SKIP TO MAIN CONTENT

"हामीले थालेको आन्दोलनको सुरुवात मात्रै भएको हो" डोनाल्ड ट्रम्प

डोनाल्ड ट्रम्प गएको सय बर्से इतिहासमा आफ्ना उत्तराधिकारीलाई सत्ता हस्तान्तरण नगदै संसदबाट बाहीरीने पहीलो राष्ट्रपति बनेका छन् ।

Donald Trump has been acquitted on charges of inciting the deadly 6 January Capitol riots.
Donald Trump has been acquitted on charges of inciting the deadly 6 January Capitol riots. Source: WHITE HOUSE

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

डोनाल्ड ट्रम्पले ह्वाईट हाउस छाड्नु अघि आफ्ना समर्थक माझ गरेको सम्बोधनमा आफूले सुरु गरेको “आन्दोलनको अन्त्य नभएर सुरुवात” मात्रै भएको तर्क गरेका छन् ।

निर्वाचित राष्ट्रपति जो बाईडेनले आधिकारिक रूपमा सत्ता हस्तान्तरण गर्नु अघि नै वासिङ्टन छाड्न लागेका ट्रम्प एक सय वर्षको इतिहासमै पहिलो राष्ट्रपति बनेका छन्  जो उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गर्ने कार्यक्रममा सरिकै नभई  बाहिरिन लागेका हुन् ।

“यस हप्ता हामी नयाँ प्रशासनको उद्घाटन गदैछौ र अमेरिकालाई सुरक्षित र समृद्ध राख्न लागि सफलताको कामना गर्दछौ । ” जो बाईडेनको नाम उल्लेख नै गरी रेकर्ड गरिएको भिडियो सन्देशमा मार्फत उनले भने ।

“ महत्त्वपूर्ण शब्द छुटाउन चाहन्न, त्यो हो शुभकामना । ” उनले भने ।

गत ६ जनवरीमा ट्रम्प सर्मथकहरु संसद् भवनमा घुसेर जो बाईडेनलाई आधिकारिकता दिने कार्यक्रममा हङ्गामा गरेपछि उनी माथि उक्त घटनामा आफ्नो समर्थकलाई उक्साएको आरोप लागेको थियो भने उनी माथि संसद्को तल्लो सदनमा  “महाअभियोग” प्रस्ताव पारित भएको थियो ।

Trump supporters holding a 'Stop The Steal' rally at the US Capitol on 6 January.
Trump supporters holding a 'Stop The Steal' rally at the US Capitol on 6 January. Source: Getty Images

सम्बोधनमा आफू राष्ट्रपति पदमा उम्मेदवारी दिनुको प्रसङ्गलाई जोड्दै भने “म राष्ट्रपति पद जित्ने एक मात्र साँचो राजनीति बाहिरको मानिस थिए ।”

”मैले आफ्नो करियर राजनीतिज्ञको हैसियतमा बिताएका छैन,तर  बिल्डरको रूपमा खुला आकाशमा हेरेर असीम सम्भावनाहरूको कल्पना गरेको छु ।”

“मेक अमेरिका ग्रेट अगेन” भन्ने नारा चलाएका ट्रम्पले पद छाड्दै गर्दा, यतिखेर करिब चार लाख मानिस कोरोनाका कारण मारिएका छन् भने अर्थतन्त्र महामारीका कारण सर्घष गरिरहेको छ ।

कैयन राष्ट्रहरू सँगको सम्बन्ध पनि यतिखेर चिसिएको छ । 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now