SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: रिजर्भ बैङ्कद्वारा ब्याजदरमा कटौती

अस्ट्रेलियाको केन्द्रीय बैङ्कले आधिकारिक ब्याजदर अभूतपूर्व रूपले घटाउँदै ०.२५ प्रतिशतमा झारेको छ।

People walk past the Reserve Bank of Australia (RBA) in Sydney, Tuesday, April 6, 2016. The RBA is expected to leave interest rates on hold today. (AAP Image/Dean Lewins) NO ARCHIVING
Source: AAP

1 min read

Published

Updated


Skip to article content

रिजर्भ बैङ्कले आफ्नो आधिकारिक ब्याजदरलाई ऐतिहासिक रूपमा तल झार्दै ०.२५ प्रतिशतमा पुर्‍याएको छ र कोरोनाभाइरस महामारीका कारण आर्थिक मन्दी हुन नदिन आफ्नो इतिहासमै पहिलो पटक नोट छाप्ने कार्यक्रम घोषणा गरेको छ।

बिहीबार आपत्कालीन रूपमा बोलाइएको आफ्नो सञ्चालक समितिको बैठकले आफ्नो निर्णय अपराह्न साँढे दुई बजे सार्वजनिक गरेको हो।

अस्ट्रेलियाको अर्थतन्त्र लगातार ओरालो लागिरहँदा कोरोना सङ्कटबाट तर्सिएका लगानीकर्ताहरूले अर्वौँ डलर स्थानीय शेयर बजारबाट मेटिदीसकेका छन्।

क्वानटेटिभ इसिङ्ग भनिने अर्थतन्त्रलाई जोगाइ राख्न थप नोट छाप्ने कार्य अस्ट्रेलियाको केन्द्रीय ब्याङ्कले अघिल्लो दशकको विश्वव्यापी आर्थिक मन्दी र सन् २००१ मा अमेरिकी भूमिमा भएको आतङ्कवादी हमलाका बेलामा प्रयोग गरेको थिएन।

यसका साथै रिजर्भ बैङ्क अस्ट्रेलियाली ब्याङ्कहरूलाई सस्तो दरमा ऋण प्रवाह गर्न सहुलियत दिने बताएको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now