कोभिड-१९ अपडेट: घर-घर गएर मानिसहरू नभेट्न न्यु साउथ वेल्स प्रिमियरको राज्यवासीहरूलाई आग्रह

यो २९ जुलाई २०२१, शुक्रवारको अस्ट्रेलियामा कोरोनाभाइरसको अवस्थाबारेको अपडेट हो।

People cross an empty street in The Rocks, Sydney, Thursday, July 8, 2021. NSW has recorded 38 new locally acquired COVID-19 cases overnight, the highest daily number of new cases in 14 months. (AAP Image/Bianca De Marchi) NO ARCHIVING

People cross an empty street in The Rocks, Sydney. Source: AAP Image/Bianca De Marchi

मुख्य बुँदाहरु:

  • न्यु साउथ वेल्स प्रहरीलाई स्वास्थ्य आदेश लागू गराउन सेनाले मद्दत गर्ने,
  • भिक्टोरियामा पछिल्लो सङ्क्रमण मामिलाको स्रोत फेला पर्‍यो,
  • एक विद्यार्थीमा कोभिड-१९ सङ्क्रमण भेटिएपछि ब्रिसबेन स्थित एक विद्यालयमा “डीप क्लिनिङ” र
  • भिक्टोरियालीका लागि टास्मेनियाको सीमा पुनः खुल्ला।

न्यु साउथ वेल्स

आज बिहान सिड्नीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले  आफ्नो राज्यमा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमणका थप १७० मामिला पुष्टि गरेकी छिन्।

हिजो बेलुका आठ बजेसम्मको गणना अवधिभर झन्डै ९६,००० मानिसहरूको कोभिड-१९ परीक्षण गर्दा १७० जनामा सङ्क्रमण पुष्टि भएको हो।

उनका अनुसार केवल ती मध्ये ६५ जना मात्र आफ्नो सङ्क्रमणकालीन अवस्थाभर आइसोलेसनमा बसेका थिए।

प्रिमियर बेरिजिक्लियनले कोरोनाभाइरस परीक्षण गर्न अगाडि आएका ९५,४४६ जनालाई धन्यवाद दिँदै घर-घर गएर मानिसहरू नभेट्न राज्यवासीहरूलाई आग्रह गरेकी छिन्।

यसका साथै ग्लाडिस बेरिजिक्लियनले निजी आवासहरूका अलावा कार्यस्थल पनि सङ्क्रमण फैलने मुख्य दुई स्थानहरू मध्ये रहेको बताएकी छिन्।

कुडोस ब्याङ्क अरिनालाई १२ कक्षामा अध्ययनरत विद्यार्थीहरूको खोप केन्द्र बनाइने पनि उनको भनाई छ।

प्रिमियर भन्छिन् कि अगस्ट ९ तारिखदेखि उक्त खोप केन्द्रमा आठ अति कोरोना प्रभावित काउन्सिल क्षेत्रका विद्यार्थीहरूलाई फाइजरद्वारा निर्मित खोप दिइनेछ।

ती आठ काउन्सिलहरू कुन-कुन हुन् त?

  • कम्बरल्यान्ड,
  • क्याम्बेलटाउन,
  • क्यान्टबरी-ब्याङ्क्सटाउन,
  • प्यारामाटा,
  • फेयरफिल्ड,
  • ब्ल्याकटाउन,
  • जोर्जेस रिभर र
  • लिभरपूल।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरी चान्टले भने मानिसहरूद्वारा किनमेल गर्न घरबाट निस्कँदा एक निश्चित उद्देश्य लिएर मात्र हिँड्नु पर्नेमा जोड दिएकी छिन्।

उनी भन्छिन् कि पसलहरूमा मानिसहरू एककृत भएर समूह बन्ने कार्य कम हुनै पर्छ।

उता, न्यु साउथ वेल्स सरकारले सङ्घीय सरकारद्वारा राज्य प्रहरीलाई सघाउन सेना खटाउने बारे गरेको प्रस्तावमा मन्जुरी जनाएको छ।

बृहत् सिड्नी क्षेत्रमा मानिसहरूको आवतजावतमा नियन्त्रण हेतु सेना परिचालन गरिन लागिएको हो।

यस व्यवस्था अनुरूप ३०० सैनिकहरू आगामी सोमवारदेखि सिड्नीमा देखिन थाल्नेछन्।

गत साल मेलबर्नमा लागू लकडाउनको समयमा झैँ उनीहरूले कोरोनाभाइरस परीक्षण पश्चात् मानिसहरू घरमा नै क्वारेन्टिन गरेर बसिरहेको निर्क्योल गर्न ढोकाहरू ढकढकाउने बताइएको छ।

आज बिहान च्यानल नाइनको दि टुडे सोसँग कुरा गर्दै रक्षा मन्त्री पिटर डटनले भने कि लकडाउन चाँडै समाप्त गर्ने उद्देश्य सहित सेनालाई परिचालन गर्न लागिएको हो।

राज्यका प्रहरी कमिस्नर मिक फुलरले भने सप्ताहान्तमा लकडाउन विरुद्ध आयोजना गरिएको प्रदर्शनमा भाग नलिन मानिसहरूलाई चेतावनी दिएका छन्।

उनी भन्छन् कि प्रदर्शनकारीहरुले हजारौँको सङ्ख्यामा तैनाथ सुरक्षाकर्मीहरूको उपस्थिति देख्नेछन्।

 

भिक्टोरिया

राज्यको स्वास्थ्य विभागका अनुसार गएका २४ घन्टमा भिक्टोरियामा सामुदायिक सङ्क्रमित हुनेको सङ्ख्या तीन रहेको छ।

आज बिहान मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा राज्यका स्वास्थ्य मन्त्री मार्टिन फोलीले यसको पुष्टि गरेका थिए।

उनी भन्छन् की मेलबर्नको एक परीक्षण केन्द्रमा कार्यरत कर्मचारी पनि सिड्नी डेल्टा भेरिएन्टबाट नै सङ्क्रमित भएका हुन्।

यद्यपि ती सवारी नियन्त्रकका रूपमा कार्यरत व्यक्ती ठ्याक्कै कसरी सङ्क्रमित हुन पुगे भनेर चाहिँ छानबिन हाल जारी नै रहेको पनि फोलीले बताएका छन्।

भिक्टोरियामा २७ जुलाई, मङ्गलवारदेखि परिवर्तित कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू बारे थाहा पाउनुहोस्।

अस्ट्रेलियाका अन्य राज्य तथा प्रदेश

क्विन्सल्यान्डका स्वास्थ्य अधिकारीहरूले एक विद्यार्थी जुलाई २७ देखि नै कोरोना सङ्क्रमित र समुदायमा सक्रिय रहेको विश्वास गरेका छन्। 

 

दुई हप्तासम्म भिक्टोरियावासीका लागि बन्द रहेको टास्मेनियाली सीमा पुनः खुल्ला गरिएको छ।

 


क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


4 min read

Published

Updated

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now