सार्वजनिक स्थलमा मास्क नलगाए पछि उपप्रधानमन्त्रीलाई जरिवाना

नेश्नल्स पार्टीका नेता पनि रहेका उपप्रधानमन्त्री बार्नाबी जोइसले एक पेट्रोल स्टेशनमा मास्क प्रयोग नगरेको उजुरी परेको थियो।

Deputy Prime Minister Barnaby Joyce has been fined by police for not wearing a mask in public.

Deputy Prime Minister Barnaby Joyce has been fined by police for not wearing a mask in public. Source: AAP

कोरोनाभाइरस अन्तर्गत लागु गरिएको जनस्वास्थ्य सुरक्षा सम्बन्धि कानूनको उल्लङ्घन गरेको आरोपमा उपप्रधानमन्त्री बार्नाबी जोइसलाई न्यु साउथ वेल्स प्रहरी द्वारा २०० डलरको जरिवाना तिराएको छ।

केहि वर्षको अन्तराल पछि पुनः उपप्रधानमन्त्री बनेको एक हप्ता नबित्दै, नेश्नल्स पार्टीका नेता जोइसले आफ्नो निवास स्थान आर्मडेल स्थित एक पेट्रोल पम्पमा पैसा तिर्ने क्रममा बिना मास्क देखिएपछि, स्थानीय समुदायका एक सदस्यद्वारा उनीबारे क्राइमस्टप्पर्स समक्ष उजुरी गरिएको थियो।

यसका उनले साथ् न्यु साउथ वेल्सको जनस्वास्थ्य कानून पालना नगरेको भन्दै प्रहरी द्वारा उनको नाममा २०० डलरको जरिवाना जारि गरिएको एसबीएस समाचारद्वारा पुष्टि गरिएको छ।
Nationals leader and Deputy Prime Minister Barnaby Joyce, and Prime Minister Scott Morrison in quarantine after a swearing-in ceremony at Government House in Canberra, Tuesday, June 22, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Nationals leader and Deputy Prime Minister Barnaby Joyce, and PM Scott Morrison in quarantine after a swearing-in ceremony at Government House, Canberra Source: AAP Image/Mick Tsikas
राज्यको आपतकालीन संयोजन निकायका अधिकारी, सहायक प्रहरी कमिश्नर ग्यारी वोरबोइस भन्छन् सोमबार जारी गरिएका चवन्न जरिवानाहरु मध्ये जोइसको पनि एक हो।

"उजुरी पछि प्रहरी द्वारा उक्त कदम चालिएको हो। सम्बन्धित व्यक्तिले माफी माग्नुका साथै छानबीनका लागि प्रहरीलाई सहायता पनि गरेका थिए, त्यसपछि जरिवानाको सूचना जारी गरिएको हो," उनले पत्रकारहरुलाई बताए।

कोरोनाभाइरसको सङ्क्रमणलाई फैलन बाट रोक्न भन्दै हाल न्यु साउथ वेल्सका निवासीहरुले आफ्नो घर बाहेकका भवनहरु भित्र मास्क लगाउन अनिवार्य रहेको छ। साथै सार्वजनिक यातायातहरुमा पनि उक्त नियम लागु रहेको छ।
Nepali Infographics MASKs
Source: SBS Nepali

Share

Published

Updated

By SBS News
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सार्वजनिक स्थलमा मास्क नलगाए पछि उपप्रधानमन्त्रीलाई जरिवाना | SBS Nepali