SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा १८ नयाँ सामुदायिक सङ्क्रमण, लकडाउन बारे निर्णय बुधबार हुने

एज्ड केयरमा काम गर्ने एक कामदार सहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

NSW Premier Gladys Berejiklian at a press conference to provide a COVID-19 update in Sydney, Monday, July 5, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
NSW Premier Gladys Berejiklian at a press conference to provide a COVID-19 update in Sydney, Monday, July 5, 2021. Source: AAP

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स राज्यमा गएको २४ घण्टामा १८ जना सङ्क्रमित थपिएका छन् ।

एज्ड केयरमा काम गर्ने एक कामदार सहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

सोमबार राति ८ बजे सम्म दर्ता गरिएका १८ केश मध्येका ११ जना सङ्क्रमण अवधिभर आइसोलेसनमा रहेको बताइएको छ ।

बाकि सङ्क्रमित मध्ये पाँच जना आंशिक रूपमा आइसोलेसनमा रहेका र बाकि दुईमा भने सामुदायिक सङ्क्रमण भएको बताइएको छ ।

फेला परेको मध्येका एक सङ्क्रमित बल्कमहिल स्थित समिट केयर एज्ड केयर होमका कर्मचारी हुन् ।

यसैबिच सिड्नीका बासिन्दा लकडाउनको महत्त्वपूर्ण बिन्दुमा रहेको भन्दै लकडाउन लम्बिने सम्भावनालाई नर्कान नसकिने अधिकारीहरूले चेतावनी दिएका छन् ।

बोन्डाईबाट सुरु भएको सङ्क्रमणको सिलसिलामा हाल सम्म ३ सय १२ जनामा सङ्क्रमण भइसकेको छ ।

प्रिमीयर ग्लेडीज बेरीजेक्लियनले लकडाउनको दोस्रो हप्ता निकै महत्त्वपूर्ण रहेको बताएकी छन् ।

“लकडाउनले निश्चित रूपमा यस अघिको हाम्रो चिन्तालाई कम गदै भाइरसलाई दोब्बर र तेब्बर हुन बाट रोकेको छ र प्रभावकारी देखिएको छ ” मङलबार पत्रकारहरू सँग कुरा गदै उनले भनिन् ।

लकडाउन लम्ब्याउने वा अन्त्य गर्ने भन्ने बारेको निर्णय भोलि गर्ने पनि बेरीजीक्लियनले बताएकी छन् ।

“मलाई आशा छ कि अर्को हप्ता कस्तो हुनेछ भन्ने कुराको केही जानकारी म भोलि दिन सक्छु ” उनले भनिन् ।

राज्यकी मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले फेयर फिल्ड र बोसेली पार्कका मानिसलाई कोरोना जाँच गराउन अगाडी आउन आग्रह गरेकी छन् ।

“भाइरस प्रसारणको दरलाई पहिचान गर्नका लागि उक्त क्षेत्रमा उच्च परीक्षण भएको हेर्न चाहन्छौ” उनले भनिन् ।

गएको २४ घण्टामा राज्यमा अघिल्लो दिनको तुलनामा कम परीक्षण भएको छ ।

उक्त अवधिमा ३२ हजार १ सय ३६ जनाको कोरोना परीक्षण भएको छ ।

सोमबार भने ५८ हजार भन्दा बढी मानिसले कोरोनाको परीक्षण गराएका थिए ।

क्विन्सल्याण्डमा आज एक जनामा मात्र सङ्क्रमण

क्विन्सल्याडमा भने आज एउटा मात्र कोरोनाको स्थानीय सक्रमणका केश फेला परेको छ ।

गएको २४ घण्टामा २२ हजार जनामा कोरोना परीक्षण भएकोमा एक व्यक्तिमा मात्र कोरोना पुष्टि भएको हो ।

नयाँ भेटिएका सङ्क्रमित सोमबार फेला परेका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति भएको बताइएको छ ।

नर्सिङ विद्यार्थी समेत रहेका सङ्क्रमितमा कोरोनाको अल्फा भेरीयन्ट भेटिएको र सङ्क्रमण अवधिमा क्याम्पस नगएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

राज्यकी प्रिमीयर एनेसथेसिया पालासेले एक मात्र केश भेटिनु सुखद समाचार भएको भन्दै मानिसहरूलाई मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,जाँच गराउने र क्यु आर कोडको प्रयोगलाई निरन्तरता दिए प्रकोपको चाँडो समाधान हुने बताइन् ।

पर्थ र पिल क्षेत्रको प्रतिबन्धहरू खुकुलो

यता वेस्टर्न अस्ट्रेलिया भने सोमबार एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएता पनि पर्थ र पिल क्षेत्रमा लगाइएको प्रतिबन्धहरू भने खुकुलो बनाइएका छन् ।

ठुलो पानी जहाजका एक सदस्यको स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल पर्थ स्थित एक अस्पतालमा भर्ना गरिएको छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now