भारत 
  • इन्डोनेसिया
  • पाकिस्तान 
  • फिलिपिन्स 
  • सिंगापुर 
  • गाम्बिया 
  • सेनेगल 
  • कुक आइल्यान्ड्स 
  • माईक्रोनेसिया
  • नियू 
  • डोमिनिका 
  • हैटी 
  • सेन्ट भिन्सेन्ट तथा ग्रेनाडिन्स

त्यसैगरी, नेपाली राहदानीवाहकहरुले निम्न राष्ट्रहरु भ्रमण गर्दा आगमनमा भिसा प्राप्त गर्न सक्नेछन्:

  • बांग्लादेश 
  • क्याम्बोडिया 
  • लाओ 
  • माल्दिभ्स
  • श्रीलंका 
  • टिमोर-लेस्टे 
  • बेनिन 
  • केप भर्दे आइल्यान्ड्स 
  • कोमोरेस आइल्यान्ड्स 
  • जिबूती 
  • इजिप्ट 
  • गिनिया-बिसाउ 
  • केन्या 
  • माडागास्कर 
  • मौरिसियाना 
  • मरिसस् 
  • मोजाम्बिक 
  • रुवाण्डा 
  • सेचल्स 
  • सोमालिया 
  • तान्जानिया 
  • टोगो 
  • युगाण्डा 
  • पलाउ आइल्यान्ड्स 
  • सामोआ 
  • तुभालु 
  • बोलिभिया
40 destinations visa-free access for Nepali passport holders
Source: henleypassportindex.com

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now