SKIP TO MAIN CONTENT

अप्रिल महिनामा अस्ट्रेलियाको बेरोजगारी दर ३.९ प्रतिशत कायम

गत मार्च महिनामा ४ प्रतिशत रहेको बेरोजगारी दर थोरै अर्थात् ०.१ प्रतिशतले कम भई ३.९ प्रतिशतमा पुगेको हो।

Unemployment
Australia's unemployment rate is 3.5 per cent, according to data released by the Australian Bureau of Statistics (ABS). Source: SBS

2 min read

Published

Presented by SBS Nepali

Source: SBS



Skip to article content

५० वर्ष यताको न्यून अवस्थामा रहेको अस्ट्रेलियाको बेरोजगारी दर अप्रिल महिनामा ३.१ प्रतिशत कायम भएको छ।

अस्ट्रेलियाको बेरोजगारी दर सन् १९७४ पछाडि कै सबैभन्दा कम हो।

“अप्रिल महिनामा रोजगारी पाउनेको सङ्ख्या ४,००० ले बढेको छ भने बेरोजगार रहेका मानिसहरूको सङ्ख्या ११,००० हजारले घटेको छ,” तथ्याङ्क विभागमा कामदारहरूको तथ्याङ्क हेर्ने विभागका प्रमुख जोर्न जार्भिसले भने।

“परिणाम स्वरूप बेरोजगारी दर अप्रिलमा भन्दा थोरै घट्यो र समग्रमा ३.९ प्रतिशत रह्यो।” उनले भने।

सन् १९७४ मा यो दर आजको भन्दा कम रहेको थियो।

अप्रिल महिनामा ४,००० जनाले रोजगारी पाएका छन्। रोजगारीमा वृद्धि भएको यो छैटौँ महिना हो।

केपिएमजिकी वरिष्ठ अर्थशास्त्री सेरा हन्टरले अर्थव्यवस्था अब कुनै 'अतिरिक्त क्षमता बिना प्रभावकारी' रूपमा चलिरहेको बताइन्।

“रोजगारीका लागि विज्ञापनहरू उच्च रहँदा रोजगारी दर भने केवल ४,००० मात्र बढेको छ,” डाक्टर हन्टरले भनिन्।

अन्तर्राष्ट्रिय सीमा बन्द रहँदा अस्ट्रेलियाको बेरोजगारी दर ७.४ प्रतिशतसम्म पुगेको थियो।

कोभिड–१९ का कारण सीमा बन्द हुँदा दक्ष कामदारको अभावमा बेरोजगारी दर बढेको थियो।

अस्ट्रेलियाको खुद्रा व्यापार सङ्घ प्रमुख कार्यकारी पल जाराले खुद्रा व्यापारको क्षेत्रमा २९,००० जागिरहरू रहेको बताए।

“विदेशी कामदार र बिद्यार्थीहरुको सामान्य आगमन बिना परम्परागत रूपमा यी रिक्तताहरू भर्न सकिदैन्,” उनले भने।

कर्मचारीको अभावसँगै खुद्रा व्यवसायहरू बढ्दो महँगाइका कारण पनि मर्कामा परेका।

“ब्याजदर बढ्दै जाँदा धेरै परिवारहरूले आफ्नो बजेटमा कटौती गरेको हामीले पाइरहेका छौ,” उनले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now