कोरोना सङ्कट: “स्वार्थी” भिक्टोरियालीहरू माथि कारबाही गर्न ५०० प्रहरीको टास्कफोर्स

सामाजिक दुरी सम्बन्धी सरकारी आदेशको अवहेलना गर्ने भिक्टोरियालीहरू माथि नजर राख्न र उनीहरूलाई कानुनको दायरा भित्र ल्याउन भिक्टोरियामा ५०० प्रहरी अधिकारीहरू सम्मिलित एक कार्यदलको स्थापना गरिएको बताइएको छ।

Victorian Premier Daniel Andrews speaks to the media during a press conference in Melbourne, Saturday, March 21, 2020. The premier has announced a $1.7 billion economic survival and jobs package for businesses. (AAP Image/Erik Anderson) NO ARCHIVING

Victorian Premier Daniel Andrews. Source: AAP

सोमबार बिहान आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले उक्त कार्यदल गठन बारे जानकारी सार्वजनिक गरेका हुन्।

राज्यमा द्रुत रूपले फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणको गतिलाई रोक्न उक्त अभूतपूर्व कदम चालिएको एन्ड्रुजको भनाई थियो।

“अब यसलाई मेटशिप भन्नुहोस् कि नागरिक कर्तव्य, जस्ट डु इट,” उनले भने।

“तपाईंले आफ्नो (सामाजिक) दुरी राख्नै पर्छ र नियमहरूको पालना गर्नै पर्छ।”

उक्त विशेष कार्यदलले कोरोनाभाइरसका कारण अत्यावश्यक बाहेकका सेवाहरूलाई बन्द गर्न र सेल्फ आइसोलेसनमा बस्न दिइएका आदेशहरूको पालना भए-नभए समेतको अनुगमन गर्नेछ।

राज्यभरका पब, क्लब, क्यासिनो तथा स्कूलहरू समेत कम्तीमा तीन हप्ताका लागी बन्द भएका छन्।

“भिक्टोरियाली तथा अस्ट्रेलियालीहरू सबैलाई सुरक्षित राख्न यस्तो ठुलो, एकदमै बृहत् क्षेत्र (बन्द गर्ने) कदम उठाएका हौँ,” प्रिमियर एन्ड्रुजले भने।

विगत २४ घण्टामा मात्र कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या भिक्टोरियामा ५९ ले थपिएको छ । यो समाचार तयार पारुन्जेल यहाँ कुल ३५५ जना उक्त भाइरसबाट सङ्क्रमित भइसकेका छन्।

“एक हिसाबले हेर्ने हो भने हामी यहाँसम्म आइपुग्नु भनेको निकै निराशाजनक कुरा हो,” उनले भिक्टोरियालीहरूलाई सकेसम्मको सहयोगका लागि अनुरोध गर्दै भने।

“हामीले सिड्नीका तटहरूमा टन्न मानिसहरू रहेका तस्बिरहरू त देख्यौँ, त्यति नै सजिलोसङ मेलबर्न अनि भिक्टोरियाभरका बार, क्याफे अनि रेस्टुरेन्टहरूमा मानिसहरूको घुइँचो पनि देख्न सक्थ्यौँ।”

“यो बिलकुलै अस्वीकार्य छ, यसले गर्दा हामी मसिनहरूको जीवन अनाहकमै खतरामा पारिरहेका छौँ।”

आगामी शुक्रवारदेखि सुरु हुने भनिएको छुट्टीलाई मङ्गलवारदेखि लागू हुने गरी अगाडी सारिएको पनि प्रिमियर ड्यानियल एन्ड्रुजले बताएका छन्।

उनका बिचारमा सबै कुरा योजना अनुसार अगाडी बढेमा स्कूलहरू अप्रिल १४ मा खुल्ने छन् र परिवारहरूले त्यसै अनुरूपले “प्लान” गर्न समेत आग्रह गरिएको छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

 


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now