मुख्य बुँदाहरू:
- सिड्नीका अति कोरोना प्रभावित काउन्सिलहरूमा आजदेखि दैनिक एक घण्टा व्यायाम र रात्रि कर्फ्यु,
- भिक्टोरियामा २२ सङ्क्रमितको स्रोत अज्ञात,
- अस्ट्रेलियन क्यापिटल टेरिटरीमा १६-२९ वर्ष उमेर समूहका लागि फाइजर खोपको बुकिङ खुल्ला र
- साउथ अस्ट्रेलियामा आवासीय क्वारेन्टिनको परीक्षण सुरु।
न्यु साउथ वेल्स
न्यु साउथ वेल्समा आइतबार राती आठ बजेसम्मको गणना अवधिभर कोभिड-१९ का कारण थप ८१८ जना सामुदायिक रूपमा सङ्क्रमित हुनुका साथै तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
यसै गरी राज्यभरका अस्पतालहरूमा कोरोनाभाइरस महामारीका कारण ५८६ जना भर्ना गरिएका छन् भने ती मध्ये १०० जनाको सघन उपचार भइरहेको बताइएको छ।
ती १०० जनामा ३२ बिरामीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि राज्यका स्वास्थ्य अधिकारीको भनाई छ।
विशेष गरी ४० वर्ष मुनिका मानिसहरूलाई कोभिड-१९ का कारण सघन उपचार आवश्यक परेको भन्दै उनीहरूले चिन्ता पनि व्यक्त गरेका छन्।
यस्तै आज सिड्नीमा आयोजित आफ्नो दैनिक कोभिड-१९ अपडेट सम्बन्धी पत्रकार सम्मेलनका क्रममा न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरिजिक्लियनले गिलफर्ड, अबर्न, ग्रेस्टोन्स र ब्ल्याकटाउन अझै पनि कोरोनाभाइरस सामुदायिक सङ्क्रमणको चासोका सबर्बहरु रहेको बताएकी छिन्।
साथै अब न्यु साउथ वेल्समा "कोभिड जिरो" को लक्ष्य प्राप्तिको सम्भावना लगभग अन्त्य भएको समेत उनको भनाई छ।
उनी भन्छिन् कि भाइरसबाट मुक्तिको अब एउटै उपाय खोप लगाउनु नै हो।
"मलाई थाहा छ कि न्यु साउथ वेल्स अहिले निकै अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको छ," उनले भनिन्।
“र, म आसा गर्छु कि यस्तो अनुभव हामीहरूको जीवनकालमा फेरी कसैले पनि गर्नु नपरोस्।”
प्रिमियरले अगिल्लो साता मात्रै रेकर्ड तोड ७३८,००० मानिसहरूले कोभिड-१९ विरुद्ध खोप लगाउन अगाडी आएकोमा भने प्रसन्नता व्यक्त गर्दै ती मानिसहरूलाई धन्यवाद ज्ञापन गरेकी छिन्।
आफूले अगस्ट मसान्तसम्म ६० लाख डोज खोप दिने लक्ष्य लिएकोमा समय अगावै सो पुरा हुने भन्दै प्रिमियर बेरिजिक्लियनले खुसी व्यक्त गरेकी हुन्।
"यो एकदमै उत्कृष्ट नतिजा हो," उनले भनिन्।
“तोकिएको समय भन्दा एक हप्ता अघि नै हामी लक्ष्यमा पुग्ने छौँ।”
आजैदेखि बृहत् सिड्नीमा थप प्रतिबन्धात्मक आदेशहरू लागू हुने भएता पनि क्यान्टबरी-ब्याङ्क्सटाउन, कम्बरल्यान्ड र फेयरफिल्डमा बसोबास गर्ने कामदारहरूले आफ्नो काउन्सिल क्षेत्रभन्दा बाहिर गएर काम गर्न जाँदा कोभिड-१९ परीक्षण गराउनु नपर्ने भएको छ।
भिक्टोरिया
बितेका २४ घण्टामा कोरोनाभाइरस सामुदायिक सङ्क्रमणका थप ७१ घटनाहरू भिक्टोरियामा दर्ता गरिएको प्रिमियर ड्यानिएल एन्ड्रूजले पुष्टि गरेका छन्।
उनका अनुसार ती मध्ये १६ जना मात्र आइसोलेसनमा थिए।
