Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

घरमा अङ्ग्रेजी मात्र बोल्ने भन्दा अन्य भाषा बोल्ने अस्ट्रेलियाली विद्यार्थीहरु बढी सफल

K-12 schools’ teaching methods

अस्ट्रेलियामा अङ्ग्रेजी आफ्नो मातृभाषा नरहेका विधार्थीहरुले, अङ्ग्रेजीमात्र बोल्ने विधार्थीहरुको तुलनामा शैक्षिक प्रगति गरेको एउटा पछिल्लो अध्यनले जनाएको छ।


Published

Updated

By Amelia Dunn

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा अङ्ग्रेजी आफ्नो मातृभाषा नरहेका विधार्थीहरुले, अङ्ग्रेजीमात्र बोल्ने विधार्थीहरुको तुलनामा शैक्षिक प्रगति गरेको एउटा पछिल्लो अध्यनले जनाएको छ।


राष्ट्रिय रुपमा गरिने शैक्षिक गुणस्तरको परीक्षा न्यापल्यानका परिणामहरुका अनुसार, बहुभाषा प्रयोग गर्ने र आदिवासी जनजाति समूहबाट आएका बिधार्थीहरुमा पहिलेको तुलनामा निकै प्रगति भएको देखिन्छ।

तर कतिपय विज्ञहरुले भने, विभिन्न समुदायका विधार्थीहरुमा शैक्षिक प्रगतिको नतिजा आएपनि, अस्ट्रेलियाको शैक्षिक गुणस्तर अन्य देशहरुको दाँजोमा कमजोर रहेको आरोप लगाएका छन, र यसमा सुधारको आवश्यक्ता रहेको जोड दिएका छन्।

School students
Private school students work in class Source: Getty Images

कक्षा चारमा अध्यनरत पिया गोयन्कालाई ईतिहास र अंग्रेजी विषय निकै मन पर्छ। उनमा शब्द लेख्ने र छुट्टयाउने ठूलो सीप रहेको छ।

आठ बर्षको उमेर रहेकी गोयन्काले घरमा बोलिने हिन्दी र अंग्रेजी भाषाका कारण आफुले विधालयमा पनि निकै उत्साहजनक प्रदर्शन गर्न सफल रहेको बताउछिन्।

र यहि बहुभाषाको सीपका कारण न्यापल्यानको परिक्षामा पनि राम्रो प्रदर्शन गर्न सकेको उनको भनाई छ।

गोयन्काझैं बहुभाषाको सीप रहेका धेरै बिधार्थीहरुले – न्यापलान परिक्षा अन्तर्गत पर्ने चारै कक्षाहरु- ३, ५, ७ र ९ मा शब्द लेख्ने र छुट्टयाउने सक्ने परिक्षामा – अंग्रेजी मातृभाषा रहेका बिधार्थिहरुको तुलनामा निकै राम्रो प्रदर्शन गरेका थिए।

यसै गरि उनीहरुले कक्षा ५ र ७ को गणितको परिक्षामा पनि अंग्रेजी मात्र बोल्ने विधार्थीहरुलाई उछिनेका थिए।

पिया जाने सेन्ट भिन्सेट प्राथमिक विधालयकी एक शिक्षिका एमन्डा जरमानोसले न्यापलानबाट आएका नतिजाहरु आश्चर्यजनक नरहेको बताउछिन्।

विदेशबाट अस्ट्रेलिया आई बसोबास गर्ने समुदायले शिक्षालाई निकै ठूलो महत्व दिने गरेको र यसको परिणामहरु न्यापल्यान लगायत अन्य परिक्षाहरुमा देखिएको उनले जानकारी दिईन्।

यसैबिच, न्यापल्यानका परिणामहरुका अनुसार, अस्ट्रेलियाका आदिवासी र जनजाति समुदायका विधार्थीहरुमा पनि यसपल्ट निकै ठूलो शैक्षिक प्रगति भएको देखिएको छ।

