Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

कोरोनाभाइरस महामारी पछिको भविष्यलाई लिएर आशावादी पर्यटन क्षेत्र

Vivid Sydney’s festival of light, music and ideas returns to illuminate Sydney with mesmerising new light art and projections.

कोभिड-१९ का कारण नराम्रोसँग प्रभावित भएका उद्योग मध्ये पर्ने पर्यटन उद्योगमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्धहरू खुकुलो भए पछिका दिनहरू केही सहज हुने आशा लिइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


कोभिड-१९ का कारण नराम्रोसँग प्रभावित भएका उद्योग मध्ये पर्ने पर्यटन उद्योगमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्धहरू खुकुलो भए पछिका दिनहरू केही सहज हुने आशा लिइएको छ।


कोभिड-१९ का कारण अर्थतन्त्रको अधिकांश क्षेत्रहरू बन्द रहेका थिए जसमध्ये ठुलो मर्कामा परेको क्षेत्र भनेको पर्यटन क्षेत्र पनि हो।

मानिसहरूले देश भित्रै र विदेशमा पनि आवत जावत गर्न पाइरहेका छैनन्। हिँडडुल गर्न पाउने आधारभूत स्वतन्त्रतामा आधारित यस उद्योगलाई यी प्रतिबन्धहरू निकै महँगो साबित भयो।

कोरोना भाइरस सङ्क्रमण सम्बन्धी प्रतिबन्धहरू हटाएर देशलाई पुन खोलिन सक्ने सम्भावनाहरूका बिच पर्यटन उद्योग पनि फेरी चलायमान हुन निकै उत्साहित रहेको पाइएको छ।

Surfers Paradise, Gold Coast, Qld
Surfers Paradise, Gold Coast, Qld Source: AAP

एबीसी सँग कुरा गर्दै आफ्नो उत्साह व्यक्त गरेका छन् क्वान्टसका प्रमुख रिचार्ड गोएडरले।

तर यो अवस्थाबाट प्रभावित हुनेमा अर्वौँ डलर लगानी रहेको क्वानटास जस्ता व्यवसायहरू मात्र छैनन्।

अस्ट्रेलियाको पर्यटन उद्योग परिषद्का कार्यकारी निर्देशक साइमन वेस्टवे भन्छन् पर्यटन क्षेत्रमा सबैभन्दा बढी प्रभावित हुनेहरूमा साना व्यवसायहरू रहेका छन्।

तर यस्ता साना व्यवसायहरूले समुदायमा निकै ठुलो प्रभाव पार्न सक्छन्।

ड्यानियल क्वास्विंड क्विन्सल्याण्ड पर्यटन उद्योग परिषद्का प्रमुख कार्यकारी हुन्। र उनी भन्छन् कि मानिसहरूले पर्यटकहरूको डलरको मूल्यले अर्थतन्त्रमा पार्ने प्रभावबारे त्यो नहराउञ्जेलसम्म वास्ता गर्दैनन्।

लकडाउनको प्रभाव र पिडा देशका ग्रामीण तथा सहरी सबै स्थानमा अनुभव गरिएको छ।

तर यसको नराम्रो झट्का गर्मी याममा डढेलोका कारण प्रभावित भएका क्षेत्रहरूमा बढी परेको स्पष्ट छ। वेस्टवे भन्छन् कोभिड-१९ त्यस्ता क्षेत्रहरूका लागी दोस्रो झट्का थियो।

तर पनि उनका अनुसार यसको सकारात्मक सोच राख्नु बाहेक अन्य विकल्प छैन।

The Pink Lake.
Source: ABC Australia

अस्ट्रेलिया आगामी दिनहरूमा बिस्तारै बिस्तारै खुल्ने सम्भावना रहँदा पहिले पर्यटन क्षेत्रले स्वदेशी पर्यटक पाउन सक्छ भने त्यसपछि सम्भवतः न्युजील्याण्ड बाट वा प्यासिफिक आइल्याण्डबाट पर्यटकहरू आउने छन्।

क्वास्विंडका अनुसार अस्ट्रेलियालीहरू विदेश जान नपाउनुले पनि आन्तरिक पर्यटन फस्टाउने अनुमान गर्न सकिन्छ।

र त्यो भनेको स्वदेशी पर्यटकले कुल पर्यटनको ७५ प्रतिशत हिस्सा ओगट्ने क्वास्विंडको क्विन्सल्याण्डको बजार जस्ताको लागी फाइदाजनक हुन्छ।

तर उनले कोरोना भाइरस पश्चात् मानिसहरू सँग स्वदेशमै पनि घुम्ने रकम नहुने कुरालाई पनि आत्मसाथ गर्नु पर्ने बिचार राखेका छन्।

travel ban
Source: stockphotos

सबैको ध्यान अहिले राष्ट्रिय मन्त्रिपरिषद्को शुक्रवार हुने बैठक तर्फ केन्द्रित रहेको छ जहाँबाट प्रतिबन्ध खुलाउने सम्बन्धमा केही निर्णय आउन सक्छ।

तर यस उद्योगले पनि उनीहरूले चाहेजस्तो एकै पटक सबै कुरा नहुने कुरा बुझेका छन्।

वेस्टअवे भन्छन् कि यस उद्योगले स्पष्ट र राम्रो व्यवस्थापन सहितको कदमको अपेक्षा गरेको छ। र उनले आगामी महिना पर्यटन उद्योगको भाग्य परिवर्तन हुने आशा पनि राखेका छन्।

aa1313d4-6001-467b-b6e1-a322405c066f

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now