कोरोना सङ्कट: अस्ट्रेलियामा अड्केका भारतीय नागरिकलाई स्वदेश फर्काउने बृहत् तयारी

कोरोनाभाइरस सङ्कटका कारण अस्ट्रेलियामा नै बस्न बाध्य भएका हजारौँ भारतीय नागरिक तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई संसार कै सबैभन्दा बृहत् स्वदेश फिर्ती अभियान मार्फत घर फर्काउन भारतीय सरकार लागि परेको छ।

Nipun Madan hopes to return to India soon with his family.

Nipun Madan hopes to return to India soon with his family. Source: SBS News

अन्तर्राष्ट्रिय सिमानाहरू बन्द भएको ४० दिनसम्म पनि आफ्ना नागरिकहरू फिर्ता बोलाउन आनाकानी गरिरहेको भारतीय सरकारले नागरिक उड्डयन अन्तरगतका विमान तथा नौसैनिक जहाजहरूको प्रयोग गर्दै बृहत् अभियान सुरु गरेको हो।

भारतीय सरकारको आफ्ना नागरिकहरूलाई घर फिर्ता बोलाउने निर्णयसँगै अस्ट्रेलियामा छरिएर रहेका भारतीय नागरिकहरूमा उत्साह जागेको बताइएको छ।

भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार १२ राष्ट्रमा रहेका १४,८०० नागरिकहरूलाई ६४ वटा विमानहरू मार्फत स्वदेश फिर्ता लगिनेछ जसमा संयुक्त अरब इमिरेट्स तथा कतारमा रहेकाहरू सबैभन्दा पहिला भएका छन्।

त्यसै गरी सिङ्गापुर, मलेसिया, फिलिपिन्स, लन्डन, न्युयोर्क, शिकागो र वाशिङ्गटनबाट पनि विशेष विमानहरू मार्फत भारतीयहरू स्वदेश फर्किन सक्नेछन्।

आफ्ना नागरिकलाई फिर्ता लग भनेर संयुक्त अरब इमिरेट्सले बारम्बार ताकेता गर्दा पनि हालसम्म भारतीय सरकारले भने हजारौँ मानिसलाई फिर्ता लग्न आवश्यक योजना र स्रोतसाधनको परिचालनमा पर्ने कठिनाइ एवं सुरक्षाको कारण देखाउँदै पन्छिएको थियो।

तर, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय यात्राहरूमा प्रतिबन्ध लगाउनु अघि भने उसले चीन, जापान, इरान तथा इटालीमा रहेका आफ्ना नागरिकहरूको उद्धार गरेको थियो।

India Airlines operations are temporarily suspended till 31st March 2020  at NSC Bose International Airport at the after India ordered a 21-day nationwide lockdown March 25, 2020 in Kolkata,India. (Photo by Dipa Chakraborty/Pacific Press/Sipa USA)
Indian airlines suspended all operations at the end of March. Source: AAP

अबको नयाँ उद्धार कार्य अन्तर्गत प्रति दिन एक हप्तासम्म औसत रूपमा करिब २,००० मानिसहरूलाई स्वदेश फिर्ता गराउने योजना रहेको उक्त भारतीय मन्त्रालयको भनाइ छ।

भारतीय अखबार दि टाइम्स अफ इन्डियाका अनुसार हालसम्म अमेरिकामा रहेका करिब २०,००० भारतीयहरूले आफूहरूलाई घर फिर्ता लग्न निवेदन हाली सकेका छन्।

उक्त कार्यको लागि आफ्ना विदेशी कूटनैतिक नियोगहरूलाई मार्फत “व्याकुल भारतीय नागरिकहरू”को सूची बनाउन आदेश जारी गरिएको भारतीय सरकारले एक विज्ञप्तिद्वारा बताएको छ।

तर, त्यसरी उद्धार हुने नागरिकहरूले खर्च पानी स्वयम् व्यहोर्नु पर्ने र १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने नीतिका कारण थुप्रै भारतीयहरू रुष्ट भएका छन्।

परिवार सहित अस्ट्रेलिया घुम्न आएका निपुण मदन भारतीय सरकारको प्रतिबन्ध पछि दुई महिनासम्म यहीँ अड्केर बस्न बाध्य भए।

हाल मेलबर्नमा एउटा अपार्टमेन्ट भाडामा लिएर बसेका उनी भन्छन्, “स्थिति निकै गाह्रो छ, भएको व्यापार पनि अहिले बन्द छ, त्यसैले आम्दानी छैन। बचत गरेको पैसा पनि सक्किन लागिसके।”

