SKIP TO MAIN CONTENT

फ्लुको फैलँदो महामारी: मेलबर्न लगायतका भिक्टोरियाका अन्य स्थानहरूमा यो वर्ष १०० भन्दा बढीको मृत्यु

सरकारी आँकडाहरूका अनुसार यो वर्ष दक्षिणी राज्य भिक्टोरियामा मात्र हालसम्म कम्तीमा १२५ जनाले फ्लुका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

Flu
Source: Esparta Palma/Flickr via Stockpholio

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

यो वर्ष मात्र हालसम्म ८ बाल-बालिकाहरू सहित, १०० भन्दा बढी मानिसहरूको फ्लुका कारण भिक्टोरियामा मृत्यु भएपछि, राज्यको स्वास्थ्य विभागले भाइरस अझै फैलँदै गएको बारे थप चेतावनी जारी गरेको छ।

विभागको तथ्याङ्क अनुसार मृत्यु हुने मानिसहरू मध्ये १०५ जना आवासीय वृद्ध हेरचाह केन्द्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरू थिए भने अन्य २० जना तपाईँ हामी बिच नै उठबस सर्वसाधारणहरु नै थिए।

यसका साथै, भिक्टोरिया राज्यभर सन् २०१९ मा ५०,००० भन्दा बढी मानिसहरूलाई इन्फ्लुएञ्जा भाइरसको सङ्क्रमणले सताइसकेको पनि बताइएको छ।

अगस्ट महिनाको अन्त्यमा जारी भएको आँकडा अनुसार उक्त महिना सुरु हुँदासम्म यो वर्ष फ्लुसँग सम्बन्धित मृत्युका ७५ घटनाहरू दर्ता भएका थिए । यसै गरी अगस्टको सुरुवात हुँदा ४०,००० जना फ्लुबाट सङ्क्रमित भइसकेका थिए।

तर, अगस्ट मसान्तसम्म पुग्दा यी सङ्ख्यामा वृद्धि हुँदै १२५ को मृत्यु र ५०,००० जना सङ्क्रमित भएको तथ्याङ्कले राज्यको स्वास्थ्य विभागलाई थप चिन्तित बनाएको हो।

“भिक्टोरियामा बसोबास गर्नुहुने सम्पूर्ण मानिसहरूका लागि यो समयानुकूल चेतावनी हो - सतर्क रहनुहोस्, आफू पनि बच्नुहोस् र खोक्दा अरूलाई हानी नपुग्ने गरी मुख छोप्नुहोस। हात पनि सदैव सफा राख्नुहोस् र सन्चो नभए घरैमा बसेर आराम गर्नुहोस्,” विभागका एक प्रवक्ताले विज्ञप्ति मार्फत भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now