तथापि, अन्य विधार्थीहरुको तुलनामा उनीहरु अझै पनि पछि रहेका छन्।

A teacher going over exam instructions with her class
Source: Getty

तर सन् २००८ को नतिजासँग तुलना गर्ने हो भने - गत बर्षको परीक्षामा उनीहरुको प्रगति दोब्बर रहेको प्रष्ट देखिएको छ।

अस्ट्रेलियन कुरिकलम, एसेसमेन्ट र रिपोर्टिङ्ग निकायका प्रमुख डेभिड डि कारभालोले यसैलाइ सुधारको मार्गमा चालिएको सहि कदमको रुपमा हेरेको बताउँछन्।

उनको विचारमा, यस क्षेत्रमा सुधारको धेरै आवश्यक्ता रहे पनि- समग्रमा शैक्षिक स्तरमा निकै प्रगति भएको छ।

साथै उनले देशव्यापी रुपमा आदिवासी समुदायका विधार्थीहरुमा देखिएको तुलनात्मक सफलतालाई पनि राम्रो संकेतको रुपमा हेर्न मिल्ने बताए।

पछिल्लो अध्यनका प्राथमिक विधालयका विधार्थीहरुमा सबैभन्दा बढी शैक्षिक सुधार भएको देखिन्छ।

कारभेलाका अनुसार, सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा कक्षा ३ का विधार्थीहरु रहेका थिए भने, कक्षा ५ का विधार्थीहरु पनि खासै पछि परेका थिएनन्।

तर, प्राथमिक विधालयझैं, माध्यमिक विधालयका विधार्थीहरुमा भने, यस न्यापल्यान परीक्षाको नतिजाले खासै सुधार नभएको प्रष्ट देखाएको छ।

The NAPLAN National Report has outlined how Australian kids fared in the annual test.
The NAPLAN National Report has outlined how Australian kids fared in the annual test. Source: AAP

कारभेलाको भनाईमा माध्यमिक विधालयका विधार्थीहरुमा सुधार नदेखिनु- अस्ट्रेलियाको मात्र नभएर विश्व-व्यापी समस्या रहेको छ।

यस सम्बन्धमा शिक्षा क्षेत्रले थप काम गर्न आवश्यक रहेको उनले बताए।

तर कतिपय विज्ञहरुको भनाईमा, माध्यमिक विधालयका विधार्थीहरुमा सुधार ल्याउनका लागि- शिक्षा क्षेत्रमा रहेको न्युनतम मापदण्डमा परिमार्जनको आवश्यक्ता रहेको छ

अहिले रहेको मापदण्ड निकै न्यून तहमा रहेको र यसलाई माथि लगिनु पर्ने उनीहरुको भनाई छ।

ग्राय्टन ईन्सटिट्युटको विधालय शिक्षासम्बन्धिका कार्यक्रम निर्देशक डा पिटर गसका अनुसार- कक्षा ९ को विधार्थिले कक्षा ५ को औषत विधार्थीझै शैक्षिक प्रदर्शन गरेको खण्डमा अहिलेको मापदण्ड अनुसार सफल मानिन्छ।

यो नीति सन्तोषजनक नभएको उनले बताए।

Education Minister Dan Tehan wants a review of the national curriculum.
Source: AAP

यसैबिच, शिक्षामंत्री ड्यान टेहानले बिधालयहरुको पठन-पाठनमा सुधार ल्याउनका लगि सरकारले चाँडैनै सुधारहरु घोषणा गर्ने बताउँछन्।

उनको भनाईमा, हालको पाठ्यक्रमको अनुगमन, शिक्षण पेशामा काम गर्न चाहिने न्युनतम आवश्यक्ताहरु लगायतका पहलहरु गरिने परिवर्तनहरु आउदा दिनहरुमा सार्वजनिक हुनेछ

यो बर्षको न्यापल्याको परीक्षा आउदो मे महिनामा हुँदैछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now