कोभिड-१९ अपडेट: क्वीन्सल्याण्डमा गए एक वर्षकै सबै भन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण पुष्टि

यो १ अगस्ट २०२१, आइतबारको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Dr Jeannette Young, afisa mkuu wa afya wa Queensland azungumza na waandishi wa habari mjini Brisbane, Jumapili, 1 Agosti, 2021

Dr Jeannette Young, afisa mkuu wa afya wa Queensland azungumza na waandishi wa habari mjini Brisbane, Jumapili, 1 Agosti, 2021 Source: AAP Image/Jason O'Brien


मुख्य बुँदाहरू:

  • न्यु साउथ वेल्समा ८० प्रतिशत निवासीलाई खोप लगाउने सरकारी लक्ष्य
  • क्वीन्सल्याण्डमा कोरोनाभाइरसको डेल्टा भेरिएन्टबाट सङ्क्रमित हुनेको कुल संख्या १८
  • भिक्टोरियामा भेटिएका ४ नयाँ सङ्क्रमण पुराना केसहरुसंग सम्बन्धित
  • १६ वर्ष भन्दा बढी उमेरका ४० प्रतिशत भन्दा बढी अस्ट्रेलिया निवासीहरुले पाए कोरनाभाइरस विरुद्धको खोपको पहिलो डोज

न्यु साउथ वेल्स

न्यु साउथ वेल्समा थप २३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्। अधिकारीहरुका अनुसार गए २४ घण्टा भित्र पुष्टि भएका ती सङ्क्रमितहरु मध्ये कम्तिमा ६१ जनाले चाहिं पुरै वा केहि समयका लागि स्थानीय समुदायमा हिडडुल गरेका थिए।

साथै पछिल्ला सङ्क्रमित मध्ये आधा भन्दा बढीमा कोरोनाभाइरस कसरी सरेकोबारे पुष्टि हुन नसकेको पनि न्यु साउथ वेल्स हेल्थका डा. जेरेमी मक्नल्टी ले बताएका छन्।

उनका अनुसार हाल अस्पतालमा सघन उपचारमा रहेका ५४ कोरोनाभाइरस सङ्क्रमित मध्ये ४९ जनाले कोरोनाभाइरस विरुद्ध खोप लगाएका छैनन्।

राज्य कि प्रिमियर ग्लाडिस बेरेजिक्लियनले चाहिं राज्यका वयस्क निवासी मध्ये ७० देखि ८० प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न आफ्नो सरकारले काम गर्ने बताएकी छन्।

न्यु साउथ वेल्समा कोरोनाभाइरस विरुद्ध खोप लगाउन मिल्ने स्थानहरुको सूचिका लागि यहाँ हेर्नुहोस्

क्वीन्सल्याण्ड

क्वीन्सल्याण्डमा कोरोनाभाइरसका ९ नयाँ केसहरुको पुष्टि भएका छन्। उत्क संख्या गए एक वर्षकै सबै भन्दा धेरै रहेको अधिकारीहरुको भनाइ छ।

राज्य कि प्रमुख स्वास्थ्य अधिकारी डा. जानेट यंगका अनुसार डेल्टा भेरिएन्ट बाट सङ्क्रमित भएकाहरुको संख्या एकदमै छिटो बढ्दै गएकोले मानिसहरुले भाइरसका लागि जांच गराउन जरुरी रहेको छ।

हाल दक्षिणपूर्वी क्वीन्सल्याण्डका ११ स्थानीय काउन्सिलहरुमा तीन दिने लकडाउन घोषणा गरिएको छ। यसका कारण ती स्थानहरुलाई कोरोनाभाइरसको हटस्पट भनि घोषित गरिएको छ। हटस्पट घोषित हुने स्थानका निवासीहरुलाई संघीय सरकार द्वारा प्रदान गरिने आर्थिक सहयोग पनि उपलब्ध हुने छ।

क्वीन्सल्याण्डमा कोरोनाभाइरस सङ्क्रमितहरु गएका स्थानहरुबारे पछिल्लो सुचीका लागि यहाँ हेर्नुहोस् ।

अस्ट्रेलियामा गए २४ घण्टा

भिक्टोरियामा कोरोनाभाइरसका ४ स्थानिय सङ्क्रमण पुष्टि भएता पनि ती सबै पहिलेनै पुष्टि भइसकेका केसहरुसंग सम्बन्धित रहेको र सङ्क्रामक अवस्थामा ती सबै आइसोलेशनमा रहेको पनि पनि अधिकारीहरुले बताएका छन्।

पछिल्ला तथ्यांकका अनुसार अस्ट्रेलिया भर रहेका १६ वर्ष भन्दा बढी उमेरका ४० प्रतिशत भन्दा बढीले कोरोनाभाइरस विरुद्धको खोपको पहिलो डोज पाइसकेका छन्।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्विन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


3 min read

Published

By SBS/ALC Content

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now