Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विदेशमा रहेका छोराछोरीको 'चाडबाड र बिरामी हुँदा याद आउँछ'

Nepali Family living apart.

(From left) Sumitra with husband Bhanu, Sumitra's Son Prakash with wife and daughter, Sumitra's daughter Jyoti with husband and daughter. Source: Supplied

नेपालमा युवा मानिसहरू पढाई लागि अथवा कामका लागि बिदेसिने प्रवृत्ति घरघरमा देखिन्छ, र हिजोको संयुक्त परिवारको सट्टामा आज प्रायः ज्येष्ठ नागरिक नेपालमा र युवा-बालबालिका विदेशमा देखिन्छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नेपालमा युवा मानिसहरू पढाई लागि अथवा कामका लागि बिदेसिने प्रवृत्ति घरघरमा देखिन्छ, र हिजोको संयुक्त परिवारको सट्टामा आज प्रायः ज्येष्ठ नागरिक नेपालमा र युवा-बालबालिका विदेशमा देखिन्छन्।


सन् १९९३ देखि संयुक्त राष्ट्र सङ्घको महासभाले  मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा निर्णय गरे अनुसार यो दिनलाई अन्तर्राष्ट्रिय समुदायको आफ्नो परिवारसँगको निकटतासँग जोडेर हेरिन्छ।

 

यही सन्दर्भमा दुई सन्तान अमेरिकामा रहँदा कीर्तिपुरकी सुमित्रा पाण्डेले कस्तो अनुभव गरेकी छिन् भन्नेबारे कुरा गरेका छौँ।

 

अवकाश प्राप्त शिक्षक पाण्डे ले चाडबाड र अशक्त हुँदा अमेरिकामा रहेका उनका छोरा बुहारी त्यस्तै छोरी ज्वाइँ र  दुई नातिनीहरूको बढी याद आउने बताएकी छिन्।

 

सुमित्रा पाण्डेसँग गरिएको कुराकानीका साथै हप्ताको प्रमुख समाचारहरू सुन्नुहोस्। 

विदेशमा रहेका छोराछोरीको 'चाडबाड र बिरामी हुँदा याद आउँछ' हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस हप्ताका प्रमुख समाचारमा:

 

  • नेपालमा स्थानीय तहको निर्वाचन शुक्रवार सम्पन्न भएको छ। ७५३ स्थानीय निकायका ३५ हजार भन्दा बढी पदाधिकारीका लागि ६५% भन्दा बढी मानिसले मतदान गरेको निर्वाचन आयोगले अनुमान गरेको छ। मतदानको दिन धेरैजसो शान्तिपूर्ण रहे तापनि केही ठाउँमा झडप, कुटाकुट हुनुका साथै गोली पनि चलेका छन् र उदयपुरमा एक जनाको ज्यान पनि गएको छ। स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले उत्साहपूर्ण रूपमा स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् भने राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन अपेक्षाकृत रूपमा शान्तिपूर्ण हुन नसकेको जनाएको छ। 
  • अधिकांश ठाउँमा मतगणना सुरु भएको छ। पछिल्लो निर्वाचनमा मतपत्र च्यात्ने प्रवृत्तिले केही स्थानका नतिजा विवादित बनेपछि यस पटक निर्वाचन आयोगले मतगणना स्थलमा विशेष सुरक्षाको व्यवस्था गरेको छ। प्रायजसो मतगणना स्थलमा गणक र उम्मेदवारका प्रतिनिधिलाई छुट्याउनका लागि तार जाली लगाइएको छ, र धेरै ठाउँमा सिसिटिभी क्यामेरा पनि जोडिएको छ।
  • कतिपय वडामा मतगणना सम्पन्न भएर नतिजा पनि आइसकेको छ। अपेक्षाकृत रूपमा तीन ठुला दलले धेरै ठाउँमा अग्रता लिएका छन् भने काठमान्डु जस्ता ठुला सहरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। मतदान क्रममा विवाद भएका कतिपय ठाउँमा फेरी मतदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now