कोरोना सङ्कट: न्यु साउथ वेल्समा ९ सहित अस्ट्रेलियामा हालसम्म कुल २० जनाको मृत्यु

स्वास्थ्य अधिकारीहरूले न्यु साउथ वेल्समा नवौँ व्यक्तिको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको पुष्टि बुधवार बिहान गरेका छन्।

NSW Premier Gladys Berejiklian is seen delivering a health update on COVID-19 in Sydney.

NSW Premier Gladys Berejiklian delivers a health update on COVID-19 in Sydney. Source: AAP

न्यु साउथ वेल्स स्थित डोरोथी हेण्डरसन् लजमा गए राती एक ९५ वर्षीय वृद्धाको मृत्यु सहित उक्त राज्यमा कोरोनाभाइरस सङ्क्रमणबाट जीवन गुमाउनेको सङ्ख्या नौ पुगेको हो।

स्थानीय स्वास्थ्य अधिकारीहरूले बुधवार बिहान जारी गरेको पछिल्लो आँकडा अनुसार न्यु साउथ वेल्स राज्यमा हालसम्म दुई हजार भन्दा बढी मानिस कोभिड-१९ सङ्क्रमित भइसकेका छन्।

BaptistCare Dorothy Henderson Lodge Aged Care Centre in Sydney
Signage at the entrance of the BaptistCare Dorothy Henderson Lodge Aged Care Centre in Sydney Source: AAP

मङ्गलवार बिहान जारी गरिएको तथ्याङ्कमा थप १५० नयाँ मामिलाहरू जोडिए पछि उक्त राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या २,१८२ पुगेको छ।

राज्यकी स्वास्थ्य विभागकी कार्यकारी निर्देशक जेरेमी मकअनल्टीका अनुसार हालसम्म न्यु साउथ वेल्समा १०३,३६१ जनालाई कोरोनाभाइरस सङ्क्रमण भए नभए निर्क्योल गर्न परीक्षण गरिसकिएको छ।

एक लाख भन्दा बढी मानिसहरूको परीक्षण भएको कारणबाट पनि आफ्नो राज्यमा सङ्क्रमण कम फैलन थालेको न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पत्रकारहरूलाई बताइन।

“यो ती कदमहरू मध्ये एक हो जसले हामीलाई फैलावट कम गर्न सहयोग गर्दै छ र यो महत्त्वपूर्ण कुरा हो," बेरिजिक्लियनले भनिन्।

हालसम्म डोरोथी हेण्डरसन् लजमा बस्ने २१ जनामा कोभीड-१९ सङ्क्रमण सहित पाँच जनाको मृत्यु भइसकेको छ।

त्यसै गरी सिड्नीको बोण्डाइ इलाका तिर बस्ने ब्याकप्याकर समुदायमा थुप्रै सङ्क्रमण देखिएकाले त्यहाँ एउटा तत्काल पप-अप क्लिनिक खडा गरिने पनि स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बोण्डाइ जस्ता सबर्बहरू रहेको सिड्नीको वेभर्ली काउन्सिल क्षेत्रका डाक्टरहरूलाई न्यु साउथ वेल्स हेल्थले कोभिड-१९ परीक्षणका लागि थप बिरामीहरू सिफारिस गर्न निर्देशन दिएको छ।

20200316001457067636-original.jpg

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now