"अवश्य पनि यो हाम्रो लागि ठुलो चिन्ताको कुरा हो," मेलबर्नमा आयोजित दैनिक कोभिड-१९ अपडेटका क्रममा एन्ड्रूजले भने।
“विशेष गरी शेपर्टन र पश्चिमी मेलबर्नका केही भित्री सबर्बहरु हाम्रा लागि चुनौतीपूर्ण छन्।”
क्याम्बरवेल, एसेन्डन वेस्ट, फिट्जरोइ नर्थ, मेडस्टन, सोरेन्टो र थनबरीमा स्रोत नखुलेका सामुदायिक सङ्क्रमणहरू भेटिएको पुष्टि भएपछि उनको उक्त भनाई आएको हो।
भिक्टोरियामा हाल २९ कोभिड-१९ सङ्क्रमित बिरामीहरू अस्पतालमा उपचार गराइरहेका छन् भने ती मध्ये नौ जना सघन उपचार कक्ष आइसियुमा रहेको पनि बताइएको छ।
ड्यानिएल एन्ड्रूजले आगामी हप्ता दिनका लागि ५२,५६६ डोज खोपहरू उपलब्ध रहेको भन्दै राज्यवासीहरूलाई खोप लगाउने समय बुक गर्न पनि आग्रह गरेका छन्।
उनी भन्छन् कि महामारीसँगको लडाइँमा खोप नै एक मात्र अस्त्र हो।
"धेरै मानिसहरूले खोप लगाउँदा हामीलाई थुप्रै विकल्पहरू उपलब्ध हुन्छन्," भिक्टोरियाली प्रिमियरले भने।
- भिक्टोरियाली खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ।
- भिक्टोरियाली सङ्क्रमण स्थानहरूको पछिल्लो सूची हेर्नुहोस्।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
एसीटीमा गएका २४ घण्टामा कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप १६ मामिलाहरू पुष्टि भएका छन्।
ती मध्ये १३ को स्रोत पत्ता लागेको र उनीहरू आइसोलेसनमा बसिरहेका मानिसहरू भएको बताउँदै मुख्यमन्त्री एन्ड्रू बार्रले ३ जना सङ्क्रमित भने समुदायमा सक्रिय रहेको जानकारी दिएका छन्।
बार्रका अनुसार आजदेखि एसीटीमा बस्ने १६ देखि २९ वर्ष उमेर समूहका मानिसहरूले खोपका लागि माई डिजिटल हेल्थ रेकर्ड वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्।
तर, क्यानबेरावासीले खोप लगाउने भने अर्को महिनासम्म कुर्नुपर्ने पनि बताइएको छ।
बार्र भन्छन् कि फाइजरद्वारा निर्मित खोपको उपलब्धता बढ्दै जाँदा खोप बुक गर्ने मानिसहरूलाई सकेसम्म उच्च प्राथमिकतामा राखेर खोप दिइनेछ।
- क्यानबेराका सङ्क्रमित स्थानहरूको सूचि र खोपका बारेमा थप जानकारी।
क्वीन्सल्यान्ड र साउथ अस्ट्रेलिया
गएको २४ घण्टामा क्वीन्सल्यान्डमा कोभिड-१९ सामुदायिक सङ्क्रमणको थप एक मामिला पुष्टि भएको छ। स्थानीय अधिकारीहरुका अनुसार ती व्यक्ति आफ्नै निवासमा क्वारेन्टिनमा छन्।
उता, साउथ अस्ट्रेलियाले पनि आजैदेखि "होम क्वारेन्टिन" को परीक्षण थालेको छ। अनुहार चिन्ने र स्थान तोकेर बताउने प्रविधिहरूको सहयोगमा ती काम गरिने राज्य सरकारको भनाई छ। होटेलहरूमा क्वारेन्टिन गराइनुको साटो मानिसहरूलाई उनीहरू बस्ने घरमा नै सो कार्य गर्न मिल्छ कि भनेर परीक्षण सुरु गरिएको बताइएको छ।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
यी पनि हेर्नुहोस्:

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा