SKIP TO MAIN CONTENT

कोभिड महामारी बिदा भुक्तानी फेरी प्रदान गरिने

कोभिड-१९ महामारी बिदा आगामी सेप्टेम्बर महिनाको अन्त्यसम्मका लागि प्रदान गरिने सङ्घीय सरकारले निर्णय गरेको छ। अस्ट्रेलियामा ओमिक्रन बिए फोर र बिए फाइभ उप भेरीएन्टहरूको सङ्क्रमण सङ्ख्या बढेसँगै सरकारको सो निर्णय आएको हो।

Unemployed businesswoman having stressed after failure and laid off from work because impact from covid-19 pandemic outbreak and economic depression.
Source: Moment RF

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

कोभिड-१९ का कारण प्रभावित भएका कामदारहरूले आपतकालिन सहायता आगामी ३० सेप्टेम्बरसम्म प्राप्त गर्न सक्ने भएका छन्। उक्त भुक्तानी आधि सङ्घीय सरकार र बाँकी आधि राज्य सरकारबाट उपलब्ध गराइने छ। 

प्रधानमन्त्री एन्थनी एल्बनिजीले पछिल्लो समयमा कोभिड सङ्क्रमण फैलने क्रम बढ्दा "स्वास्थ्यको बदलिँदो परिस्थिति" लाई मध्यनजर गर्दै पछिल्लो निर्णय लिइएको बताएका छन्। 

उनले भने, “मैले मेरो चुनावी अभियानका क्रममा पनि निरन्तर दोहोर्‍याएर भनेको थिएँ कि मेरो मूल मन्त्रहरू मध्ये कोही पनि नछुटुन् भन्ने पनि रहेको छ।“

“र वास्तव मै म सुनिश्चित गर्न चाहन्छु कि मानिसहरू पछाडि नछुटुन्, उच्च जोखिममा रहेकाहरूलाई राम्रोसँग हेरियोस् र यस्तो गर्दा कसैले पनि आम्दानी नगुमाई उचित ढङ्गमा आइसोलेसनमा नबस्ने निर्णय गर्ने अवस्थाको सामना गर्न नपरोस्।“ प्रधानमन्त्रि एल्बनिजीले भने।

सरकारको सो निर्णयसँगै कोभिड-१९ का कारण काम गर्न असमर्थ रहेका कामदारहरूले ७५० डलरको महामारी बिदा भुक्तानी दाबी गर्न सक्ने छन्। 

यस अघि लेबरले यो आर्थिक सहायता सधैँ प्रदान गर्न नसकिने भन्दै यसलाई हटाइएको निर्णय गरेको थियो।

तर लेबर भित्रै र कल्याणकारी संस्थाहरूबाट सङ्क्रमण सङ्ख्या बढिरहेको परिस्थितिमा यसलाई पुनः सञ्चालनमा ल्याइनु पर्ने भन्दै सरकारलाई दबाब आइरहेको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now