प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो नयाँ मन्त्रीमण्डलमा अध्यागमनको जिम्मा डेभिड कोल्म्यानलाई दिएका छन्।
सन् २०१६ को राष्ट्रिय जनगणना अनुसार, अस्ट्रेलियामै द्रोस्रो धेरै संख्यामा नेपालीहरुको बसोबास भएको स्थान हर्स्ट्भिल हो जहाँ नेपाली भाषीहरुको कुल जनसंख्याको ३.५ प्रतिशत अर्थात २,१३६ जनाको बसोबास रहेको छ।
डेभिड कोल्म्यानले हर्स्ट्भिलसंगै नेपालीहरुको बाक्लै उपस्थिति रहेको पेन्हर्स्ट, पिकहर्स्ट, मोर्ट्डेल , बेभर्लि हिल्स लगाएतका स्थानलाई समेट्ने ब्यांक्स नामक निर्वाचन क्षेत्रको संघिय संसदमा प्रतिनिधित्व गर्दछन्।
आइतबार आफ्नो मन्त्रीमण्डलबारे घोषणा गर्दै प्रधान मन्त्री स्कट मोरिसनले केहि नयाँ र केहि पुराना मन्त्रीहरुको उक्त समूहले आगामी संघिय चुनाव जित्न सहयोग गर्ने बताएका छन् |

पुर्व प्रधान मन्त्री म्याल्कल्म टर्नबुललाई पार्टी नेता पद बाट हटाउन महत्वपूर्ण भूमिका निभाएका पिटर डटनलाई पुनः गृह मामिला मन्त्रालयमा फर्काइएको छ। तर उक्त शक्तिशाली मन्त्रालयले अब साइबर र सीमा सुरक्षा देखि देशका बिभिन्न सुरक्षा निकायहरु माथि ध्यान दिने छ।
मन्त्रीमण्डलमा प्रवेश गर्ने नयाँ सांसदहरुमा ऊर्जाको भाउ घटाउने जिम्माका साथ् एन्ग्स टेलर ऊर्जा मन्त्री भएका छन्।
एलेन टज जनसंख्या र संरचना मन्त्री भएका छन् भने जुली बिशापको राजिनामा पछि खालि भएको विदेश मन्त्रालयको जिम्मा पुर्व रक्षा मन्त्री मारिस पेयेनले पाएकी छिन्।
क्रिष्टफ़र पाइन् रक्षा मन्त्री भएका छन् भने डान टीहान शिक्षा, साइमन बर्मिन्घाम पर्यटन र व्यापार, मिच् फाईफिल्ड संचार र ग्रेग हन्ट स्वास्थ्य मन्त्रालयमा फर्किएका छन्।
गत हफ्ता पिटर डटनको समर्थनमा भन्दै आफ्नो पद बाट राजिनामा दिएका मथियास कोर्म्यान पनि अर्थ मन्त्रीको पदमा फर्किएका छन्।

सम्बन्धित:
