SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: अटागीद्धारा प्राथमिक खोपको खुराकबिचको अन्तर बढाउन सिफारिस

यो मे २ तारिखको कोरोनाभाइरस अपडेट हो।

The Australian Technical Advisory Group on Immunisation (ATAGI) has recommended significant changes to COVID-19 vaccination.
The Australian Technical Advisory Group on Immunisation (ATAGI) has recommended significant changes to COVID-19 vaccination. Source: AAP Image/Dan Himbrechts

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियामा आज सोमबार कम्तीमा पनि १० जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

कोरोनाभाइरसका कारण ज्यान गुमाउने मध्ये पाँच जना न्यु साउथ वेल्सका बासिन्दा छन् भने तीन जना टास्मेनियाका रहेका छन्।

अस्ट्रेलियाको कोरोनाभाइरस सम्बन्धी पछिल्ला केस, भर्ना र मृत्यु बारे जान्न यहाँ जानुहोस्।

अस्ट्रेलियाको खोप सम्बन्धी प्राविधिक सल्लाहकार समितिले (अटागी) एमआरएनए खोपको दुई डोजबिचको अन्तर आठ हप्तामा बढाउन सिफारिस गरेको छ।

फाइजरका लागि यो सिफारिस गरिएको अवधि तीन देखि ६ हप्ता थियो भने मोर्डेनाका लागि चारदेखि ६ हप्ता सिफारिस गरिएको थियो।

“खोपको दुई मात्राबिचको अवधिले मायोकार्डाइटीसपेरीकार्डाइटीसको जोखिमलाई पनि कम गर्न सक्छ, लामो खुराकको अन्तराल विशेष गरी यो साइड इफेक्टको उच्च जोखिममा रहेका समूह (४० वर्ष भन्दा कम उमेरका) गरिन्छ,” अटागीले भनेको छ।

यसै गरी प्रोटिनमा आधारित नोभाभ्याक्सको दुई प्राथमिक खुराकबिचको अन्तराल पनि तीन हप्ताबाट बढाएर आठ हप्ता पुर्याउन सिफारिस गरेको छ।

खोप सम्बन्धी शीर्ष संस्थाले कोरोनाभाइरसबाट सङ्क्रमित भएको अवस्थामा दोस्रो खोपका लागि तीन महिना पर्खन पनि सुझाव दिएको छ।

“यस समयपछि भने अर्को निर्धारित खुराक सकेसम्म चाँडो दिनुपर्छ,” अटागीले भनेको छ।

हाल अस्ट्रेलियामा डेल्टा भेरीएन्ट नफैलिएको र मुख्य रुपम ओमिक्रन नै सङ्क्रमणको मुख्य कारण बनेको पनि अटागीले बताएको छ।

वेस्टर्न अस्ट्रेलियाले क्लोज कनट्याक्टको हकमा १० वटा निःशुल्क ऱ्यापिड एन्टीजेन परीक्षण किट उपलब्ध गराउने जनाएको छ। किट पाउने स्थानबारे जानकारी यहाँ उपलब्ध छ।

भिक्टोरियाका स्वास्थ्य अधिकारीहरूले मेलर्वनको ढलको पानीमा कोभिड–१९ को नयाँ स्ट्रेन फेला पारेका छन्।

बिए.२.१२.१ बिए.२ को उपवंश हो, जुन अस्ट्रेलियामा व्यापक रूपमा फैलिरहेको छ।

ओमिक्रनको बिए.२ स्ट्रेन भन्दा एक्स इ भेरीएन्ट १० गुणा बढी सङ्क्रामक रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाई छ।

उक्त स्ट्रेन पहिले नर्थ अमेरिका र युरोपमा पत्ता लागेको हो।

“प्रारम्भिक प्रमाणहरूले बिए.२ भन्दा बढी सर्न सक्ने भए पनि अधिक गम्भीर रोग लाग्दैन,” भिक्टोरिया सरकारले भनेको छ।

गत हप्ता न्यु साउथ वेल्समा बिए.४ भेरीएन्ट पत्ता लागेको छ, जुन दक्षिण अफ्रिकामा बढी सङ्क्रमण र अस्पतालमा भर्ना हुनेहरूको सङ्ख्यामा वृद्धि गर्नमा दोषी रहेको बताइएको छ।

नोभाभ्याक्स खोप अब साउथ अस्ट्रेलियाका जिपि, औषधि पसल र एडिलेड (मायर सेन्टर)को खोप केन्द्रमा उपलब्ध छ।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now