SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा १७ जुन सम्म बन्द रहने

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्दको अवधिलाई थप तिन महिना लम्ब्याउने घोषणा गरेको छ । गत वर्षको मार्च देखि जारी अन्तर्राष्ट्रिय सीमा बन्दको अवस्था कम्तीमा पनि जुन महिनाको १७ तारिख सम्म कायम रहने छ ।

SYDNEY, AUSTRALIA - MARCH 19: A Qantas emplyoee walks past a departures sign at Sydney International Airport on March 19, 2020 in Sydney, Australia. Qantas has announced it will ground its entire international fleet, including overseas Jetstar flights, fr
SYDNEY, AUSTRALIA - MARCH 19: A Qantas emplyoee walks past a departures sign at Sydney International Airport on March 19, 2020 in Sydney, Australia. Source: Mark Metcalfe/Getty Images

2 min read

Published

Updated

By Maani Truu

Presented by SBS Nepali

Source: SBS



Skip to article content

कोरोना भाइरस महामारीको प्रतिक्रिया स्वरूप सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको एक वर्ष बितिसकेको छ ।

मङलबार बेलुकी स्वास्थ्य मन्त्री ग्रेग हन्टले “मानव जैविक सुरक्षा आपतकालिन अवस्था” लाई लम्ब्याउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन र यहाँका बासिन्दा विशेष कारण र सरकारको अनुमति बिना विदेश भ्रमणमा जान कम्तीमा पनि आउँदो जुन १७ सम्मका लागि रोकिने भएका हुन् ।

यस अघि मार्च १७ तारिखमा आपतकालिन अवस्थाका अन्त्य हुने भनिएता पनि यसलाई १७ जुन सम्मका लागि लम्ब्याएको हो।

विगत एक वर्ष देखि बन्द रहेको अन्तर्राष्ट्रिय सिमाका कारण हजारौँ अस्ट्रेलियन बासिन्दा एवम् नागरिकहरू विभिन्न मुलुकमा फसिरहेका छन् ।

सरकारको यो निर्णय पछि विदेशमा फसेका करिब चालिस हजार अस्ट्रेलियालीहरू मर्कामा परेको बताइएको छ।

राज्यहरूमा अन्तर्राष्ट्रिय आगमनको निश्चित सिमा र अन्तरास्ट्रिय उडान नहुदा हजारौँ अस्ट्रेलियालीहरू आफ्नो मुलुक फर्कन पाएका छैनन् ।

“अस्ट्रेलियाको स्वास्थ्य संरक्षणको समिति (एएचपिपिसी)ले सरकारलाई विदेशमा रहेको कोभिड–१९ को परिस्थितिले अस्ट्रेलियामा सार्वजनिक स्वास्थ्य जोखिम पैदा गर्ने र अत्यधिक सङ्क्रमण रहेको भाइरसको जोखिम रहेको भन्दै सिमा बन्द गर्न सुझाव पेस गरेको छ ।” एक विज्ञप्ति मार्फत ग्रेग हन्टले भने ।

आपतकालिन अवस्था लम्बाउने निर्णय “सबैको स्वास्थ्य र सुरक्षाका लागि जोखिम कम गर्ने उपाय” भएको स्वास्थ्य मन्त्री हन्टले बताए ।

हालको नियम अनुसार अस्ट्रेलियन नागरिकताधारी, स्थायी बासिन्दा र तिनका अति नजिकका आफन्त मात्र आवश्यक सरकारी क्वारेनटिन पुरा गरी अस्ट्रेलिया भित्रन पाउँदछन् ।

आपतकालिन अवस्थाको नियम अस्ट्रेलिया भित्रने पानी जहाजमा पनि लागु हुनेछ ।

“अस्ट्रेलियाली सरकारले सार्वजनिक स्वास्थ्य जोखिममा समानुपातिक रूपमा क्रुज जहाजहरूको पुन आरम्भका लागि रूपरेखा विकास गर्न,राज्य एवम् टेरीटरीका एजेन्सीहरू,स्वास्थ्य समितिहरू र क्रुज उद्योग सँग मिलेर काम गरिरहेको छ । ” स्वास्थ्य मन्त्री हन्टले भने ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now