नेपाली खेलाडीहरुमा सबैलाई अचम्म तुल्याउने आत्मशक्ति छ: प्रशिक्षक योहान कालिन

फिफा बरीयतामा १६६ औँ स्थानमा रहेको नेपालले अस्ट्रेलियाको सामना बिहीबार बेलुकी क्यानबेरामा गर्दैछ।

Nepalese coach Johan Kalin speaks during an Australian Socceroos pre-match press conference at GIO Stadium in Canberra, Wednesday, October 9, 2019. (AAP Image/Lukas Coch) NO ARCHIVING

Nepalese coach Johan Kalin speaks during an Australian Socceroos pre-match press conference at GIO Stadium in Canberra, Wednesday, October 9, 2019. Source: AAP

नेपाली खेलाडीहरुले अस्ट्रेलिया विरुद्ध सजिलैसँग हार नमान्ने राष्ट्रिय प्रशिक्षक योहान कालिनले बताएका छन्।

सन् २०२२ मा हुने विश्वकप फुटबल अन्तर्गतको छनौट चरणमा आगामी विहिवार सकरूज विरुद्ध क्यानबेरामा प्रतिस्पर्दा हुनलाग्दा नेपाली टोलीका स्विडिस प्रशिक्षकको उक्त भनाइ आएको हो। 

कुवेत, जोर्डन र चाइनिज ताइपेको पनि उपस्थिति रहेको “बी” समूह अन्तर्गतको दोस्रो चरणको खेलको लागि अहिले नेपाली टोली सिड्नीमा रहेको छ। 

एसबीएस द वर्ल्ड गेमसँगको कुराकानीमा गए जनुअरी महिनामा नेपाली टोलीको नेतृत्व सम्हालेका कालिनले सकरूज लगायतका आफ्नो समूहमा रहेका राष्ट्रहरुसँगको आठ ओटा खेलका साथ् नेपालीहरुको खेल एक नयाँ उचाइमा पुगेको आफुले हेर्न चाहेको बताए। 

अस्ट्रेलियाको तुलनामा नेपाली टोली धेरै कम्जोर देखिएता पनि, अस्ट्रेलियाली खेलाडीहरु झैं नेपालीहरुको पनि दुइ हात र दुइ खुट्टा रहेकोले सबैलाई अचम्म बनाउने सम्भावना रहेको पनि कालिन बताउँछन्।

“तर आफु कहाँ रहेको बारे बुझ्दै वास्तविकतालाई पनि भुल्न हुँदैन”, उनले भने। 

“अस्ट्रेलियाली राष्ट्रिय टोलीका वर्तमान खेलाडीहरु इन्ग्लिश प्रिमियर लीग देखि, जर्मनी र सेल्टिक लगायतका पक्षमा पनि संलग्न रहेका छन्।” 

“यो हाम्रो लागि धेरै महत्वपूर्ण अनुभव हुने छ। साथै हामीले खेलको स्कोर भन्दा आफ्ना खेलाडीहरुको प्रदर्शनलाई बढी महत्व दिनेछौं”, योहान कालिनले बताए। 

गए महिना कुवेतलाई ३ – ० ले पराजित गरेको अस्ट्रेलियाली टोलीमा एक मात्र बदलाव गर्दै नेपाल र चाइनिज ताइपे विरुद्ध सहभागी हुने खेलाडीहरुको नाम सकरूज प्रशिक्षक ग्राहम आर्नोल्डले पनि सार्वजनिक गरिसकेका छन्। 

२३ सदस्य अस्ट्रेलियाली टोलीमा चोटका कारण ट्रेन्ट सेन्सबरीको सट्टा डिफेन्डर बेली राइटलाई समावेश गरिएको छ।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: The World Game




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now