अस्ट्रेलियामा हुर्किरहेका नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग परिचित राखिरहन प्रयासरत नेपाली भाषा विद्यालय शब्दमालाको स्थापनाको छ वर्ष पुगेको उपलक्ष्यमा शनिवार एक विशेष कार्यक्रमको आयोजना गरिएको छ।
दक्षिण सिड्नीको हर्स्टभिलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए।
नेपाली परम्परागत भेषभुषामा चिटिक्क परेका बालबालिकाहरूका साथ कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
सिड्नीका ६ वटा सबर्बमा रहेका शब्दमालामा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या २३० रहेको विद्यालयकी अध्यक्ष अर्चना गुरुङले जानकारी दिइन।
कार्यक्रमका केही झलक तस्बिरहरूमा ।












Share





