अस्ट्रेलियामा र्‍यापिड एन्टिजेन टेस्ट (र्‍याट): तपाईँले जान्नै पर्ने कुराहरू

थेराप्यूटीक गुड्स एडमिनीस्ट्रेसन (टिजीए)ले अस्ट्रेलियामा प्रयोगका लागि २२ वटा विभिन्न कम्पनीका र्‍यापिड एन्टीजेन टेस्ट किटहरूलाई स्विकृति दिएको छ।

Rapid Antigen Tests Approved For Australians

The TGA has approved 15 rapid antigen test kits for use in Australia. Source: Getty Images AsiaPac

ऱ्यापिड एन्टीजेन परीक्षण भनेको के हो त?

अस्ट्रेलियाभर कोभिड-१९ जाँचका लागि पिसिआर विधि अपनाइने गरिएकोमा केही समय यता र्‍याटबाट प्राप्त हुने नतिजालाई सङ्घीय लगायत अधिकांस राज्य तथा प्रादेशिक सरकारहरूले मान्यता दिएका छन्।

पिसिआर विधिबाट जाँच गर्दा लक्षण नै नभएका बिरामीमा पनि सङ्क्रमण पत्ता लाग्ने भएकाले यसलाई निकै प्रभावकारी मानिन्छ।

तर पछिल्लो समय ओमिक्रन भेरीएन्टको फैलावटका कारण परीक्षण केन्द्रहरुको चाप घटाउन र्‍याटलाई प्राथमिकतामा राखिएको छ।

नोभेम्बर महिनामा टिजीएले ऱ्यापिड एन्टीजेन परीक्षणलाई अनुमति दिएसँगै १५ वटा परीक्षण किटहरूलाई पनि अनुमति दिएको छ।

कहाँ किन्न पाइन्छ र कति पर्छ?

घरमै प्रयोग गर्न मिल्ने यस्ता एन्टीजेन परीक्षण किटहरू अनलाइनका साथै औषधि पसल वा सुपर मार्केटहरूमा खरिद गर्न पाइन्छ।

परीक्षण किटहरूको मात्रा र कति वटा किट छन् त्यसमा भर पर्छ।

सामान्यतया १० देखि २० अस्ट्रेलियन डलरमा यस्ता किटहरु किन्न सकिन्छ।

अस्ट्रेलियामा टिजिएले अनुमति दिएका किटहरू मात्र बिक्री गर्न पाइने प्रावधान छ।

आफैले कसरी जाँच गर्ने?

विभिन्न किटहरू चलाउने तरिका र विधि फरक-फरक हुन सक्ने भएता पनि अधिकांस किट तीन प्रमुख तरीकाले प्रयोग गर्न सकिन्छ।

तपाईँले नाकमा 'स्वाब' लिएर जाँच गरिने किट पनि प्रयोग गर्न सक्नुहुन्छ।

तर तपाईँलाई त्यो अप्ठेरो लाग्छ भने 'ओरल फ्लुइड' विधि वा 'सलिभा' विधि प्रयोग गर्न सक्नुहुन्छ, जसले तपाईँको थुकको प्रयोग गरी जाँच गर्दछ।

यी विधिमा केही बेर खोकेर ऱ्याल निकाल्नु पर्ने हुन्छ र यसको प्रयोगबाट परीक्षण गर्न सकिन्छ।

टेस्ट किटमा भएका निर्देशन पालना गर्नु भने आवश्यकता रहन्छ नत्र त्यसले गलत नतिजा पनि दिन सक्छ।

यस्ता किटहरू एक पटकका लागि मात्र प्रयोग गर्न मिल्छ।

किटको प्रयोग पछि यसलाई जिम्मेवारी पूर्वक सही स्थानमा फ्याँक्नु जरुरी रहन्छ।

किटमा यसलाई प्रयोग पछि कसरी फ्याँक्ने भन्ने उल्लेख गरिएको हुन्छ।

यदि त्यस्तो निर्देशनहरू दिइएको छैन भने चाहिँ सिलबन्दी प्लास्टिकमा राखेर यसलाई घरेलु फोहरसँगै विधिवत रूपमा फ्याल्न सक्नुहुन्छ।

के ऱ्याट टेस्टले सही नतिजा दिन्छ?

यो विधि कोभिड-१९ जाँच गर्ने पिसिआर विधि जस्तो सही हुँदैन विशेष गरी सङ्क्रमणका अघिल्ला दिनहरूमा।

तर टिजीएले विश्व स्वास्थ्य सङ्गठन जस्तै प्रबिधिक विशिष्टता र आवश्यताका आधारमा अनुमति दिएकाले, यसको नतिजा उच्च गुणस्तरको रहनेमा ढुक्क रहनुहोस्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार किटमा ८० प्रतिशत क्लिनिकल संवेदनशीलता हुनु आवश्यक छ।

किटको क्लिनिकल संवेदनशीलता यसको सकारात्मक प्रतिशत सम्झौता वा पिपिएमा मापन गरिन्छ।

पिपिए भनेको अधिक संवेदनशील पिसिआर परीक्षणबाट प्राप्त नतिजाको तुलनामा एन्टिजेन परीक्षणबाट प्राप्त नतिजा बिचको तुलना हो।

उच्च पिपिए भनेको उच्च संवेदनशीलता हो।

८० प्रतिशत पिपिए अस्ट्रेलियामा टिजीएको आधारभूत रेखा हो।

टिजीएले ९० प्रतिशतको पिपिएलाई 'उच्च संवेदनशील' र ९५ प्रतिशत पिपिएलाई 'धेरै उच्च संवेदनशीलता'मा राखेको छ।

हाल उपलब्ध किटहरूले विश्व स्वास्थ्य सङ्गठनका आवश्यकताहरू पुरा गरेका छन्।

मेरो नतिजा पोजेटिभ आयो भने के गर्ने त?

यदि तपाईँको ऱ्याटको नतिजा पोजेटिभ आयो भने सरकारी निर्देशनहरूको पालना गर्नुपर्दछ।

अनि मेरो नतिजा नेगेटिभ आयो भने नि?

नकारात्मक नतिजा आएको खण्डमा तपाईँमा कोभिड–१९ सङ्क्रमण सम्भावना कम छ भनेर बुझ्नुहोस् तर तपाईँले कोभिड–१९ फैलावटलाई सीमित गर्न सार्वजनिक स्वास्थ्य सल्लाहहरूको पालना गर्नु पर्दछ।

यदि तपाईँले अस्वास्थ्य महसुस गर्नु भएको छ वा लक्षणहरू छन् भने कोभिड-१९ नभएको पुष्टि गर्नका लागि जति सक्दो चाँडो परीक्षण केन्द्रमा गई पिसिआर जाँच गर्नु पर्ने हुन्छ।

तपाईँको नजिकको परीक्षण थाहा पाउन यहाँ जानुहोस्।

न्यु साउथ वेल्स,एसीटी,क्वीन्सल्याण्ड,साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया,नदर्न टेरिटरीटास्मेनिया

 


Share

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now