खोप र कोरोनाको नयाँ डेल्टा भ्यारिएन्ट सँगै खुकुलो लकडाउन
यस हप्ता नेपालमा कोरोनाको कुल संक्रमित सङ्ख्या ६ लाख ८० हजार भन्दा बढि पुगेको छ भने सकृय संक्रमितको सङ्ख्या २९ हजार भन्दा बढि रहेको छ। मृत्यु दर २० र ४० को सङ्ख्यामा उतार-चढावमा रहेको छ।
चीनको बेइजिङस्थित साईकोफर्मा कम्पनिसँग नेपाल सरकारले एक सम्झौता गरेर कोरोना विरुद्धको खोप खरिद गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यस हप्ताभित्र खोप आपूर्ति सुरु भई लगाईने छ।
जुन महिनाको बीचमा नेपालमा केहि मानिसहरुमा कोरोना भाईरसको डेल्टा र आल्फा भेरियन्ट देखिएको पुस्टी भएको थियो। तर जुलाई १५ सम्म बढाईएको निषेधाज्ञा सँगै सार्वजनिक यातायात सम्बन्धी नयाँ प्रणाली ल्याईएको छ र कतिपय व्यवस्थाहरुमा खुकुलो पारिएको छ।
आन्तरिक उडान यस हप्ता देखि खुला गरिएको छ।

यसैगरि दुबई, दमाम, कुवेत, मस्काट, मलेसिया, कोरिया, जापान, चीन, कतार र टर्कीजस्ता मुलुकहरुकोलागि अन्तराष्ट्रिय हवाई उडान पनि खुला गरिएको छ। तर यसै समयमा खाडी देशमा काम गर्न जान खोज्ने कामदारको लागि सरकारले खोपको व्यवस्था गर्न नसकेको हुनाले उनीहरु नेपालमै अड्किनु परेको छ।
यस्ता कैयौँ मुलुकहरुमा प्रवेस गर्न खोप लगाएको कागजात पेस गर्नु अनिवार्य छ।
नेपालको कोभिड-१९ को हाल तथ्यांकको विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल भन्छन्, "हामीले पहिलो र दोस्रो लहरमा प्रति १० लाख ३०० भन्दा बढि संक्रमितहरु दैनिक रुपमा भेट्ने गर्थ्यौँ; त्यसले गर्दा अहिले पनि हामी भारत भन्दा प्रति १० लाखमा उच्च रहेको अवस्था छ किनभने हाम्रो तथ्यांकमा करिब ५० प्रति १० लाख जनसङ्ख्यामा संकृमित पत्ता लागेको अवस्था छ।”
प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई अन्तिम चरणमा
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका कानुन व्यवसायीले शुक्रबार आफ्नो बहस सकाईसकेपछि प्रतनिधिसभा विघटनसम्बन्धीको मुद्दाको सुनुवाई आईतबारकोलागि हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालतले गत हप्तादेखि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई सुरु गरेको थियो।
जुन २८ मा निवेदक पक्षका कानुन व्यसायीले प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दाको सुनुवाईको आफ्नो बहस टुङ्ग्याएका थिए। उनीहरुले मागमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्ने माग गरेका थिए र साथै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका थिए।

छुवाछुत विरोधमाशिक्षामन्त्रीको राजिनामाको माग
यस हप्ता एमालेका केन्द्रीय सदस्य जगत विश्वकर्माले रुपा सुनार घटनामा जातियताको समर्थन गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामाको माग गरेका छन्।
जुन १५ मा डेरा खोज्ने क्रममा पत्रकार तथा कलाकार रुपा सुनारलाई काठमाडौं की सरस्वती प्रधानले जातको कारण देखाउँदै कोठा नदिएको हुनाले सुनारले सिंहदरबार प्रहरी वृतमा उजुरी दिएकी थिईन्।
त्यसपछि प्रहरीले प्रधानलाई ३ दिन हिरासतमा लिएर हाजिरि जमानतमा छोडिदिएको थियो र उनलाई लिन स्वयम् शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री कृष्णगोपाल श्रेष्ठ आफ्नो गाडी लिएर गएका थिए।
यस घटनालाई लिएर विभिन्न नागरिक समाजहरुले विरोध पनि गरेका थिएर बृहत नेपाली आन्दोलनले प्रेस विज्ञप्ती निकालेर यस घटनाको विरोध कार्यक्रम गर्ने चेतावनी समेत दिएको थिए।
यस विषयमा आन्दोलित पक्षले नेपालमा दलितहरुमाथि दिनहुँ हुने अन्न्यानको उदाहरण भनेका छन्। केहि मानिसहरुले भने प्रधानको समर्थनमा उनको निजी अधिकारको हनन् भएको दावी गरेका छन्।

