सिड्नीको सङ्क्रमण न्यु साउथ वेल्सको ग्रामीण क्षेत्रमा पुग्ने डर पैदा भएको छ ।
सङ्क्रमित एक १८ बर्सिया व्यक्ति क्याम्पिङका लागि अरेन्ज,निन्गेन र ब्रोकन हिल पुगेको पत्ता लागेपछि न्यु साउथ वेल्सका ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण जान सक्ने खतरा बढेको हो ।
स्वास्थ्य अधिकारीहरूले उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कोरोना जाँच गराउनका लागि आग्रह गरेका छन् ।
न्यु साउथ वेल्सका कार्यवाहक प्रिमीयर जोन बेरीलारोले उक्त क्षेत्रका मानिसहरूलाई सर्तक रहन र लक्षण देखिए जाँच गराउन आग्रह गरे ।
गएको २४ घण्टामा न्यु साउथ वेल्समा सामुदायिक सङ्क्रमणका चार नयाँ मामला फेला परेको कार्यवाहक प्रिमीयर जोन बेरीलारोले जानकारी दिए ।
पुष्टि भएका उक्त मामला मध्ये तिन बेरेलामा सङ्क्रमण सँग सम्बन्धित रहेको बताइएको छ ।
अर्का एक सङ्क्रमित भने क्रोयडन सङ्क्रमितका नजिकका सम्पर्कमा आएका व्यक्ति हुन हाल उनी आइसोलेसनमा रहेको बताइएको छ ।
यो सँगै बेरेलाको सङ्क्रमण सँग सम्बन्धित १५ वटा मामला फेला परेका छन् ।
यसै गरी विदेशबाट फर्किएर होटेल क्वारीटीनमा हरेका अन्य चार व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ ।
गत २४ घण्टामा न्यु साउथ वेल्स राज्यमा २६ हजार भन्दा बढी कोरोना जाँच गरिएको छ ।
बेरलामा रहेको वुलवर्थस र बि डब्लु एसमा गएकाहरूलाई यथाशक्य जाँच गराउन अनुरोध गरिएको छ ।
सिड्नीका केही क्षेत्रमा मानिसहरूलाई प्रत्यक्ष क्रिकेट हेर्नबाट प्रतिबन्ध
यसैबिच स्वास्थ्य मन्त्री ब्राड हार्जाडले सङ्क्रमणको सम्भावना रहेका सिड्नीका केही क्षेत्रका मानिसहरूलाई सिड्नी क्रिकेट ग्राउन्डमा हुन लागेको टेस्ट म्याच हेर्न जानबाट रोक लगाउन २४ घण्टा भित्र स्वास्थ्य आदेश जारी गर्न लागिएको बताए ।
उनले अर्वन,बेरेला,लिडकम नर्थ,रिजेन्ट्स पार्क र रुकवुड क्षेत्रका मानिसहरूलाई प्रत्यक्ष खेल हेर्न जान बाट रोकिने बताए ।
यसैबिच भिक्टोरियामा सामुदायिक सङ्क्रमणका तिन नयाँ मामला फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा ३२ हजार कोरोना जाँच भएकोमा तिन व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो ।
विदेशबाट फर्किएर होटेल क्वारीनटीनमा रहेका अर्का एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । पुष्टि भएका सबै मामला थाई रेस्टुरेन्ट ब्ल्याक रकको पछिल्लो सङ्क्रमण सँग जोडिएको बताइएको छ ।
हाल करिब एक हजार मानिसहरू माथि निगरानी राखिएको अधिकारीहरूले जानकारी गराएका छन् ।
भिक्टोरियाको विभिन्न स्थानहरूलाई सम्भावित कोभिड खतरा क्षेत्रका रूपमा दर्ज गरिएको छ । स्प्रिङ भेल सपिङ सेन्टर,चाड्सटोन सपिङ सेन्टर र फेडरेसन स्क्वाएर जोखिम क्षेत्रका रूपमाm राखिएका छन् ।
वेस्र्टन अस्ट्रेलियामा बुशफायरको खतरा
यसैबिच वेस्र्टन अस्ट्रेलियामा सम्भावित बुशफायरलाई लिएर चेतावनी जारी गरिएको छ ।
तीव्र गतिको हावा र उच्च तापक्रम रहँदा पर्थको जिनजिन र डान्डारागन क्षेत्रका बासिन्दाहरूका लागि चेतावनी जारी गरिएको हो ।
मङलबार बिहान आगलागी एवम् आपतकालिन सेवा विभागले रेगन्स र्फोड,रेड गल्ली, कावला,मुरे रिभर नेशनल पार्क,निलगेन,मिमिग्रा,काराकिन,याथा्रे, ओरेन्स स्प्रिङ,ल्यानसेलिन,र लेज पोईन्टका लागि चेतावनि जारी गरेको हो ।
