SKIP TO MAIN CONTENT

बाघ वर्षका धन आकर्षण गर्ने बिरालो अङ्कित टिकटहरू

लुनार नयाँ वर्षलाई स्वागत गर्दै अस्ट्रेलिया पोस्टले नयाँ टिकटहरूको सुरुवात गरेको छ।

Sydney-based illustrator Chrissy Lau designed a special Lunar New Year series of stamps for Australia Post, marking the Year of the Tiger.
Illustrator Chrissy Lau designed a special Lunar New Year series of stamps for Australia Post, marking the Year of the Tiger. Source: Australia Post

2 min read

Published

Updated

By Olivia Yuan

Presented by SBS Nepali

Source: SBS



Skip to article content

सन् २०२२ को बाघ वर्ष (यर अफ द टाइगर) अस्ट्रेलियाली इतिहासमा अङ्कित हुने छ।

फेब्रुअरी १ देखि सुरु नयाँ वर्षले गोरुको वर्ष (यर अफ द अक्स)लाई विदाई गर्दै बाघको वर्षलाई स्वागत गरेको हो। 

बाघले सकारात्मकता, आशा र उद्देश्य ल्याउने मानिन्छ। 

टिकटमा रहेका 'भाग्यशाली बाघ'हरू सिड्नीकी चित्रकार क्रिसी लाउले बनाएकी हुन्।

यसको प्रेरणा भने चिनियाँ र जापानी संस्कृतिबाट आएको हो, जसमा बिरालोहरूलाई सौभाग्यको प्रतीक मानिन्छ।

Year of the Tiger 2022 stamps
Year of the Tiger 2022 stamps Source: Australia Post

"यी लक्की बिरालोहरूलाई तपाईँले एसियाली पसलहरूमा देख्नु भएको होला। उनीहरूको काम धन आकर्षण गर्ने हो," लाउ भन्छिन्।

"यो पूर्वी र पश्चिमी दुवै संस्कृतिहरूमा सामान्यतया देख्न सकिन्छ। यो बहु सांस्कृतिकताको प्रतीक हो।"

यी भाग्यशाली बाघ टिकटहरू तीन प्रकारमा आउँछन्।

एक डलर १० सेन्ट पर्ने टिकटमा बाघले बेरको फूल समातेको चित्र छ, जसलाई चिनियाँ संस्कृतिमा "आशा र दृढता"को प्रतीक मानिने लाउले बताइन्। 

२ डलर २० सेन्ट पर्ने टिकटमा बाघले "फु" नामक चिनियाँ पात्रलाई समातेको छ, जसको मतलब चिनियाँ भाषामा "भाग्यशाली" हो। 

"तिनीहरू धनको प्रतीक हुन्।"

Year of the Tiger 2022 stamps
Year of the Tiger 2022 stamps Source: Australia Post

अर्को हातमा पटाकाहरूको चित्र कोरिएका छन् जसले दुष्ट आत्माहरूलाई भगाउने परम्परागत चिनियाँ संस्कृतिको मान्यता छ। 

३ डलर ३० सेन्ट पर्ने टिकटमा भने बाघले एउटा हातमा एक चिनियाँ गाँठो समातेको छ जुन दीर्घायुको प्रतीक हो र अर्को हातमा सुन्तलाहरू रहेका छन्।

लुनार नयाँ वर्षबारे थप जानकारी यस रिपोर्टमा सुन्नुहोस्: लुनार नयाँ वर्ष भनेको के हो र यो कसरी मनाइन्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"चिनियाँ नयाँ वर्षमा सुन्तलाहरू धेरै हुन्छन्," लाउले भनिन्।

उनी भन्छिन् कि टिकटको पृष्ठभूमिमा गुलाबी रङ्ग गर्नु चाहिँ "अलि जोखिमपूर्ण फैसला थियो किनभने चिनियाँ नयाँ वर्षका उत्सवहरूमा गुलाबी रङ्गलाई परम्परागत रूपमा प्रयोग गरिँदैन।

"लुनार नयाँ वर्ष र भ्यालेनटाइन्स डे नजिकै भएको हुनाले गुलाबी रङ्ग राख्दा राम्रो होला भनेर मैले सोचेकी हुँ।"

उपाधि विजेता चिनियाँ कलाकार लाउलाई अस्ट्रेलिया पोस्टले टिकटहरू डिजाइन गर्न नियुक्त गरेको यो दोस्रो पटक हो। 

यो नयाँ वर्ष विश्वका थुप्रै मानिसहरूका लागि कठिन हुन सक्ने भएकाले टिकटहरूमा "पुनर्मिलन"को भाव  झल्काउन खोजेको लाउले भनिन्। 

"कोभिडका कारण यी गत वर्षहरू धेरै गाह्रो भएका छन्, र यो कहिले सकिन्छ भनेर कुनै पत्तो छैन। सबैलाई मुस्कुराइरहन बन्नु नै यी टिकटहरूको सन्देश हो," उनले भनिन्। 

यी टिकटहरू जनवरी ६ मा सार्वजनिक गरिएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now