सुनारविरुद्ध यूरोपियन युनियनबाट रकम लिएको भनेर भ्रामक समाचार छाप्ने ६ अनलाईन पोर्टललाई प्रेस काउनसिलले कारवाही गरेको छ र दुरसञ्चारलाई पत्राचार गरेर उक्त्त पोर्टलहरु बन्द गराउन माग गरेको छ।
यस हप्ता सुनारको को विरुद्ध प्रधानले पनि मानवअधिकार आयोगमा उजुरी हालेकि छिन्।
“आवश्यक्तै नभएको कोठा भाडामा चाहियो भनि बाहानाबाजी बनाई मेरो मञ्जुरिबिना फोन कल रेकर्ड गरि आफैले म कामीकी छोरी हुँ भनि आफैले आफैलाई अपमान गरि होच्याई छुद्र व्यवहार देखाई कोठा भाडामा जबरजस्ती बस्न दवाव दिएको र भाडामा दिन नमिल्ने भनि जवाफ दिएपछि गलगल हाँसी यो घटनाको भोलिपल्टै मलाई जालसाजी, मेरो विरुद्ध षडयन्त्र रची पक्राउ समेत गराएको”
नेकपा एमालेको एकतामा खनाल-नेपाल पक्षको आपत्ती
नेकपा एमालेले शुक्रबार गरेको केन्द्रीय कमिटी बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सदस्यहरु अनुपस्थित भएका छन्।
खनाल-नेपाल पक्षलाई प्रधानमन्त्रीले सर्वोच्च अदालतमा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई दिएको समर्थन सोमबारभित्र फिर्ता लिन अल्टिमेटम दिएका थिए। तर आफूहरु लोकतन्त्र र संविधानले दिएको हकको विपरित नजाने भन्दै खनाल-नेपाल समुहले प्रधानमन्त्रीको प्रस्ताव अस्विकार गरेको छ।
प्रधानमन्त्रीको सर्तहरु मानेर बैठकमा भाग लिने या सहमती जनाउने सबै पुराना सदस्यलाई आफ्नो पद यथावत राख्न दिईने र पार्टी कारवाहीबाट उन्मुक्त गराउने घोषणा गरिएको थियो। तर पनि खनाल नेपाल समूहले बैठक बहिष्कार गरेका छन्।
बाढीपहिरोको कारण नारायणगढ-मुग्लिन सडकखण्ड ठप्प
यस हप्ता बाढिपहिरोको कारण देशभर २३ सडक अवरुद्ध भएका छन्। करिब १४ सडक ठप्प भएर ४१ वटाजति एकतर्फि भएका छन् भने पूर्व-पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ।
नारायणगढ-मुग्लिन सडकमा धेरै सडकखण्डमा पहिरो गएर सवारी साधन आवत-जावत नै बन्द भएका छन्।
सडकको १४ किलो भन्ने ठाउँमा बिहिबार साँझ सडकको आधा भाग नै ढाक्ने गरि एउटा ठूलो ढुङ्गा खसेको थियो। सडकको जलबिरे खण्डमा एउटा ट्रक पहिरोले आधा पुरिएको छ।
यसको साथ-साथै यस साता बाढि पहिरोले देशमा धेरै धन-जनको क्षेती भएको छ।

रत्नपार्कको मुरल कलालाई हटाईयो
बुधबार काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशे पुलको भित्तामा केहि युवा कलाकारहरुले बनाएको मुरल कलालाई मेटेको छ।
यस कलामा कोभिड माहामारीको बेला जन हितको निम्ति खटिएका सरकारी कर्मचारीहरुलाई धन्यवादको पात्र बनाएर उनिहरुको चित्रण गरिएको थियो। यसमा स्वास्थ्यकर्मी; सुरक्षाकर्मी; पत्रकार र अन्य सेवाको क्षेत्रमा खटिएका व्यक्तीहरुको कलाकृति बनाईएको थियो।
माहानगरपालिकाको यो कदमको विरोधमा विभिन्न युवा दलहरु तथा विपक्षी दलका सदस्यहरुले सडकमा प्रदर्शनी गरेर विरोध गरेका छन् र सामाजिक सञ्जालमा पनि यसको उत्तिनै विरोध गरिएको छ।
माहानगरपालिकाको सार्वजनिक भित्तारङ्गाउन परेमा अनुमति लिनुपर्ने भन्दै स्पस्टिकरण दिएको छ।
कलाकार सङ्गे थिन्ले शेर्पा; किपा शेर्पा; सुमिना श्रेष्ठर बिशाल महर्जनले कलाकार दुजाङ शेर्पाको नेतृत्वमा यस कालाको मुरल पेन्टिङ गरेका थिए।





