राज्यहरूलाई आन्तरिक यात्राका लागी आफ्नो सीमा खोल्न आग्रह

अस्ट्रेलियाका पर्यटन व्यवसायीहरूले राज्य तथा टेरिटरी सरकारहरूलाई घरेलु पर्यटकहरूका लागी आफ्नो सीमा खोल्न आग्रह गरेका छन्।

A police officer stops a driver at a checkpoint at Coolangatta on the Queensland - New South Wales border, Thursday, April 9, 2020. The Queensland Government  is introducing new border control measures effective Friday where Queenslander residents crossin

A police officer stops a driver at a checkpoint at Coolangatta on the Queensland - New South Wales border. Source: AAP

क्विन्सल्याण्डको सुदूर उत्तर क्षेत्रमा रहेको एक पर्यटन निकायले सीमा बन्द गर्दा सो क्षेत्रले दैनिक दशौँ लाख डलर घाटा खेप्नु परेको बताएको छ।

तर यसै बिच क्विन्सल्याण्डकि प्रिमियर एनेस्टेसिया पलासेले सेप्टेम्बर सम्मका लागी आफ्नो राज्यको सीमा बन्द नै रहने बताएकी छन्।

यो कुरालाई राज्यको सुदूर उत्तर क्षेत्रले भने स्विकार्न सकेको छैन।

उष्ण प्रदेशिय उत्तर क्विन्सल्याण्डको पर्यटन उद्योगलाई प्रतिनिधित्व गर्ने टुरिजम पोर्ट डग्लस डेन्ट्रीकि प्रमुख कार्यकारी अधिकृत टारा बेनेटले उक्त समय सीमालाई मान्न सम्भव नभएको बताएकी छन्।

Queensland tourism
Turizm cenneti Queensland. Source: Tourism and Events Queensland

“यो त पेटमा लात हानेको जस्तै भयो। १० दिन अघि हामीले पाएको निर्देशिकाले आगामी दिनहरूका लागी हामीलाई पनि निकै राम्रो कार्य योजना र आशा दिएको थियो। तर सेप्टेम्बर सम्म सीमा नखोल्ने घोषणा निकै पिडादायी हो।"

क्विन्सल्याण्ड सरकारले पर्यटन क्षेत्रलाई सहयोग गर्ने भन्दै मङ्गलवार  थप  ५ करोड डलर दिने बाचा गरेको छ।

तर बेनेट भन्छिन् पर्यटकहरूको सबैभन्दा बढी चाप हुने सिजन सुरु हुन लाग्दा यसले थोरै मात्र फरक पार्छ।

तर प्रिमियर पलासे भने आफ्नो निर्णयमा अडिग देखिन्छिन्।

"जो मान्छेहरूले हाम्रो निर्णयलाई लिएर आलोचना गरिरहेका छन् उनीहरूलाई म भन्न चाहन्छु कि - म क्विन्सल्याण्डका मानिसहरूको स्वास्थ्य सुरक्षा गरेको विषयलाई लिएर माफी माग्ने छैन।  म जहिले पनि परिवारहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन्छु।"

Queensland Premier Annastacia Palaszczuk
Source: AAP

यातायात खुल्ने बित्तिकै क्विन्सल्याण्ड सबैभन्दा बढी लोकप्रिय गन्तव्य बन्ने देखिएको छ। १५ सय अस्ट्रेलियालीहरूमा गरिएको सर्वेक्षणले सो कुरा देखाएको हो।

अस्ट्रेलियाको यातायात तथा पर्यटन फोरमका प्रमुख कार्यकारी अधिकृत मार्गी अस्मंडले अन्तर राज्य यात्राले यस उद्योगलाई उक्सन मद्दत पुर्‍याउने बताएका छन्।

पश्चिम अस्ट्रेलियाले पनि राज्यको सीमा जाडो यामको अन्त्य सम्म बन्द नै रहने बताएको छ। त्यस्तै दक्षिण अस्ट्रेलिया, तास्मनिया र नर्दर्न टेरीटरीमा क्वारेन्टिनमा बस्नु पर्ने नियम यथावत् नै रहेको छ।


2 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now