कोभिड-१९ अपडेट: अस्ट्रेलियाका उपप्रधानमन्त्री अमेरिकामा कोभिड-१९ सङ्क्रमित पुष्टि

यो ९ डिसेम्बर २०२१, बिहीबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Deputy Prime Minister Barnaby Joyce at a press conference at Parliament House in Canberra, Wednesday, November 24, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Deputy Prime Minister Barnaby Joyce has tested positive for COVID-19 on his US tour. (File Photo) Source: AAP Image/Mick Tsikas

  • हाल अमेरिकामा रहेका अस्ट्रेलियाली उपप्रधानमन्त्री बार्नबी जोइस कोभिड-१९ सङ्क्रमित पुष्टि भएका छन्। स्वदेश फर्कन सुरक्षित नभए सम्म उनी त्यहाँ आइसोलेसनमा रहने छन्। 
  • क्वीन्सल्यान्डमा १६ वर्ष र त्यसभन्दा माथि उमेर समूहका ८०% जनसङ्ख्याले कोभिड-१९ खोप लगाएका छन्। 
  • क्वीन्सल्यान्ड र भिक्टोरिया दुवै ठाउँमा ओमिक्रन भेरिएन्ट देखिए पछि, अस्ट्रेलियामा यस भेरिएन्टको सङ्ख्या प्रमुख रूपमा बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्। 
  • सिड्नीको पब ट्रिभियासँग सम्बन्धित ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ। तर ती ओमिक्रन भेरिएन्ट हो कि होइन भनेर हाल अनुसन्धान जारी छ। 
  • न्यु साउथ वेल्समा ओमिक्रनका थप ८ जना सङ्क्रमित पुष्टि भए पछि, कूल सङ्ख्या ४२ पुगेको छ। 
  • सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिकले अस्ट्रेलियन ओपन प्रतिस्पर्धामा भाग लिनका लागि 'अरू सबैले जस्तै' खोप लगाउनु पर्ने नियमको पालना गर्नु पर्ने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। 

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

भिक्टोरियामा १,२३२ नयाँ सामुदायिक सङ्क्रमण फेला पर्दै थप ९ जनाको मृत्यु भएको छ। 

न्यु साउथ वेल्समा ४२० नयाँ सामुदायिक सङ्क्रमित पुष्टि हुँदै १ जनाको ज्यान गएको छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ४ वटा मामिला पुष्टि भएका छन्। 


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

2 min read

Published

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now