SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: ओमिक्रन भेरिएन्ट थप देशहरूमा, विश्व स्वास्थ्य सङ्गठनद्वारा थप प्रतिबन्धहरूको सुझाव

यो २ डिसेम्बर २०२१, बिहीबारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Director General Tedros
WHO director-general Tedros Adhanom Ghebreyesus says that blanket bans do not prevent the spread of Omicron variant. Source: AAP

2 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Skip to article content

  • विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस भन्छन् कि 'ठप्प बन्द गर्ने' किसिमका प्रतिबन्धहरूले ओमिक्रन भेरिएन्टको नियन्त्रण नगर्ने बताए। त्यस किसिमका प्रतिबन्धहरूले 'मानिसहरूको जीवनमा ठूलो बोझ मात्र ल्याउने' उनको भनाइ छ। उक्त भेरिएन्ट अहिले २३ वटा देशहरूमा देखा परिसकेको छ। 
  • कोभिड-१९ सङ्क्रमणको बढी जोखिम रहेका मानिसहरूलाई यात्रालाई पछाडी सार्न या स्थगित गर्न विश्व स्वास्थ्य सङ्गठनको सल्लाह रहेको छ। 
  • न्यु साउथ वेल्समा ओमिक्रन भेरिएन्टका सातौँ सङ्क्रमित पुष्टि भएका छन्। ती व्यक्ति साउथ अफ्रिका गएका थिएनन्, र उनलाई दोहाबाट उडानमा आउँदा सङ्क्रमण भएको हुन सक्ने, न्यु साउथ वेल्स हेल्थले बताएको छ। 
  • भिक्टोरियाली समुदायमा उक्त भेरिएन्ट सक्रिय रहेको हुन सक्ने 'सम्भावना' रहेको, राज्यका स्वास्थ्य मन्त्रीले बताएका छन्। अहिलेसम्म राज्यमा यस भेरिएन्टको कुनै मामिला देखा परेको छैन। 
  • अहिलेको अवस्थामा नयाँ सङ्क्रमित सङ्ख्या भन्दा खोप लगाउने मानिसहरूको बढ्दो सङ्ख्या महत्त्वपूर्ण रहेको, भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजले बताए। 
  • क्वीन्सल्यान्डको गोल्डकोस्टमा हिजो कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएका पुरुष ब्ल्याक फ्राइडे सेलको समयमा समुदायमा सक्रिय रहेको, प्रिमियर एनेस्टिसिया पलाशेले बताएकी छिन्। 

कोभिड-१९ सम्बन्धी पछिल्ला केही तथ्याङ्कहरू:

भिक्टोरियामा १,४१९ सामुदायिक सङ्क्रमण सँगै १० जनाको ज्यान गएको छ। 

न्यु साउथ वेल्समा २७१ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि भएका छन्। 

अस्ट्रेलिया क्यापिटल टेरिटरीमा ८ जना र नर्दन टेरिटरीमा एक जनामा सङ्क्रमण देखा परेको छ। 


 

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now