SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका लागि पुन:उडान भदै इमीरेट्स

केही समय अघि अनिश्चीतकालका लागि अस्ट्रेलिया उडान स्थगित गर्ने निर्णय गरेको विमान कम्पनी इमीरेट्सले एक हप्ता नपुग्दै आफ्नो निर्णय बदलेको छ ।

Emirates will resume flights to Australia next week.
Emirates will resume flights to Australia next week. Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

इमीरेट्सले सिड्नी,मेलर्वन र ब्रिसबेनका लागि आफ्नो उडान आगामी हप्ता सुचारु गर्ने निर्णय गरेको हो ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय आगमनको सीमालाई घटाउने र विमानका कर्मचारीहरूको आगमनको नियममा परिवर्तन गरिने बताएपछि इमीरेट्सले नयाँ सूचना जारी नगरे सम्म उडान नहुने बताएको थियो ।

विमान कम्पनीको यो निर्णय पछि विदेशमा फसेका झन्डै ३८ हजार अस्ट्रेलियालीहरू समस्या परेको भन्दै सरकारले २० वटा उद्धार उडान सञ्चालन गर्ने जनाएको थियो ।

दुबईमा मुख्य कार्यालय रहेको विमान कम्पनी इमीरेट्स कोभिड–१९ पछि अस्ट्रेलियाका लागि उडान भर्ने सीमित केही विमान कम्पनीहरू मध्येमा पर्दछ ।

पछिल्लो समय कोभिड–१९ को नयाँ परिर्वतीत रूप देखा परेपछि केही समयका लागि हालको अन्तर्राष्ट्रिय आगमनको सङ्ख्यामा आधा कटौती गर्ने सरकारले निर्णय गरेको थियो ।

आगामी १५ फेब्रुअरीमा पुन: बिचार गर्ने गरी न्यु साउथ वेल्समा १५ सय पाँच , वेस्र्टन अस्ट्रेलियामा पाँच सय र क्विन्सल्याण्डमा पाँच सय आगमनको नयाँ सीमा तोकिएको थियो ।

गत बिहीबार विमान कम्पनीले जारी गरेको विज्ञप्तिमा “अस्ट्रेलियाका राज्यहरूले लागु गरेको नियमहरूले अन्तर्राष्ट्रिय उडानलाई चुनौतीपूर्ण बनाएको" आरोप लगाएको थियो ।

नयाँ सरकारी प्राबधान अन्तर्गत अस्ट्रेलियाका लागि उडान भर्नु ४८ घण्टा अघि उडान कर्मचारीले कोभिड–१९ को जाँच गरी रिपोट देखाउनु पर्ने हुनेछ यसका अलावा अस्ट्रेलिया आएपछि पुन जाँच गराउनु पर्ने नियम रहेको छ ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now