“छोटो समयका लागि छुट्टी मनाउनु एउटा कुरा हो, त्यो लम्बिएर दुई महिना पुग्नु अर्कै,” उनले एसबीएस समाचारसँग भने।

भारतीय सरकारले भने आफ्ना समग्र जनसङ्ख्याको स्वास्थ्यको हवाला दिँदै, १४ दिने समय पछि स्वदेश फिर्ती भएका सबैको कोभिड-१९ सङ्क्रमणका लागि आवश्यक जाँच पनि हुने बताएको छ।

हालसम्म भारतमा कोभिड-१९ सङ्क्रमणका कारण १,५०० भन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ भने ४६,००० भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

यता, बिहीबार बिहान मात्रै नेपाल वायुसेवा निगमको एक विशेष विमान काठमान्डुबाट अस्ट्रेलियाली नागरिक तथा पीआर भएका नेपालीहरूलाई लिएर सिड्नी आइपुगेको छ।

आजै उक्त उक्त विमान नेपाल फर्कने बताइँदै गर्दा अस्ट्रेलिया आएको नेपाली ध्वजा वाहक जहाज रित्तै फर्किनु दुर्भाग्य पूर्ण रहेको भनाइ यहाँ अड्केर रहनु परेका नेपाली नागरिकहरूको छ।

उक्त जहाजमा नेपालीहरूलाई पठाउँदा स्वास्थ्य जोखिम उच्च रहने हुनाले सो निर्णय उचित नहुने भन्दै दूतावासले तत्कालका लागी जहाँ बसिरहेको हो त्यहीँ सुरक्षित बस्न अघिल्लो हप्ता एक सूचना जारी गर्दै आग्रह गरेको थियो।

केही महिना अगाडी नेपाली क्रिकेटबारे अध्ययन र प्रचार प्रसारका लागी मेलबर्न आएका नेपाली क्रिकेट प्रशिक्षक - अनिल अधिकारी - अन्य थुप्रै नेपाली जस्तै अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारण नेपाल फर्कन पाएका छैनन्।

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूलाई फर्काउँदा भाइरस देशमा भित्रने सोच राखे पनि एक दिन यो यथार्थलाई मनन गर्नै पर्ने अधिकारीको भनाइ छ।

यो विपद्को घडीमा मातृभूमि फर्कन चाहनेहरूलाई स्वदेश फर्काउन पहल होस् भन्ने माग राखेर अघिल्लो हप्ता उनी चर्चामा आएका थिए।

नेपालबाट अस्ट्रेलियाले आफ्ना नागरिकहरूको उद्धार गरिरहेको समयमा अस्ट्रेलिया आएको नेपाली ध्वजा वाहक जहाज भने रित्तै नेपाल फर्किनु दुर्भाग्य पूर्ण रहेको उनको भनाइ छ।

“म भन्दा पनि नेपाल फर्कनै पर्ने बाध्यात्मक परिस्थितिमा रहेकाहरूलाई नेपाली ध्वजा वाहक जहाज अस्ट्रेलियाको आकाशमा आइरहँदा कुनै पनि जान खोज्ने नेपालीको मन कुँडिन्छ नि।"

केही महिना अगाडी अस्ट्रेलियाको सिड्नीमा रहेका आफन्त भेट्न आएका कृष्णप्रसाद शेरचन र हर्कदेवी शेरचनले मे १५ मा नेपाल फर्कने योजना बनाएका थिए ।

तर अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय उडान तत्काल सुरु गर्ने अवस्था नदेखिँदा योजना अनुरूप नेपाल फर्कन नपाउने उनीहरूले बुझिसकेका छन्।

3d42fd40-ef2c-4fac-bfe4-b3c22815226d

अस्ट्रेलियामा जाडो याम सुरुवात हुन लाग्दा खुट्टा दुख्ने समस्या भएकोले नेपाल फर्किन पाए हुन्थ्यो जस्तो लाग्ने शेरचन दम्पतीले बताए पनि आत्तिएको जस्तो आफूले अनुभव नगरेको नातिनी आकृति शेरचनको भनाइ रहेको छ।

अस्ट्रेलियामा ज्यान गुमाएको व्यक्तिको शव र नेपालमा केही स्वास्थ्य सामाग्रीहरू पनि पठाउने पहलहरू भई रहँदा कम्तीमा पनि त्यस्ता सामाग्रीहरू लानेसम्म व्यवस्था गरिदिनु पर्ने आवाज पनि उठेकै छन्।

यस विषयमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलसँग गरिएको कुराकानी तलका मिडिया प्लेयरमा थिचेर सुन्न सक्नुहुनेछ।

aa1313d4-6001-467b-b6e1-a322405c066f

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

covid-19.png

Share

5 min read

Published

Updated

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now