Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

न्यापल्यान परीक्षा बारे असन्तुष्टि किन?

Students sat for Naplan examinations online

Students sat for Naplan examinations online Source: SBS

प्रणालीलाई सुधार गर्नुपर्ने आवाजका साथ यस वर्षको न्याप्लान परीक्षा सुरू भएको छ।


Published

By Brooke Young

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


प्रणालीलाई सुधार गर्नुपर्ने आवाजका साथ यस वर्षको न्याप्लान परीक्षा सुरू भएको छ।


अस्ट्रेलियाको नेशनल असेस्मेन्ट प्रोग्राम - लिटरसी एन्ड न्युमरसी (National Assessment Program - Literacy and Numeracy)लाई न्याप्लान भनेर चिनिन्छ र विद्यार्थीहरूको साक्षरता र अन्य सीपहरूको मूल्याङ्कन गर्ने नयाँ तरिकाको खोजीमा यस साल यो अनलाइन मार्फत सञ्चालन हुँदैछ।

विद्यार्थीहरूको पढाइ र अङ्क सम्बन्धी सीपको मूल्याङ्कन गर्ने यो परीक्षा यसपालि मे १० तारिखदेखि अनलाइन मार्फत सुरु भएको छ।

यसमा कक्षा ३, ५, ७ र ९ का विद्यार्थीको सहभागिता हुन्छ।  

पल मार्टिन न्यु साउथ वेल्स एजुकेसन स्ट्यानडर्ड्स अथोरिटीका प्रमुख कार्यकारी अधिकृत हुन्।  

यस परीक्षाले अभिभावक र शिक्षकहरूलाई विद्यार्थीको बारेमा विस्तृत जानकारी दिने उनी बताउँछन्। तर कतिले भने यस परीक्षाको निन्दा पनि गर्ने गरेका छन्। 

न्याप्लान विरुद्ध के-कस्ता गुनासोहरू छन् त? यस रिपोर्टमा सुन्नुहोस्: न्यापल्यान परीक्षा बारे असन्तुष्टि किन? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

पूर्व साउथ अस्ट्रेलियाली अङ्ग्रेजी शिक्षक ज्याकी सर्जेन्ट भन्छिन् कि यसले अनुकूल शिक्षाको खर्च बेहोर्न सक्ने विद्यार्थीहरूलाई मात्र झल्काउँछ।  

उनी भन्छिन् कि विशेष गरी तल्लो सामाजिक-आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूले सम्पन्न विद्यालयहरूको तुलनामा राम्रो गर्न सक्दैनन्।  

आउँदो वर्ष देखि न्याप्लान परीक्षालाई मे महिनाको साटो मार्च महिनामा गरिने बताइएको छ। यसरी शिक्षक र विद्यालयहरूले शैक्षिक वर्षको सुरुमै नतिजा पाउन सक्छन्।  

त्यस्तै, अब देखि न्याप्लान टेस्टिङ्ग स्थायी रूपमा अनलाइन मार्फत हुने छ, र यसका विभिन्न फाइदाहरू रहेको मार्टिन बताउँछन्।  

तर यस विषयमा क्वीन्सल्यान्ड शिक्षक सङ्घकी अध्यक्ष क्रेस्टा रिचर्डसनको भने फरक विचार छ।

प्राध्यापक जिम टोग्नोलीनी, युनिभर्सिटी अफ सिड्नीको शैक्षिक मापन र मूल्याङ्कन केन्द्रका निर्देशक हुन्। न्याप्लान परीक्षाको मूल योजना बनाउनमा उनी संलग्न थिए।

उनी भन्छन् कि पहिला जुन उद्देश्यका साथ यो सुरु गरिएको थियो, अहिले त्यसमा परिवर्तन आएको छ, जस कारण दुवै पढ्ने र पढाउने माथि प्रभाव परेको छ।  

अहिले केही विद्यालयहरूले विद्यार्थीहरूलाई न्याप्लान परीक्षामा कसरी राम्रो गर्ने भनेर पनि पढाउन थालेको, र त्यसले देश भर यस परीक्षाको सन्दर्भमा दबाब बढाएको पनि उनले बताए।  

तर उता न्यु साउथ वेल्स एजुकेसन स्ट्यानडर्ड्स अथोरिटीका पल मार्टिन भन्छन् कि यस परीक्षाले विद्यार्थीहरूलाई अनावश्यक तनाव पुराउन हुँदैन।   

यता पूर्व शिक्षिका सर्जेन्ट भन्छिन् कि यस प्रणालीले विद्यार्थीहरूको सीप सुधार्न मद्दत गरिरहेको छैन।  

विद्यार्थीहरूको सीप मूल्याङ्कन गर्ने अन्य राम्रा तरिकाहरू रहेको क्वीन्सल्याण्ड शिक्षक सङ्घकी रिचर्ड्सन बताउँछिन्।  

यस वर्षको न्याप्लन परीक्षा मे २० तारिखमा समाप्त हुने छ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now